सरसफाई मजदुर संघले सामाजिक सुरक्षा योजनामा सुचिकृत गराई छाड्यो

प्रकाशित मिति : सोम, चैत्र ३, २०७६

अखिल नेपाल सरसफाइ मजदुर संघ भद्रकाली इकाइ कमिटीमा कार्यरत श्रमिकहरु इकाई अध्यक्ष चन्द्रमाया थापा मगर सहित ८ जना मजदुर हरुको योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सुचिकृत भएका छन । स्मरणीय के छ भने यी आठै जना श्रमिकलाई ठेकेदारले निकष्काशन गरी नयाँ मजदुर भर्ना गरेका थिए तर युनियनको केन्द्रिय समिति र इकाई कमिटीले बेलैमा हस्तक्षेप गरी नयाँ भर्ति हुन आएका मजदुरहरुलाई मित्रवतरुपमा संझाई बुुझाई पठाई निष्काशित श्रमिकहरुलाई पुनरबहाली गरी सामाजिक सुरक्षा योजनामा सुचिकृत गरउँन दवाव सिर्जना गरेका थिए ।
फागुन १ गते सम्पूर्ण मजदुरलाई निष्कासन गरिएको थियो । काठमाडौ जिल्ला अध्यक्ष कुलबहादुर मगर, केन्द्रीय अध्यक्ष धनु दाहालको उपस्थितिमा नया ल्याउने मजदुरलाई सम्झाएर पठाइ पुरानो मजदुरलाई पुनरबहालि गराइएको हो ।
पुनरबहाली पश्चात सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत गराईएको अध्यक्ष धनु दाहालले बताएकी छन । यसरी नै सबै पेसामा आधारित युनियनहरुले लडने हो भने योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गराउँन सकिने धारणा व्यक्त गरेकी छन अध्यक्ष दाहालले ।

सबै प्रतिष्ठान स्तरीय वा ठेकेदारीमा काम गरिरहेका श्रमिकहरुले सुचिकृत गर्ने संघर्षको यो सैलीलाई अवलम्बन गर्नु उपयुक्त हुने देखिन्छ । अरुले गरिदेलान लागू गरिदेला भन्ने होइन आफैले गरौं नसके थप सहयोग मागौं ।