कोरोना भाइरस बिरुद्धको अभियान, यातायात मजदुर तथा व्यवसायीद्वारा नि:शुल्क मास्क वितरण !

अध्याक्ष रामचन्द्र कार्की

प्रकाशित मिति : शनि, चैत्र ८, २०७६

काठमाण्डौँ । यातायात मजदुर संघ तथा व्यवसायीद्वारा नि:शुल्क मास्क र सेनिटाइजर वितरण !
८ चैत्र- काठमाण्डौ, विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (COVID-19) बाट बच्न बजारमा मास्क र सेनिटाइजको व्यापक कालोबजारी र चरम अभाव भइरहेको बेलामा पुर्व अरनिको यातायात प्रा.ली., अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाइ कमिटीद्वारा काठमाण्डौको पुरानो बसपार्कमा यातायात मजदुर, यात्रु, पसल व्यवसायी र सर्वसाधारणलाई नि:शुल्क ५ हजार माक्स र सवारी साधनमा सेनिटाइजर वितरण गरेर उदाहरणीय कार्य गरेको छ ।

हाल सम्म नेपालमा यो भाइरस नदेखिए पनि आम नेपालीहरु आतंकित बनिरहेका छन ।

यो भाइरस जुनसुकै बेला नेपालमा पनि भित्रने र महामारीको रुपमा फैलने सन्त्रासले नेपाल सरकारले आम नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध गर्दै चैत्र १० गतेदेखि सेमि लकडाउनको घोषणा समेत गरिसकेको अवस्थामा कोरोना भाइरसको उच्च जोखिम रहेको सार्वजनिक सवारी साधनमा कार्यरत यातायात मजदुर यातायात व्यवसायी आम उपभोक्ता सर्व साधारणलाई सचेतना फैलाउँदै नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरिएको यस कार्यबाट उपस्थित सबैजना हर्षित देखिन्थे ।

उक्त कार्यक्रम अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष दिपक के.सी. को अगुवाइमा भएको थियो भने पुर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष चित्र कुंवर लगाएत पदाधिकारीको उपस्थित रहेको थियो त्यसै गरि अखिल नेपाल यातायात मजदुर संघ अरनिको विषेश जिल्लाका अध्यक्ष श्रीकृष्ण खत्री र नेपाल यातायात स्वतन्त मजदुर संगठन अरनिको रुट इकाइ कमिटीका अध्यक्ष राम ढुंगानाको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै दिपक के.सी.ले यो भाइरस संक्रमण हुन्छ्की भनेर आंत्तिनु भन्दा पनि सावधानी अपनाउँदै डटेर सामना गर्नुपर्ने हुन्छ त्यसैले हाम्रो बानी व्यहोरालाई परिवर्तन गरि सचेत बन्दै आफु बाँच्ने र अरुलाई बचाउने तिर सबैको ध्यान जान जरुरी छ भन्नुभएको थियो । पुरानो बसपार्कबाट शुरु भएको यो अभियान भोलि कोटेश्वरबाट गरिने कुरा संगठनका केन्द्रीय उपाध्यक्ष दिपक के. सी. ले बताउनु भयो ।