पुर्व मन्त्री मातृकाप्रसाद यादवले वडा अध्यक्षलाई ५१ किलोको माला लगाईदिय

प्रकाशित मिति : मङ्ल, चैत्र ४, २०७६

बारा । सयौं किलोको माला लगाएका कारण नेताहरु आलोचित हुँदै आएका छन्। बारामा आईतबार आयोजित एक कार्यक्रममा भने पूर्वमन्त्री मातृका यादबले आलोचनाबाट जोगिएका छन्।

पूर्वमन्त्री यादवले अस्वीकार गरे
पुर्व उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवलाई ५१ किलोको सयपत्रीको माला लगाउने तयारी थियो। बाराको करैयामाई गाउँपालिका वडा नं। ४ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपा स्थायी कमिटी सदस्य यादबले माला लगाउन मानेनन्।

वडाको लौतनमा २० लाख लागतमा भवन निर्माण सुरु गरिनेछ । स्थानीय साधु साह कानुले दान गरेको १० धुर जमिनमा बन्न लागेको भवनको पूर्वमन्त्री यादबले धार्मिक विधि अनुसार शिलान्यास गरे।
शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफु मालाको पक्षमा नरहेको बताए। उनले भने–‘माला बुर्जुवा संस्कृती हो। म सहिद भएपछि लगाई दिनु।’

वडा अध्यक्षलाई लगाई दिए
प्रमुख अतिथिको लागि तयार गरिएको कार्यक्रमको अध्यक्षता गरेकी वडा अध्यक्ष जनाबी खातुलाई लगाईयो। सम्बोधनका क्रममा पूर्वमन्त्री यादवले भने–फुलको किन अपमान गर्नु भनेर हामीले एउटा सल्लाह गरेको छौं। अर्का पूर्वमन्त्री पुरुषोत्तम पौडेल र पूर्वमन्त्री यादबको सल्लाहमा वडा अध्यक्ष खातुनलाई माला लगाउँदै यादबले भने–‘यो माला शुसासनको भारी स्वरुप बोकाएका हौं।’

मधेसको गाउँपालिकामा मुस्लिम महिलाले वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा समर्पित हुन आग्रह गरे।
कार्यक्रममा संविधानसभाका सदस्यहरू गोपाल ठाकुर जयराम दाहाल, नेकपा केन्द्रीय सदस्य दिनेश कुमार राई, कोल्हवी नगरपालिका वडा नं। १ का वडा अध्यक्ष सोनालाल साहको लगायतले मन्तब्य राखेका थिए।