गाईगोरुको वेदना र पुकार – सुदर्शन प्रधान

प्रकाशित मिति : शनि, चैत्र १, २०७६

गाई, भैंसी, बाख्री जस्तै एउटा घर पालुवा जनावर हो । जुन जंगलमा अझ पाईन्छन् । अघि यो जंगलमा थियो, पूर्खाले समातेर ल्याई घर पालुवा बनेको हो । नेपालको मैदानी भेकका जंगलमा निलगाई, गौरीगाईहरु, हिमाली भेकमा चौरीगाईहरु  र अफ्रिाकाको जंगलमा विल्डविजहरु । आज नेपाल र भारतका घरपालुवा गाईहरु नश्ल सुधारेका जर्सी, होलस्टेन र टोरेन्टाइन लगायत छन् । २५ – ३५ लिटर सम्म प्रतिदिन  दुध दिने यि गाईहरु नामी र दामी छन् । जुन गाईहरु युरोप, अमेरिका र जापान, चीनवाट नै ल्याईएका हुन् । यि सबै देशहरुमा गाईको वेत वसेपछि, न्यून दुध (१० – १५ लिटर) दिन थाले पछि, घाइते अपाङ्ग भएपछि वधसाला केन्द्रहरुमा पु¥याईन्छन् । ति छाला, हड्डी र मासुको लागी प्रयोग गरिन्छन् । तर खै त ? तिनको विकास वृद्धि रफ्तार नै देखिन्छन् त । गाईमा त्यस्तो अलौकिक शक्ति र श्रोत हुँदो त ति राष्ट्रहरु र मासु खाने जनता सून्यमा झर्नु पर्ने हैन र ? विजोग र वेहाल हुनु नपर्ने हैन र ?

हिन्दुहरु गाईलाई भगवान ईश्वरको प्रतिक मान्छन् र तिनको आजिवन सेवा र सुरक्षा हुनपर्छ भनेर दावी गर्छन् । ल एकछिनलाई मानौं त्यो ठिक छ, नेपालमा झण्डै ६० लाख गाई गोरुहरु छन् र भारतमा २४ करोड । हरेक वर्ष १० प्रतिशत गाईहरु वेत बस्छन् र गोरुहरु बुढो हुन्छन् । यो भनेको नेपालमा ६ लाख हो र भारतमा २.४० करोड । हरेक गाई गोरुको दाना, पानी, सेवा उपचार, गोठलाई वार्षिक भारु.३० हजार आवश्यक पर्छ । भारतको २.४० हरेक गाईको लागि वार्षिक ७.२० खरब भारु आवश्यक पर्छ र यो मूल्य हरेक वर्ष १५ प्रतिशतले वृद्धि हुन्छ । अझ विशाल मुलुक भारतले  संसार भरिका राष्ट्रहरुलाई गाई हाम्रो भगवान हो राम्ररी पाली देऊ । वरु दाना, घाँस, सेवा, गोठको लागी आवश्यक खर्च हामी उपलब्ध गराउँछौं भनेर विश्वव्यापी आह्वान गर्न प¥यो । संम्भव छ ? यो त न्यूनतम रकम हो । एसीयाभरि र विश्वव्यापी कति आवश्यक पर्ला ? भारतको सिङ्गो बजेट खन्याए पनि पुग्दैन । अनि सरकारी सम्पूर्ण बजेट एउटा पशु गाईको  लागि लगानी गरेपछि त्यहाँका जनताको विकास, निर्माण, पुन निर्माण, कृषि, उद्योग, यातायात, स्वास्थ्य, आवासको हालत कस्तो होला ? सेना, प्रहरी, कर्मचारीहरु वेतन, पेन्सीन नमिलेपछि के गर्छन् ? गाईलाई भगवान मानेर के सबै भारती जनता भोको पेट वस्न तयार होलान् ? सम्पूर्ण हिन्दु धर्मावलम्बी, सन्त, महन्त र मोदीसंग यसको जवाफ के छ ? अरु केहि तथ्यहरु हेरौं ?

