दक्षिणपूर्वी एसियाली जनताको क्रान्तिको भविष्य– सुदर्शन प्रधान

प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६

दक्षिणपूर्वी एसियामा अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स जम्मा ८ राष्ट्रहरू छन् । यी सबै राष्ट्रका शासक वर्गहरूका निम्न कुराहरूमा सैद्धान्तिक र व्यावहारिक अवधारणा एउटै छन्ः–
प्रथम– समाजका मूल चालक मजदुर र किसानहरूका हकहित र अधिकारप्रति बेवास्ता तर सामन्त, जमिनदार, दलाल पुँजीपतिवर्गको संरक्षण र सेवा ।
द्वितीय– यी सम्पूर्ण शासक वर्गहरू पितृसत्ताका हिमायती हुन् जुन कारणले सार्कभरिमा झण्डै ९० करोड महिलाहरू भनौँ आमा वर्गको दुःखपीडा, समस्या र संकटता झन्झन् बढ्दो ।
तृतीय– हिमाल, नदी, वनजंगल, समुद्र, भूमि, ताल, वन्य जीवजन्तु जस्ता प्राकृतिक धरोहरको चर्को दोहन तर संरक्षणमा बेवास्ता र लापर्वाही ।
भारतको हकमा चाहिँ ऊ आफ्ना सिमा जोडिएका सम्पूर्र्ण मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेप, भूमि अतिक्रमण, समुद्रमा पनि मनोमानीले प्रायः सबै राष्ट्रहरूसँग तनावपूर्ण सम्बन्ध छ ।
यी माथिका सबै सत्ताहरूको पतनको लागि र उज्वल भविष्यकोे सार्क संघ स्थापनको लागि यहाँका मजदुर, किसानहरू, महिलाहरू, दलितहरू, न्याय, स्वतन्त्रता चाहने बौद्धिकवर्ग जो एक अर्ब ७८ करोड जनसंख्या छ ऐक्यबद्ध भई एकीकृत आन्दोलनकोे आँँधीबेहरीले तिनकोे सत्ताको जरोकिलो उखेलेर फ्याँक्न पर्छ । स्वर्ग र नर्र्क, पूर्वजन्म र पुनर्जन्मजस्ता झुठ फरेब, कुराहरूका खेतीपाती गर्ने यहाँका हिन्दु सन्तमहन्त, मठाधीशहरू, मुस्लिम मुल्ला र खलिफाहरू, गेरुवस्त्रधारी बौद्धिस्त भिक्षु र भिक्षुणीहरू, क्रिस्चियन पोप, पादरी र पास्चरहरूका सत्ता र विचारका पछि लागेर क्यै पाईंदैन, सिवाय जीवनमा अन्धकारबाहेक, जस्तो कि आज छ । अनि यहाँका सर्वहारावादी र पुँजीवादी पार्टीहरूका अनुयायी बनेर पनि क्यै मिल्दैन । किनकि सहर पसेका भनौँ संसदीय राजनीति गर्ने कम्युनिस्टहरू र पुँजीवादी पार्टीहरू पनि अन्ततः सामान्त, पुँजीपति, दलाल पुँजीपतिहरूका सेवा गरेका देखिन्छन्, आफ्नो मेवाको लागि पनि । मजदुर, किसान र महिलावर्गको मुक्ति त उनीहरूका भाषण र जिब्रोमा मात्र भेटिन्छन् । जंगल बसेका भनाँैँ भूमिगत कम्युनिस्टहरूबारे भन्नुपर्दा उनीहरूका साहस र हिम्मतलाई सम्मान गर्नुपर्छ तर युगसापेक्ष सैद्धान्तिक लाइनको अभावले उनीहरू स्वयं कुहिराको काग बनेका छन् त सफलता र विजयको आँधीबेहरी उनीहरूका नेतृत्वमा कसरी चल्न सक्छ ?
