यातायात मजदुर संघ र व्यवसायी राष्ट्रिय महासंघको पहलमा नि:शुल्क मास्क वितरण !

प्रकाशित मिति : शनि, चैत्र ८, २०७६

८ चैत्र- काठमाण्डौँ । विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (COVID-19) बाट बच्न बजारमा मास्क र सेनिटाइजको व्यापक कालोबजारी र चरम अभाव भइरहेको बेला यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संघ संगठनहरुको संयुक्त पहलमा यातायात व्यवस्था विभागद्वारा उपलब्ध ५ हजार थान मास्क काठमाण्डौ गंगबु नयाँ बसपार्कमा यातायात मजदुर, यात्रु र सर्वसाधारणलाई वितरण गरेर जनप्रीय कार्य गरेको छ ।


हाल सम्म नेपालमा यो भाइरस नदेखिए पनि आम नेपालीहरु आतंकित बनिरहेका छन । यो भाइरस जुनसुकै बेला नेपालमा पनि भित्रीन सक्ने र महामारीको रुपमा फैलने सन्त्रासले नेपाल सरकारले आम नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध गर्दै चैत्र १० गतेदेखि सेमि लकडाउनको घोषणा समेत गरिसकेको अवस्थामा कोरोना भाइरसको उच्च जोखिम रहेको सार्वजनिक सवारी साधनमा कार्यरत यातायात मजदुर यातायात व्यवसायी आम उपभोक्ता सर्व साधारणलाई सचेतना फैलाउँदै नि:शुल्क मास्क वितरण गरिएको यस कार्यबाट आम मानिसहरु हर्षित देखिन्थे ।

उक्त कार्यक्रम अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको अगुवाइमा भएको थियो। वितरण कार्यमा अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, यातायात व्यवस्था विभाग, लोत्से बहुउद्देश्यीय प्रालि, नेपाल प्रहरी, ट्राफिक प्रहरीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

वितरण कार्यक्रममा बोल्दै अध्यक्ष रामचन्द्र कार्कीले कोरोना भाइरस संक्रमण हुन्छ्की भनेर आतंकित बन्नु भन्दा पनि सावधानी अपनाउँदै उच्च आत्मबलका साथ डटेर सामना गर्नुपर्ने हुन्छ त्यसैले हाम्रो बानी व्यहोरालाई परिवर्तन गरि सचेत बन्दै आफु बाँच्ने र अरुलाई पनि बचाउने तिर सबैको ध्यान जानुपर्ने कुरा बताउनु भएको थियो ।

यो विपतको घडीमा निरन्तर अभियानकै रुपमा जनसेवामा लाग्ने कुरा संगठनका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले बताउनु भयो ।\