– भारत र नेपालका हिन्दू सम्प्रदायका गाई फर्महरुमा बाछीहरु राम्ररी पालन पोषण गरेर हुर्काइन्छन् तर वाछाहरु जन्मेको पहिलो दिनमै माउ गाईको व्याउती कोची कोची पिलाएर छेर्दैमर्न बाध्य तुल्याइन्छन् । बाछो ठूलो हुँदासम्म पालनपोषण गरेमा फर्म डुब्छन् ।

–             लाख, डेडलाख, लगानी गरेर खरिद गरेको आधुनिक नश्ल सुधारेका गाईहरु छ वेत पछि रोकिन्छन् ३०० – ४०० के.जी. वेसी तौल पनि हुने यि गाईहरु सित्तिमा बाहिर पठाउनलाई अझ उल्टो २, ४ हजार गाडी भाडा दिएर पनि धपाउनपर्छ । तर कता कताबाट पर्यटन केन्द्रका होटल, रिसोर्ट हरुमा विफ (गाईका फलमासु) प्रति केजी रु. ५००।–, ६००।– मा पनि पुगिरहेका हुन्छन् । गाई फर्मका हिन्दु कृषकहरु स्वयं भन्छन्, जबसम्म गाईहरु भैसींहरु झै बिक्री गर्न पाईन्न तबसम्म  गाई फर्महरु उभो लाग्न सक्दैनन् । गाईको सेवा गर्नेहरु कठिनमा छन् तर गैरकानुनी रुपले गाईको मासुको कारोबार गर्नेहरु मालामाल ।

– गाईगोरुहरु अमेरिका, युरोप, चीन, जापानमा झैं छाला, हड्डी र मासुको लागी विक्री गर्न पाए नेपाल र भारतका गाई फर्महरुका आर्थिक, भौतिक अवस्था धेरै सुध्रने थियो । यि फर्महरुले वाछाहरु पनि राम्ररी स्याहारेर ठुलो हुँदा सम्म पालन पोषण गर्थे ।

– हिन्दु युवाहरु युरोप, अमेरिका र चीन गएपछि धेरैले विफ चाख्छन् ।

हजारौं वर्ष अघी पशुपालन युगमा हाम्रा पूर्खाहरु जंगलमै थिए, सो वेला खानाको लागि फलफूल, कन्दमूल, माछा, मासु, दुध सबैप्रयोग गर्थे । मासु भन्नाले आफूले पालेका वाख्रा गाई, भैसी, वदेल, घोडा, खरायो, सबै जनावरहरु पर्छन् । कृषि युगमा प्रवेश गरे पछि सबै जनावरहरुको मल र पिसाबको महत्व भयो । गाईको महत्व चाहिँ विशेष भयो । त्यो के भने गाईले जन्माउने वाछो पछि खेतबारीमा जोत्ने एक महत्वपूर्ण साधन बन्यो । तथापी खानाको  अभाव हुँदा, घाइते वा बुढो वा वेत वसेपछि मान्छेहरुले गाई गोरुहरु खाने गर्थे । एक अनुमानमा कालान्तरमा गाई गोरुलाई लाग्ने खोरेत जस्तो रोग वा यस्तै सरुवा रोगहरुले गाईगोरुहरु सखाप भए तथापी मान्छेहरु गाईगोरुहरु मार्न र खान छोडेनन् । त्यसबेलाका विद्वानहरुले टाढा टाढासम्म गएर प्रचार गर्दै भने “गाई भनेको माता समान हो, जस्को दूध आमाको जस्तै पोषीलो हुन्छ, गोबर खेतबारीमा मल हुन्छ, पिसाब औषधी झैँ हुन्छ, गाईले ब्याउने बाछो भोली खेतबारी जोत्ने हुन्छ । तब हामी घरमा अन्नको भकारी बनाउँछौं, जुन अन्न खाएर वर्ष दिन भरि हामी बालबच्चाहरु सबै पालिन्छौं…तसर्थ गाई साँच्चिकै माता समान हो । यसको संरक्षण गरौं …..मार्ने मासु खाने चाहि अब कहिल्यै नगरौं…।”