अब सार्कभरिका जनता ऐक्यबद्ध भई आँधीभैmँ उठ्नुपर्छ, समुद्री छालभैmँ उर्लनु पर्छ, भूकम्पभैmँ बनी सबै जनद्रोही, महिलाद्रोही र प्रकृतिद्रोही शक्ति र सत्ताहरूलाई पतन तुल्याउनु पर्छ । आजैदेखि गाउँ, सहर, हिमाल, पहाड, तराई अनि अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंंका, मालदिभ्सका तमाम परिवर्तनकामी जनता निम्न कुराहरूका लागि संघर्ष, जनआन्दोलन गर्ने मानसिकता बनाउनु पर्छ,
१. सम्पूर्ण जनतालाई स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क हुनुपर्छ ।
२. यातायात मजदुरहरू, उद्योग, कलकारखाना, खानी सम्पूर्ण मजदुरहरूलाई, सेना, प्रहरी, शिक्षकहरूलाई भैmँ वेतन, रासन कार्ड, पेन्सन भनौँ उपदान मिल्नु पर्छ ।
३. सामन्त, जमिन्दारका र अरू बाँझा जमिनहरू सम्पूर्र्ण राज्यले नियन्त्रणमा लिनुपर्छ र हरेक किसानहरूलाई उसको क्षमताअनुसार जग्गाको वितरण हुनुपर्छ । कृषि फर्म तथा पशुपंक्षी फर्म खोल्न चाहनेहरूलाई समूहको हकमा ५०–२५० हेक्टरसम्म र निजी परिवारलाई ५ हेक्टरदेखि २५ हेक्टरसम्म जग्गाजमिनहरू उपलब्ध गराउनु पर्छ । अर्गानिक मल, अर्गानिक विषादी र अर्गानिक हार्मोनहरू र खनजोतका मालसामानहरू राज्यले सुपथ र सरल रूपले उपलब्ध गराउनु पर्छ । खेतीपातीकोे सिंचाइको लागि र उत्पादित वस्तुहरूको भण्डारणको लागि बिजुली निःशुल्क हुुनुपर्छ । फर्म दर्ता र कृषि सहुुलियत कर्जा सरल र सस्तो हुनुपर्छ । अनि किसानका उत्पादिन वस्तुहरू राज्यले स्वयं खरिद र बिक्री वितरण गर्नुपर्छ । २२ हजार डलर सम्मका बैंकका कृषि तथा पशुपक्षी फर्मका ऋणहरू मिनाहा हुनुपर्छ । २२ हजा डलरमाथिका ५० हजार डलरसम्मका ऋणहरू ५० प्रतिशत ऋण छुट हुनुपर्छ । साथै फलपूmल, तरकारी, जडिबुुटी कुनै पनि बोटबिरुवाका नर्सरी र बागबानीका किसानहरूलाई पनि यस्तै गरेर २२ हजरा डलरसम्म पूर्ण छुट र सो माथिकालाई ५० प्रतिशत छुट हुनुपर्छ ।
४. सम्पूर्ण पितृसत्तात्मक मूल्यमान्यता, संस्कार र परम्पराहरू विस्थापित हुनुपर्छ र महिलावर्ग भनौँ आमावर्गको मुक्ति हुने मार्गमा लाग्न पर्छ । बहुविवाह, बुर्काप्रथा, दहेज प्रथा, सून्यत प्रथा, तलाक प्रथाहरू अन्त हुनुपर्छ । सेना, प्रहरी, कर्मचारीजस्ता राज्यको मेरुदण्डरूपी निकायहरूमा पचास प्रतिशत आरक्षण पाउनु पर्छ । पुरुषको घरमा महिला जाने विवाहको स्वरूपमा परिवर्तन ल्याउनु पर्छ भनौँ विवाहपश्चात् दुवैको घरमा नभई बीचमा बस्नुपर्छ । बरु वृद्धाश्रम, शिशु स्याहार केन्द्रहरू व्यापक स्थापना गर्नुपर्छ । महिलाहरू दमित र उत्पीडित हुने, महिला हिंसा बढ्ने, हरेक स्रोतहरू र तिनका बाहकहरूबारे अध्ययन–अनुसन्धान गरी ती सबैलाई विघटन, निस्क्रिय र विशेष अवस्थामा विनाश पनि गर्नुपर्छ । महिला भएर पितृसत्ताको पक्षपोषण र यो महान् आन्दोलनको विरुद्धमा षड्यन्त्र गर्छ भने उनीहरू पनि उचित रूपले दण्डित हुनेछ । हरेक माताको हृदय सत्य, सेवा, समानता, भातृत्वता, प्रकृतिको संरक्षणको सवालमा हराभरा हुनुपर्छ । घृणा पितृसत्ताप्रति हुनुपर्छ, पुरुषहरूप्रति हैन । पुरुषहरूको सौर्य, साहस र शक्तिले पितृसत्ताको अन्त गर्न महत्वपूर्ण भूमिका हुनेछ । यसको लागि महिलाहरू सैद्धान्तिक, व्यावहारिक संघर्षको मोर्चामा लामो समय खारिएर मात्र नेतृत्वको लागि सबल र सक्षम बन्नेछ । असत्य, अन्याय र अत्याचार अनि अरू माथिका शोषण, दमन, उत्पीडत स्वयं पितृसत्ताका रूपहरू हुन् । युग परिवर्तनको यो महान् अभियानका सम्पूर्ण महिला, पुरुष वाहकहरू स्पष्ट हुनुपर्छ ।
५. जातिभेद प्रथा र छुवाछुत प्रथाको व्यवहारतः अन्त हुनुपर्छ । नेपाल र भारतका झण्डै २२ करोड दलित जाति सचेत, संगठित र संघर्षशील बनी क्रान्तिको मैदानमा आउनु पर्छ । विगत झण्डै २३०० वर्ष अघिदेखि चरम शोषण र उत्पीडनमा परेको यो जाति मुक्ति र स्वतन्त्रताको लाागि, समानताको लागि कुनै पनि मूल्य चुकाउन तयार भएर मात्र यो महान् कुरा प्राप्त हुनेछ । सम्पूर्ण जाति अझ कथित ब्राह्मण जातिका उपाध्याय थरकाहरूसँग आफ्ना चेली, छोरीहरूको खुला र स्वतन्त्र बिहेबारी र भोजभत्तेर नचलुन्जेल जातीय समानता भएको मान्न सकिन्न । मातृवादी र पर्यावरणवादी समाजशास्त्रीहरू भन्छन्, ‘संघर्ष, आन्दोलन र क्रान्तिले सही मोड मात्र लिनु पर्छ र यो २२ करोड दलित जातिका जनता जागरुक मात्र हुनुपर्छ । २३०० वर्ष अघिको यो कलंक केबल २३ वर्षमा अन्त हुनसक्छ ।
६. सार्कका सम्पूर्ण जनताले आफ्नो वरपरको प्राकृतिक वातावरणको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ । भनौँ वनजंगल, हिमाल, नदी, खोला, तालतलैया, भूमि, समुद्र, वन्य जीवजन्तु र पक्षीहरूका संरक्षण गर्ने, फोहोरमैलाहरू हटाउने, न्यून वस्तुहरू प्रयोग गर्ने कुरामा उच्च दृष्टि दिनुपर्छ । असन्तुलित प्रकृतिलार्य सन्तुलनमा ल्याउने र पृथ्वीलाई चिरस्थायी तुल्याउने यी बाहेक अरू उपायहरू छैनन् ।
