अखिल नेपाल यातायात मजदुर संघ जिप इकाई कमिटी गठन

प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६

५ चैत ०७६, बाँके । अखिल नेपाल यातायात मजदुर संघ प्राइभेट जिप इकाई बाँके झलक वि.क.को अध्यक्षतामा गठन भएको छ ।

अन्टुफ बाँकेका अध्यक्ष बसन्त मल्लका अनुसार वि.क.को अध्यक्षतामा गठित ११ सदस्य इकाईमा उपाध्यक्ष बसन्त शर्मा, सचिव सुरेन्द्र परियार, सहसचिव किशोर गोसाइ, कोषाध्यक्ष जितेन्द्र सोमै रहेका छन् ।

यसैगरी सदस्यहरु सिताराम यादव, नौसाद अली अन्सारी, सन्तोष सुनार, सुशील वि.क., अशोक कुमार कोरी, भिम सलामी मगर रहेका छन् ।