अखिल नेपाल यातायात मजदुर संघको हार्दिक अपिल

प्रकाशित मिति : शनि, चैत्र ८, २०७६

काठमाण्डौँ । (कोभिड 19) कोरोना भाईरसको कारण संसार त्राहिमाम भएको छ धेरै को मृत्यु भएको छ लाखौ संक्रमित भएका छ्न , हाम्रो देश नेपाल पनि यो भयानक भाईरस को उच्च जोखिममा छ र नेपाल सरकारले भिड्भाड हुने यरिया बिद्यालय , सिनेमा हल , पार्टी प्यालेश लगायत अन्य सार्वजनिक स्थान हरु बन्द गर्दै भिडभाड नगर्न निर्देशन जारी भएको सम्पुर्ण साथिहरुलाई अवगतै छ तर अति महत्वपूर्ण सार्वजनिक यातायात संचालनमै छ यो क्षेत्रमा कार्यरत यातायात मजदुरहरु पनि उच्च जोखिममा छन् ।

अहिले राजधानी आएर बसोबास गर्ने अधिकांश मानिसहरु आफ्नो गाउँ फर्किदै छन् र झनै गाडिहरुमा भिड्भाड बढेको छ। यहि समस्या र त्रासदी पुर्ण अवस्थामा केही सार्वजनिक यातायात र टिकट काउन्टर हरुले जथाभावी भाडा असुल्ने सिट क्षमताभन्दा दोव्वर यात्रु चडाउने सुनिन आएको हुदा यो बिसय प्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता घृणित, अमानवीय र गैर कानुनी कृयाकलाप नगर्न नगराउन अनुरोध गर्दछु यस्ता घृणित कार्य गरेको पाईएमा संगठनले कुनै पनि सहयोग गर्न नसक्ने र कानुनी कार्वाहिको लागि सहयोग गर्ने ब्यहोरा समेत जानकारी गराउदछु।

साथै कोरोना संक्रमणबाट बच्नको निमित्त माक्स सेनेटाईजर प्रयोग गरि , सवारी साधन सफा राखि किटानु रहित बनाई हात धुने बानी बसाली सचेत हुँदै र आम यात्रुमहानुभाव हरुलाई जोखिम बाट वच्न र बचाउन अखिल नेपाल यातायात मजदुर संघको हार्दिक अपिल गर्दछौ ।

 

वाग्मती प्रदेश अध्याक्ष

अखिल नेपाल यातायात मजदुर संघ