७. एउटा पशु (गाई) को विषयमा संवेदनशील तर्कहरू (गाईको दूध आमाको जस्तै हुन्छ, गाई आमाजस्तै हो) गरेर सयौँ वर्ष अघिदेखि जनतालाई पटमूर्ख बनाई हजारौँ युद्ध र लडाईं गरी लाखौँ र करोडौँ मानवहरूको हत्या हुँदै आयो । उनीहरूका सत्ता र स्वार्थका लागि असीमित जनता बलिको बोको बने । आज पनि भारतमा उही गाईगोरीको नारा र हिन्दु धर्म सर्वोपरि हो भन्दै जनतालाई सुखशान्ति र सम्वृद्धिलाई तिलाञ्जली दिनेहरू शक्तिमा छन् । कुनै पनि न्यायप्रेमी मानवहरू अब भ्रममा पर्न हुँदैन । बरु तिनको पर्दाफास गर्नुपर्छ । यसमा नेपाल र भारतका माक्र्सवादीहरू सचेत र सक्रिय हुनु जरुरी छ । अब सम्पूर्ण जनता गाईगोरुको यथार्थताबारे सैद्धान्तिक र व्यावहारीकरण गर्दै मैदानमा आउन जरुरत छ । साम्प्रदायिक युद्धको रचना गर्नेहरूलाई मुखभरिको जवाफ दिन जरुरत छ ।
८. मुस्लिम कट्टरवादीहरूका शक्ति र स्रोतहरू सार्कका जनताको दुःख पीडाको अर्को मुहान छ । सामाजिक–साम्राज्यवादी रुस र अमेरिकासहित पश्चिमा साम्राज्यवादीहरूबीचका टक्करले भनौँ अन्तरविरोधले अफगानिस्तानमा तालिवान, अलकायदा र सिरिसा, इराकमा आईएसआईएसजस्ता घोर महिलाद्रोही, जनद्रोही शक्तिहरूको पनि जन्म भयो । विश्वव्यापी त्यसको विस्तार पनि भइरहेछन् । सैद्धान्तिक र व्यावहारिक रूपले तिनको मुलोच्छेदन त मातृवादी र धर्मीवादीहरूले मात्र गर्न सक्छन् । जुन लडाकुहरूलाई धर्तीयोद्धा ९एबिलभत ाष्नजतभच० भनिन्छ । आज विश्वव्यापी जनताको मूल माग भनेको शान्ति, सुव्यवस्था र समृद्धि हो । कुनै पनि धार्मिक अन्धताहरू हैन न त पुँजीवादी साम्राज्यवाीहरूका हालिमुहाली र मनपर्दी नै हो ।
९. अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको बीचमा सार्क संघ गठन हुनुपर्छ । वर्तमान सार्कमा भारतको ढलिमली र मनपर्दी भैmँ हुने छैन । यो संघको केन्द्रीय नेतृत्वले सिङ्गो सार्कको १ अरब ८० करोड जनताको उज्ज्वल भविष्यको लागि नीति निर्देशन भनौँ मार्गदर्शन गर्नेछ । यो नेतृत्व गर्ने पंक्ति भनेको तलदेखि माथिसम्म महिलाहरू, दलित जाति, जनजाती र मजदुर किसानहरू हुनेछन्, जो सैद्धान्तिक र व्यावहारिक संघर्षहरूको मैदानमा खारिएर आएका हुन्छन् । यसका अरू मुख्य विशेषताहरू निम्न हुनेछन्–
(क) राजनैतिक स्वरूप चार तहको हुनेछन् । सार्क संघ, स्वायत्त संघ, प्रान्तीय राज्य र स्थानीय राज्य । स्मरण रहोस्, नेपालमा ३ तहको राज्य संरचनाहरू छन् ।
(ख) प्रकृतिको सुरक्षा र सम्पूर्ण संघका १ अरब ८० करोड जनताको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, वैचारिक उत्थान र विकासको लागि सार्क संघले दर्शन गर्नेछ । रक्षा, मुद्रा, परराष्ट्र, सञ्चार, केन्द्रमा निहित हुनेछ, अरू आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्यलगायतका कुराहरूमा स्वायत्त संघले नीति निर्माण र कार्यान्वयन गर्नेछ ।
