अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशको बैठक सम्पन्न

प्रकाशित मिति : आइत, चैत्र २, २०७६

फ्र्याक्सन इन्चार्ज जयपुरी घर्ती

२ चैत ०७६, कास्की । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासघ फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यता साथै महासंघ केन्द्रीय अध्यक्ष जगत सिम्खडाको विशेष उपस्थितमा बैठक सम्पन्न भएको हो ।

गण्डकी प्रदेश बैठकले एकताको तयारी लगायतका महत्वपूर्ण निर्णय लिइएको महासंघ प्रदेश अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।

अध्यक्ष जगत सिम्खडा

अध्यक्ष गौतमकाअनुसार फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीले समसामयिक राजनीतिक विषय र पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले लिएको निर्णयबारे प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् । यस्तै महासंघका अध्यक्ष जगत सिम्खडाले अन्टुफ–जिफन्ट एकताको तयारीका सन्दर्भमा भएको प्रगतिबारे अवगत गराउँदै संगठनलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए ।

अन्टुफ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमको अध्यक्षतामा बसेको गण्डकी प्रदेश