विद्वान्हरुका तर्क र विचारहरु अझ त्यसलाई गित, कविता र श्लोकमा लयदार रुपले प्रस्तुत गर्दा अझ संम्प्रेषीत हुन्छ मन मस्तीष्कहरुमा । यसरी हिन्दु सम्प्रदायमा गाईलाई पूजा गर्ने, माता समान मान्ने आवधारणा बन्यो । सयौं वर्षमा त्यो संस्कार, संस्कृति र परम्परा वस्यो एक जब्बर विचार वन्यो गौमाता भनेर ।

हिन्दुहरुका गाई प्रतिको धारणा, जाती प्रथा, छुवाछुत प्रथा, सती प्रथा जस्ता घोर अव्यवहारिक र ज्यूदै महिलाहरु जलाउने, मान्छे मान्छेमा छोइ छिटो र ब्राह्मण त्यसमा पनि उपाध्यायहरु विशिष्ट हुने प्रचलन र प्रथाहरुले मध्यपूर्वमा ईस्लाम धर्म, महम्मद शाहले प्रतिपादन गरे । नेपालको लुम्बिनीमा गौतम बुद्धले बौद्ध धर्म । बौद्धीस्तहरुको हिनयान संम्प्रदायका र मुस्लिम भनौँ ईस्लामहरु पनि गाई गोरु खान्छन् । विगत पच्चीस सय वर्ष हिन्दुहरु यि बौद्धीस्त र मुश्लीमहरुसँग यो भारतिय उपमहाद्धिप वरपर गाईको विषयलाई लिएर यति धेरै युद्ध संग्रामहरु गरे जहाँ करौडौंको मृत्यु भयो होला । विज्ञानले चरम विकास गरेको यो युगमा समेत गाईकै विषयमाअरु युद्ध लडाईहरु हुनसक्ने वातावरण रहिरहनु चरम सरमको वात हो । जसको नेतृत्व भारतको भाजपा र नरेन्द्र मोदीले गरिरहेछन् र उनको स्वयंसेवक दलले पनि ।

के आज गाईको विषयमा यसरी तर्क गर्न सकिन्न ? निम्न शब्दहरुको साहार लिन सकिन्न ? गाई ! तिमी एउटा वेजोडको प्राणी हौ, पशु हौ किनकि तिम्रो संरक्षणको विषयमा विवाद भएर इतिहासमा लाखौं, करोड मान्छेहरु मरे र उत्तिकै घाइते अपाङ्ग बने । तिम्रो अगाडि मान्छेको जात त क्यै हैन जस्तो ! त्यो कालो वादल आज पनि आकाशभरि मडारिरहेछ । विज्ञानले हजार कुराहरु पत्ता लगाएर के भो त ?

‘गाई ! तिमी एउटा घरपालुवा भैसी, बाख्रा जस्तै प्राणी हौ । तिमीहरुका मल, पिसाब रछ्यान हाम्रा खेतबारीहरुमा मल हुन्छ, अन्न फल्छ, तरकारी हुन्छ, फलफूल पनि र  हामी जिउँछौ । तिमीहरुका दुध पनि हामी दुहन्धौ, पिउँछौ, बच्चाहरु हुर्काउँछौ । हुन त तिम्रो कल्चौडाको दुध तिम्रो बाछाबाछी, पाडापाडी, पाठापाठीहरुलाई बनाएको हो, प्रकृतीले सिर्जाएको हो । तर त्यो  हामी उपभोग गर्छौं । हाम्रो मेहनत, श्रम, उन्नत प्रविधी, दाना र राम्रो बास पनि मिलेर तिमीले दुध धेरै दिएकी हौ र तिम्रो वच्चाको भाग छुट्याएर अरु दुध हामी प्रयोग गछौं । जंगलमा तिम्रा पुराना पुख्र्यौली नाताका गौरी गाई निलगाईहरुले दिने दुध भनेको दिनको माना, दुईमाना हो, जबकि हाम्रो स्याहारले १० लिटर, २० लिटर ३०–३५ लिटर पनि दिइरहेछौ तिमीहरुले । त्यसैले अन्याय ग¥यो नभन ?