(ग) सार्कको प्राकृतिक स्रोतहरू मानवीय शक्ति र स्रोतहरू सबै साझा हुनेछन् । जबकि अफगानिस्तानका जनता र भुटानका जनताले पनि माल्दिभ्सका जनताले पनि श्रीलंका र नेपालका जनताले पनि सार्क संघको अपनत्व अनभूति गर्न पाओस् ।
(घ) सबै स्वायत्त राज्यहरू बीचका सीमाहरू वैज्ञानिक र ऐतिहासिक तथ्यहरूका आधारमा रेखाङ्कन हुनेछ र सम्पूर्ण सीमाका सेनाहरू हटाइने छ । शान्ति सुरक्षा जनस्तरबाट क्रमशः हुनेछ । सेना र प्रहरीको ९० प्रतिशत जनशक्तिलाई उत्पादन र प्रकृतिको सुरक्षामा लगाइने छ । जस्तै– अर्गानिक कृषि तथा पशुपालन फर्महरू, भवन, सडक, पुल, बाँध, सिचाईं कुलो, नहरजस्ता निर्माण विकासका कुराहरू हिमाल, खोलानदी, समुद्र, वनजंगल, वन्यजीवजन्तु र पक्षीहरू भूमि, संरक्षण र सम्बद्र्धनमा लगाइने छ । सार्क संघमा बाह्य हस्तक्षेप र आक्रमण भएमा १५–३० वर्षका हरेक युवाहरूलाई सैन्य तालिमको नीति अपनाउने छ ।
(ङ) हरेक व्यक्तिलाई प्रकृतिको महानता, आमा वर्गको सर्वोपरिता र परिश्रमीवर्गको अद्वितीयतामा समर्पित तुल्याउने साहित्य, कलाहरूको सिर्जना र विकास र वृद्धिमा उच्च प्राथमिकता दिइने छ । फिल्म, नाटक, डकुमेन्ट्री, टेलीशृङ्खला, गीत, कविता, कथा, उपन्यास, पत्रपत्रिका, म्यागाजिन, वेभसाइट, रेडियो, एफ.एम. प्रसारणहरू र गाउँ–गाउँमा हुने लोकदोहोरी, कौवाली, नाटक सांस्कृतिक साहित्यिक कार्यक्रमहरू पनि त्यही कुराहरूमा केन्द्रित हुनेछन् । समाजमा हिंसा फैलने, साम्प्रदायिक दंगा भड्किने र महिलावर्गको अपमान, श्रमिक वर्गलाई उपेक्षा गर्ने सम्पूर्ण कुरा साहित्यहरू सङ्ग्रहालयमा रहने छन् ।
(च) मातृवादीहरू प्रकृतिवादी हुन् । कुनै कल्पित पूर्वजन्म, स्वर्ग र नर्कका हिमायती हैनन् । तसर्थ सम्पूर्ण मठमन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वार, आश्रमजस्ता कुराहरू सन् १९१४ अघिका पुरातात्विक दृष्टिले संरक्षण गरिनु पर्छ । त्यस यता भनौँ १०६ वर्ष यताका ती सम्पूर्ण कुराहरू स्थानीय जनताको आवश्यकता, मागअनुसार वृद्धाआश्रम, शिसु स्याहार केन्द्र स्कुल, अस्पताल, पार्क, खेलकुद मैदान, वनस्पति उद्यान, पुस्तकालय, सङ्ग्रहालय जस्ता कुराहरू निर्माण गरिनु पर्छ । सम्पूर्ण जनताको मन मस्तिष्क र हृदयमा प्रकृतिको महानता र अद्वितीयताले सजाउनु पर्छ र त्यसको संरक्षणको लागि क्रियाशील गराउनु पर्छ । अन्यथा पृथ्वी बच्ने छैन र यो मानव समाज र सभ्यता पनि अनि एक सय वर्ष अघिका ती सम्पूर्ण पुरातात्विक मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च, गुरुद्वार आश्रमहरू पनि रहने छैन ।
