भेनेजुएलाको समाजवादलाई सिध्याउन साम्राज्यावदीहरु जोडदारले लागिरहेका छन- मेरिलिन रिक्वुइना

अन्तर्वार्ता

Jaya Karki Vice President of ANTUF प्रकाशित मिति : सोम, चैत्र ३, २०७६

समाजवादलाई सिध्याउन साम्राज्यावदीहरु जोडदारले लागिरहेका छन्

२४ जनवरी २०२० काराकास, भेनेजुएला

मैले साल्सा डान्स र गफगाफकै क्रममा जसलाई हाम्रो सिङ्गो जिम्मेवारी सुम्पिएको थियो । हामीसँगै थियौं तर उनी अंग्रेजी तातो भुत्लो केही बुझ्दैन थिइन । उनको नाम मेरिलिन रेक्वुना हो । क्यानाडाली मित्र रोबेर्टो गार्सिया जसले मलाई ‘के छ नेपाल’ भन्थे । उनकै मद्धतले भेनेजुएलाको महिलाहरुको जनजीवनबारे स्पेनिस भाषामा उल्था गरी सोध्न लगाएँ । उनले भनेको कुरा उनले फेरि मलाई अंगे्रजी बताइदिँदा कुरा प्रष्ट भयो ।

मेरिलिन रिक्वुइना, भेनेजुएला
♦ भेनेजुएलामा पहिला निरंकुश सत्ता थियो । त्यो सत्तालाई हाम्रा राजनेता ह्युगो चाभेजले उलटपुलट पारिदिनु भयो । अब यो देशमा जनताको सत्ता छ । नवउदारबाद र पुँजीवाद विरुद्धको राज्यसत्ता हो यो ।
♦ अहिले हाम्रो देशमा आर्थिक नाकाबन्दी लगाएको छ, साम्राज्यावादी अमेरिकाले । तर, हामी आर्थिक नाकाबन्दी झेल्न सफल हुनेछौं ।
♦ देशमा समाजवादी सरकार छ । हामी सबै त्यसको भागीदार हौं ।
♦ हामी सबैले अहोरात्र मेहनत गरेर यति ठूलो अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानलाई सफल पारेका छौं । यसमा महिला र पुरुष साथीहरुको बराबरीको भूमिका रहेको छ ।
♦ महिला अधिकारका विषयमा यहाँ अब कुनै समस्या छैन् । सबै क्षेत्रमा बराबरीको अवसर प्राप्त छ । तपाई आफैँले पनि देख्नुभएको छ ।
♦ अहिले हाम्रो राष्ट्रपति निकोलस मदुरो हुनुहुन्छ । उहाँलाई ध्वस्त पार्न र समाजवादलाई सिध्याउन साम्राज्यावदीहरु जोडदारले लागिरहेका छन्, गलत र दिग्भ्रमित प्रचार गरिरहेकाछन् ।

♦ हाम्रो देश भेनेजुएलामा अलि फरक अवस्था छ । हामी तीन करोड जनतालाई अनिवार्य सैनिक तालिमको व्यवस्था गरेको छ । हामी सबैले अनिवार्य तालिम लिएका छौं । त्यो तालिम सामान्य मिलिसियादेखि लिएर विशिष्ट खालको समेत रहेको छ ।

हाकाहाकी.कममा प्रकाशित मेरो सस्मरणको सानो अंश झनै सान्दर्भिक लागेकोले शीर्षकमात्र थोरै परिवर्तन गरी अपडेट गरेको छु, धन्यवाद ।

पूर्व राष्ट्रपति ह्युगो चाभेजको भाईसहित विशिष्ट अतिथिहरु, चाभेजका भाई जनताकामाझ निकै लोकप्रिय नेताभित्र पर्दछन ।

 

 

 

साभारः हाकाहाकी.कम