गाई ! तिम्रो वेत वसेपछि र गोरु बुढोभएपछि वा अपाङ्ग पछि हामी संकटमा पर्छौ किनकी भैसी, बाख्रीको वेत वसेपछि त्यो विक्री हुन्छ राँगा र बोका खसी त झनै सजिलरी ग्राहकले लान्छ, गोठैमा छनछनी पैसा गनेर । तर तिमीले दुध दिन नसकेपछि दाना, घाँस, सेवा, वास सबै कुराहरु कहाँबाट जुटाउने ?छोराछोरी, बा आमा पाल्ने कि तिमीलाई ? आजभोली स्वास्थ्य, शिक्षा, यातायात सबै मंहगो छ, निजीकरणले । खल्तीमा दाम नभए कसैले गन्दैनन्, खाना, कपडा, वास, औषधी, किताब क्यै क्यै पाइँदैन, झन मोबाइल, टि.भी. कम्युटर, प्लेन टिकट कुराहरु त गर्नै पर्दैन । त्यो विदेशबाट आउने चीजहरु । मेरा प्रिय गाई गोरुहरु ! घरमा बा आमा जस्तो महान सृष्टीकर्ताहरु पनि निधन पश्चात घाट लानु पर्छ, त्यसपछि जलाउने वा पुर्नुपर्छ । खुल्ला छोड्यो भने अरु मांसाहारी पशुपक्षीहरुले लाश चिथोर्छ, रोगव्याधी फैलन सक्छ, कुकुरहरुले हाडखोरहरु बोकेर मानव वस्तीसम्म ल्याउन सक्छ, जुन हाडखोरमा ठक्कर लागेर गाडी दुर्घटना हुनसक्छ, केटीकेटीहरु लडेर घाउचोट लाग्न सक्छ, आफै पनि एकबिहानै घुम्न निस्कदा त्यसमा ठेस लागेर पछारिएर घाइते बन्न सक्छ, उपचार अस्पताल, खर्च कति कति ….. । तसर्थ मृत्यु पछि सहि व्यवस्थापन गर्ने नियम, परम्परा भनौं संस्कार छ मान्छेहरुको सृष्टीकर्ता भनेर घरमा सजाएर राख्ने कुरा भएन नि !

तसर्थ प्यारो गाई गोरुहरु ! दुध अन्न तरकारी, फलफूल लगायत सम्पूर्ण खाद्यान्न उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्राणीहरु ! तिमी आफै भन न गाईको वेत वसेपछि र गोरु जोत्न नसक्ने भएपछि के गर्ने, भँैसी र वाख्रीहरुको जस्तो व्यवस्थापन गर्दा तिम्रो क्यै आपत्ती छ ? यो एकनिष्ठ परिवार र नीजि संम्पत्तिको फलामे साङ्लाले बाँधिएको समाजमा उभ्भिएर हेर्दा दुःखका साथ भन्नपर्छ गाई भैसी वेतवसे पछि र गोरु जोत्न नसक्ने भएपछि मरेतुल्य हुन्छ । जन्मदिने वा, आमा त मरे पछि घाटमा लानुपर्छ भने … तिमीले आकाशबाट असर्फीहरु त बर्षाउँदैनौ । पालन पोषणलाई अनुदानकतैबाट मिल्दैनन् । तिम्रो कारणले हाम्रो दुःख गरिबी, पछौटेपन हुन भएन । हामीलाई मुक्त देऊ ! हामीलाई भिख माग्ने वर्तमान झै वातावरण हैन बरु अरु दुखी गरिबहरुलाइ दान दिन सक्ने सबल बनाउ ! यो तिम्रो हातमा छ । एक पटक आकाश थर्कने गरि तिमी गाई गोरुहरु गर्जी देऊ । “हामी एउटा पशु हौं अरु भैंसी बाख्रीहरु झै । हाम्रो संरक्षण भनेको नयाँ नयाँ नश्ल सुधारहरु गरेर धेरै दुध निकाल्नु, जोत्न सक्ने तेजिला वलिया बनाउनु अनि, प्रतिस्पर्धा पनि, गराएर मनोरञ्जन लिनु हो । वेत वसेका, अपाङ्ग भएका जोत्न नसक्ने गोरुहरुलाई पनि ‘भगवानको प्रतिक’ र ‘शिवको वाहान’ नाउ दिएर पालन पोषण गर्नैपर्छ भन्ने मान्यताले हाम्रो वंशको लोप हुन्छ, हामीप्रती घृणा उपेच्छा हुन्छ । अनि हामीलाई जीवनभर स्याहार्ने किसानहरु हरिकंगाल तर लुकी छिपी हाम्रो मांसको कारोवार गर्नेहरु मालामाल । यो हामीलाई सैह्य छैन तसर्थ भैसी वाख्रीको वेत वसेपछि उचित व्यवस्थापन गरे झै हाम्रो पनि व्यवस्थापन गर्दा आपत्ती छैन है … मनुवाहरु …”