(छ) १४–६० वर्षका हरेक मानिसहरूका लागि श्रम अनिवार्य हुनेछ । उसलाई बाँच्नलाई चाहिने खाद्यन्न ऊ स्वयंले प्रत्यक्ष र अप्रत्यक्ष उत्पादनमा भूमिका खेल्नुपर्छ । उसको मलमूत्र ऊ स्वयंले खेतबारीमा पु¥याउन पर्छ । डाक्टर, इन्जिनियर, प्रोफेसर, वैज्ञानिक, नेता, साहित्यका र मन्त्री र प्रधानमन्त्रीहरू पनि त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न हुनपर्छ । बिरामी, रोगी, बालबच्चा, वृद्धहरू अपाङ्गहरूलाई मात्र छुट हुनेछ । संसारमा मानवजाति सबै समान हो । जमिन्दार र किसान, पुँजीपति र मजदुर धनी र गरिब, सबै कुराहरू जन्माउने पितृसत्ता हो अनि धर्मको दुहाई दिँदै ईश्वरको कल्पना गर्ने कुपमण्डुकहरू हुन् । सृष्टिकर्ता मान्ने नै हो भने प्रकृति हो । जल, जमिन, हावा, प्रकाश जुन बिना हामी २ मिनेट बाँच्न सक्दैनौं, हो त्यही हो सृष्टिको जननी अनि अर्का सृष्टिकर्ता हुन् आमाहरू जसले आफ्ना हरेक सन्तानहरूलाई १०–१० महिना गर्भधारण गरी रगत बगाउँदै, काल महाकाल काटेर, जन्माउँछिन् र असीमीत शक्ति र स्नेहले हुर्काउने, बढाउने गर्छिन् । ईश्वर भन्ने नै छैन कथं भए पनि त्यो सामन्त जमिन्दार, पुँजीपति, फटाहा पितृसत्ताको पक्षमा छ त मजदुर किसान महिला गरिब दुखी र अपहेलितहरूले तिनलाई किन मान्ने ?
(ज) वर्तमान भारतको सबैतिर हस्तक्षेप, अतिक्रमण, दादागिरी देखेर सार्कका बौद्धिक वर्गको ठूलो हिस्सा पनि सार्क संघमा भारतको हाली–मुहाली हुनेछ भनेर सार्क संघको विपक्षमा उभिन सक्छन् । तर सार्क संघमा भारतको ठूलो देश र धेरै जनसंख्या भयो भनेर उसको ढलीमली हुने छैन एकातिर नेतृत्वपंक्ति सार्कका ९० करोड महिलाहरू, २२ करोड दलितजातिहरू र ६६ करोड मजदुर किसान वर्गको हकहित अधिकारको लागि समर्पित हुनेछन् । मुठ्ठीभर सामन्त, जमिन्दार, पुँजीपति धर्मभीरु, युद्धका रचना गर्ने र हतियारमा कमीसन खाने तस्कर, नेता, षड्यन्त्रकारीहरू राष्ट्रवादको नारा दिएर जनता भड्काउन सक्छन् । मातृवादी नेतृत्वहरू त्यसमा सचेत हुनेछन् । अनि कथं नेतृत्वमा भारतको ढलीमली हुन्छ र अरू स्वायत्त संघहरूमा शोषण उत्पीडन हुन्छ भने बहुमत जनताले आफ्नो देशलाई स्वतन्त्र तुल्याउन सक्छन् ।
(झ) सार्कको साझा सीमा, साझा मुद्रा र साझा सेना क्रमशः हुनेछ ।
