परीक्षा सकिएका विद्यार्थीलाई घर बाहिर ननिस्किन शिक्षामन्त्री पोखरेलको अपील

प्रकाशित मिति : मङ्ल, चैत्र ४, २०७६

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले परीक्षा सकिएपछि कोरोनाको त्रास बढ्ने भएकोले घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

मंगलबार सूचना जारी गर्दै मन्त्री पोखरेलले चैत ५ गतेसम्म कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि तीन साता ७० लाख विद्यालय बालबालिकाहरु घर बाहिर ननिस्किन आग्रह गरेका हुन् ।

उनले विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकाशन, आदिमा भीडभाड हुने कार्य नगर्न समेत आग्रह गरेका छन् ।

चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्कसहितको सावधानी अपनाएर तोकिएको समयमै सञ्‍चालन हुने मन्त्री पोखरेलको भनाई छ ।

यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुने मन्त्रालयले जनाएको छ ।