स्मरण होस्, गाईको संरक्षण हुनपर्छ भनेर हजारतर्क गर्ने प्राचीनकाल, मध्यकाल र आधुनिककालका विद्वान ऋषिमुनीहरुका प्रवचन श्लोक, गीत र कविताहरु अनि माथिको तर्क गर्ने पंक्तिकारका शब्द वाक्यहरु गाई गोरुहरुले कहिल्यै सुनेनन्, बुझेनन् बरु मान्छेहरु काटमार गरेका, रगत बगाएका, घाइते अपाङ्ग बनी चिच्याएका, कोलाहल आंतक छाएका र त्यसको प्रभावले भनौं आफ्ना मालिकहरुका विनाशले र बालबच्चाहरु शरणार्थी बनि हिँड्नाले  आफ्नो थलोमा  कैयौं दिनसम्म घाँस पानीको अभावले भोक र प्यासले असंख्य गाईगोरुहरु बरु मरे होलान् यो सेरोफेरोको देशहरुको धार्मीक, युद्धहरुमा ति भयानक घटनाहरुको एकमूल कारक आफू भएको उनीहरुलाई  कहिल्यै ज्ञात भएन । बरु श्वास जाने बेला ति कुनै कुनै गाईगोरुहरुले भलाकुसारी गर्दै एक आपसमा भने कि भनेर अड्कल केवल अडकल गर्न सकिन्छ कि हामीलाई सन्तान जन्माउन वर्षको एकपटक चाहिन्छ तर यो मान्छेको जातलाई भएदेखि दिनदिनै चाहिन्छ । अझ लोग्ने मान्छेहरु त सुत्केरी, गर्भअवस्थाकी पनि भन्दैनन्, वालीका, वुढी पनि भन्दैनन् । बलात्कार पछि कति ठाउँमा  हत्या पनि गर्छन् । “लोग्ने मान्छेको हैकम छन् र यो मान्छेका जातमा … गाईगोरुले पनि सुस्तरी भने त्यसैले जन्माउँछन् र शोषण, दमन, हिंसा, युद्ध, गृहयुद्धहरु, महायुद्धहरु पनि …”

गाईले भन्दै गए अव लोग्ने मान्छेहरुलाई सबै खालका बल लगाउन पर्ने निर्माण विकास, उत्पादन पुर्न उत्पादन काममा लगाउने र महिलाहरु चाहि कडा मेहनत गरि हरेक कुराहरुको सैद्धान्तिक र व्यवहारिक कुराहरु बुझेर नीति निर्देशन गर्ने, समाज र संसार भरि शान्ति र सुव्यवस्था स्थापना गर्ने त्यसमा वाधा अड्चन दिनेहरुलाई कुनै पनि मुल्य चुकाएर तह लगाउने कुराहरु गाईगुई चल्न थाल्या छन् रे !”

