तस्बिरमा: इट्टाभट्टामा कामगर्ने मजदुरको जिन्दगानी(भिडिओ सहित)

जय कार्की प्रकाशित मिति : शुक्र, चैत्र ७, २०७६

धुलो, धुवाँ र माटोमै गलेको इट्टाभट्टामा कार्यरत मजदुरको जिन्दगानी

अखिल नेपाल निर्माण मजदुर संघको केन्द्रीय अनुगमनले दिएको निष्कर्षलाई जस्ताको त्यस्तै भन्ने हो भने ”इटा भट्टाका हाम्रा मजदुर साथीहरु नारकीय जीवन विताई रहेकाछन, जिउमा सग्लो कपडा छैन, व्यवसायजन्य स्वास्थ्य सुरक्षा कुन चराको नाम हो थाहा छैन, कार्यथलो केवल धुलो, धुँवा र आगोको रापले भरिएको छ कि त दुर्गन्धित फोहोरको थुप्रो र खरानीको विषालु धुलोसित उनीहरुको दैनिक जीवन वितिरहेको छ ।”

 

आगोको भुंग्रो निभेको छैन रातो र तातो धुलो उडिरहेको छ । भट्टाकोभित्रबाट आगोको राप आईरहेको छ, त्यसैमाथि चाङ लगाएर पकाएको इटा ओसार्नेको भिडभाड बढिरहेको छ । कुदाकुद हेर्दा यस्तो लाग्छ, उनीहरुलाई यो काम सकेर खाना पकाउन र लालाबाला स्याहार्न समय निकाल्नु परेको छ । सुरक्षाको कवजको नाममा कपडाको सामान्य थोत्रो गम्छा छ या त थोत्रो बोराको टाउकोमा इटा टेकाउन बनाएको घेरोयुक्त बोराको टोपी ।

 

 

 

 

बाल मजदुर जति सबै यस्तै उद्योगमा सोहोरिएर पुगेको भान हुन्छ । सात आठ बर्षका नानीहरुले गिलोमाटो साँचोमा हालेर काँचो इटा बनाईरहेको देखिन्छ । कतिपयले भने भाईबहिनीहरुको हेरचाह गरिरहेको देखिन्छ ।थोत्रा कपडा भिरेका र धुलोले आँखी भुईसमेत पुरिएका नानीहरुको  दर्जनौ दर्जन भेटिन्छ । जबकी ऐनले भन्छ यस्ता नानीहरुको लागि ब्यवस्था हुनुपर्छ । यहाँ त इटाको धुलोबाट बनेको पहाडमा चढिरहेको देखिन्छ । त्यहाँबाट लडे भने दबाई त कुन्नी आमाको आवेगको थप्पड भने पक्का ।

भारतीय मजदुरहरुको उपस्थिति ठूलो संख्यामा रहेको देखिन्छ । उनीहरुको ठेकेदारको भनाईलाई सही मान्ने हो भने ९० प्रतिशत रहेका छन । उनीहरु सबै बिहारबाट आएका हुन । थोरै संख्यामा नेपाली मजदुरहरु पनि छन तर चालकजति सबै नेपाली रहेका छन ।

 

 

आगोको भुंग्रो निभेको छैन रातो र तातो धुलो उडिरहेको छ । भट्टाकोभित्रबाट आगोको राप आईरहेको छ, त्यसैमाथि चाङ लगाएर पकाएको इटा ओसार्नेको भिडभाड बढिरहेको छ । कुदाकुद हेर्दा यस्तो लाग्छ, उनीहरुलाई यो काम सकेर खाना पकाउन र लालाबाला स्याहार्न समय निकाल्नु परेको छ ।

 

श्रम ऐनले श्रम नीरिक्षकको व्यवस्था गरेको छ । कामदारहरुको लागि थापेको धरापलाई कामदारको निबास होइन भनि अहिलेसम्म नीरिक्षकले भन्न नसक्नुको कारण के हो ? उजागर गरी त्यस्ता साहु वा व्यवस्थापकलाई कार्वाही गर्न हिम्मत नगर्नुको कारण के हो ? यो कुनै टाढाको र कुनै दुर्गम क्षेत्रको विषय होईन राजधानी भित्रको नारकीय हालतको विषय हो ।

आम संचारमा अचेल बाल मजदुरको समश्या बारे कुनै चर्चा हुँदैन । नेपालमा बाल मजदुरीको अन्त्य गरिएको भनि प्रचार गरिन्छ । एनजिओ आइएन्जिओले ठूलो लडाईं जितेको प्रतिवेदन प्रस्तुत गर्छन । मजदुर संगठनहरुले पनि यो विषयलाई अचेल विर्सेका छन । सबैको ध्यान योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा केन्द्रित रहेको छ । अझ मजदुर संगठनका महासंघहरु र सरकार त अब नेपालमा अनौपचारिक क्षेत्र नै छैन अनौपचारिक शब्दको प्रयोग गर्नुहुन्न भनि डंका पिटिरहेको छ । तर, समश्या जस्ताको त्यस्तै छ । अब के गर्ने ? कस्तो योजना बनाउने ? उनीहरुलाई मजदुर संगठनको मूलधारमा कसरी ल्याउने ? व्यवसायजन्य स्वास्थ्य सुरक्षाको जिम्मा लिएर बसेको सरकारी निकायको भुमिकालाई कसरी हेर्ने किन पत्याउँने ?

अझै पनि उनिहरु मजदुर संगठनकै प्रतिक्षामा छन ...

क्रमश ….