(ञ) जम्बुकस्मिर जस्तो राज्यहरू सार्क संघमा स्वतन्त्र रूपले आबद्ध हुन सक्छ इत्यादि ।
विश्वको दक्षिणपूर्वी एसिया सर्वाधिक भ्रष्टाचार हुने मुलुक हो । यहाँका राजनीतिक पार्टीका नेताहरू, सत्तामा जाने पदाधिकारीहरू, सेना र प्रहरीका कमाण्डरहरू, न्यायाधीश भन्नेहरू, ठेकेदारहरू, सरकारी वकिलहरू राज्यलाई कर नबुझाउने व्यापारी र उद्यमीहरू वैध–अवैध धन्दाहरूबाट अकुत धनसम्पत्ति आर्जन गरेका पाइन्छन् । स्वदेश र विदेशमा बैंकहरू र अन्य उद्योग तथा फर्महरूमा लगानी गरेका ती सम्पत्ति परिश्रमी जनताका रगत, पसिना र आँसु बगाएर सङ्कलन हुन्छ । अब ती तमाम भ्रष्टाचारीहरू र अत्याचारीहरू सार्कभरिका जनताको जनआन्दोलनको घेरामा पर्नेछन् र सम्पूर्ण अनियमित र भ्रष्टाचार गरेका धनसम्पत्ति फिर्ता लिने छन् । जुन कुराहरूले यहाँका जनतालाई स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, पानी, फोन जस्ता कुराहरू निःशुल्क उपलब्ध गराउन सकिने छ । आम जनताको यो न्यायिक जनआन्दोलनले पुरानो प्रतिक्रियावादी सत्तालाई विस्थापन र नयाँ सत्ताको स्थापना गराउने छ । जुन जनआन्दोलनलाई दबाउन र दुष्ट र भ्रष्टशासकहरूले सशस्त्र प्रहरी र सेनाहरू पनि प्रयोग गर्नसक्छ, अनि सयौं, हजारौं लाखौं लाख जनताको हत्या पनि गर्न सक्छ । त्यस घडीमा जनआन्दोलनको लाठोले त्यसलाई तह लगाउन पर्छ ।
पदाधिकारीहरू, सेना र प्रहरीका कमाण्डरहरू, न्यायाधीश भन्नेहरू, ठेकेदारहरू, सरकारी वकिलहरू राज्यलाई कर नबुझाउने व्यापारी र उद्यमीहरू वैध–अवैध धन्दाहरूबाट अकुत धनसम्पत्ति आर्जन गरेका पाइन्छन् । स्वदेश र विदेशमा बैंकहरू र अन्य उद्योग तथा फर्महरूमा लगानी गरेका ती सम्पत्ति परिश्रमी जनताका रगत, पसिना र आँसु बगाएर सङ्कलन हुन्छ । अब ती तमाम भ्रष्टाचारीहरू र अत्याचारीहरू सार्कभरिका जनताको जनआन्दोलनको घेरामा पर्नेछन् र सम्पूर्ण अनियमित र भ्रष्टाचार गरेका धनसम्पत्ति फिर्ता लिने छन् । जुन कुराहरूले यहाँका जनतालाई स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, पानी, फोन जस्ता कुराहरू निःशुल्क उपलब्ध गराउन सकिने छ । आम जनताको यो न्यायिक जनआन्दोलनले पुरानो प्रतिक्रियावादी सत्तालाई विस्थापन र नयाँ सत्ताको स्थापना गराउने छ । जुन जनआन्दोलनलाई दबाउन र दुष्ट र भ्रष्टशासकहरूले सशस्त्र प्रहरी र सेनाहरू पनि प्रयोग गर्नसक्छ, अनि सयौं, हजारौं लाखौं लाख जनताको हत्या पनि गर्न सक्छ । त्यस घडीमा जनआन्दोलनको लाठोले त्यसलाई तह लगाउन पर्छ ।