“तर ज्यादै नै सर्तक बनेर” कैयौं दिन देखि घास, पराल र पानी पनि पीउन नपाई दाविले पेट भएको दुधालु भैंसीले  आफ्नो हेमानको टाउको र सिङ भएको पाडो  (राँगो) तिर नजर लगाउँदै गाईसँग सांस मात्रले भने आजकाल मान्छेको जात हाम्रो कान्छो भन्दा खतरा छन् रे ? डरलाग्दा सीङ, बाघ भालुकाझै दाह्रा, नङ्ग्रा भन्दा भयानकको ….।”

“के जाती रहेछ त्यस्तो ?” गोरुले सुस्तरी सोधे “आणविक बम, हाइड्रोजन बम, मोदीबम …..भैसीले भन्दै थियो, गाईले विचैमा रोकेर भन्न थाल्यो, “त्यो मोदी बम लाई निश्क्रिय पार्न त मैले आफ्नो वक्तव्य सार्वजनिक गरेपछि तिनका सबै धोती खुस्कन्छन् र नाङ्गो बन्छन्, विशेष परिस्थिति मैं हम उसको एैलान करेगें”

त्यहाँ छाप्रोमा कैयौं दिनदेखी भोको भएका गाई, भैसी, गोरु सबैले बोले पाडोलाई पनि खस खस लागेको कुरा बोल्न मन लाग्यो । उसले कानवरपरको झिंगाहरु फटकार्दै भने ‘यो मान्छेको जातको टाउको हाम्रोमा र हाम्रो टाउको उसकोमा जोडीए कस्तो हुन्थ्यो होला ?’

“हत ! पशुबाट झन महापशु भइन्छ, मानवहरु दानव भैसीले आफ्ना बच्चालाई भने टाउको भनेको एउटा केन्द्र हो । ज्यानका सबै नशाहरु केन्द्रले चलाईरहन्छ । हात, खुट्टा, जिब्रो, छाला, लिङ्गका सबै देखिने नदेखिने नशाहरु, स्नायुहरु र मस्तीष्कले परिचालन गरिरहन्छन् । त्यसपछि के होला ? के नहोला ? आफै सोच त !”

एउटा पशुलाई भजाएर राजनीति अझ उसको सर्वोपरिताको लागि युद्ध र गृहयुद्धहरुलाई निम्त्याईन्छ र लाखौं करोडौं जनताको मृत्यु हुने अवस्था सिर्जाइन्छ भने दक्षिण पूर्वी एसियामा झण्डै चार हजार वर्ष यता वाहुल्यता भएको हिन्दु धर्मका थुप्रै मूल्यमान्यता, नीति नीयमहरु उलटपुलट हुन सक्छ र अस्तीत्व संकटमा पर्न पनि सक्छ । आम जनतालाई यो युगमा सुख, शान्ती र संमृद्धी चाहिएको छ, त्यो कसरी प्राप्त हुन्छ ? त्यस्तो मार्गमा लाग्छ नकि धर्मान्ध बनेर अरु सम्प्रदायहरुमाथि आक्रमण र ध्वंस गर्छ । नकि अरुको राष्ट्रमाथि हमला र विनास लिला मच्चाउन हिँड्छ । शक्ति, षडयन्त्र र दाउपेचले धर्मान्धहरु, पूर्वजन्म र पुनर्जन्मको वकालत गर्ने मूर्खहरु क्षणीक विजय होला, क्षणीक अरुको भूभाग कब्जामा पनि लेलान तर कालान्तरमा तिनको पतन भएरै छोड्छ । कृतिम स्प्रिङ जती थीचीन्छ पछि उत्तिकै माथी उफ्रन्छन् तर मानव स्प्रीङको कुनै सिमा हुँदैन, पूर्व अनुमान गर्न सकिन्न । यस्ता थुप्रै तथ्य  र प्रमाणहरु पेश गर्न सकिन्छ कि एउटा घर पालुवा जनावरको राजनीति गरेर जनतालाई पटमूर्ख बनाउनु घातक छ । त्यस्तो राजनीति कदापी दिगो हुन सक्दैन । प्रधानमन्त्री मोदीले हजारौ वर्ष अघिको काल्पनिक कथाहरु (जहाँ हिन्दु ब्रम्हाणहरु आफूलाई देवता र अरु गै¥ह हिन्दुहरुलाई राक्षस र दानव भनेर वर्णीत छन्) जोडेर बनेको रामायण र महाभारतका पुस्तकहरु अन्तराष्ट्रका नेताहरुलाई उपहार दिएर हिन्दुहरुको कथित महानता र विरताबारे सम्प्रेषण गरिरहेछन् । विवाह गरेर आफ्नो श्रीमती भनौं जीवनसाथीलाई प्रधानमंन्त्री निवाशमा राख्न नसक्ने र त्यो सम्मान प्रदान गर्न नसक्ने नरेन्द्र मोदीले भारतका सिङ्गो ६० करोड महिलाहरुलाई के सम्मान गर्छन् ? कसरी श्रद्धा गर्छन् ? अनी सार्क भरिका झडै १ अरब ८० करोड जनताले ऊबाट के आशा राख्ने ? बरु स्वयं घोषीक ऋषिमनको नेताले हिन्दुधर्मको सर्वोपरिता र एउटा पशु भनौं गाईको महानताको वेतर्की र असामयिक वकालत गर्दै ठूलो विध्वंस र युद्ध, गृहयुद्धहरुलाई निम्त्याउन सक्छ । साँच्चीनै रामायणका मूल नायक रामले सितालाई लंकावाट युद्ध जितेर ल्याएपछि सुद्ध छ कि छैन ? भनेर अग्नी परिक्षा लिएको थियो तर रामले चाहिँ त्यस्तो कुनै परिक्षा दिन परेन । सिता परिक्षामा उत्तिर्ण भएपछि पनि एक धोवीको कुरालाई आधार मानी गर्भ अवस्थाकी सितालाई अयोध्या दरबारबाट निकाला गरेको थियो । कथा अनुसार तिनी वर्षौ वर्ष बालमिकीनगर (त्रिवेणी पारी) बसिन् एक आश्रममा । तिनको छोराहरु लव र कुशको बहादुर र पराक्रम देखर राम प्रभावित बने । अनि सिता र छोराहरुलाई भित्र्याउन तयार बने । झण्डै १५ – २० वर्ष सम्मको हजार हण्डर ठक्कर, दुखपीडा, अभाव, संकट सहेको, अपमान भोगेकी सितालाई असैह्य भयो । त्यसपछि तिनी नारायणी नदी किनारा किनारै भागीन् र अन्तमा एक छाङ्गाछुरभीरबाट नदीमा हाम्फालेर जीवनलिला समाप्त गरिन् । इतिहास विज्ञ तथा पुरातत्व विज्ञ योगी नरहरीनाथको भनाई अनुसार रामले लंका विजय पछि अश्व यज्ञ गरेको स्थल देवघाट हो र सिताको अन्तीम स्थल पनि देवघाट हो । सिता गुफा भनेर देवघाटमा त्यो प्रसिद्ध छ ।

यसरी नेपालको जनकपुर धामको राजा जनकको धर्मपुत्री सिताको विवाह भारत अयोध्याका राजा दशरथका छोरा रामसँग भएपनि तिनको जीवनको अन्त (आत्मा हत्या) पनि नेपालकै भूभागमा भएको थियो । जनकपुरबाट झण्डै २५० कि.मी. पश्चिम आजको देवघाटमा । यो घटना प्राचीनकाल झण्डै ३५०० वर्ष अघी भारती शासकबाट एक नेपाली चेली सिता माथि भएको घोर अत्याचार हो । तत्कालीन अवस्थामा सिताका अवर्णनीय कथा र घटनाहरु राजा जनक र जनकपुरवासीलाई ज्ञात भएपछि कस्तो भयो होला ? अयोध्याका रामलाई कस्तो प्रतिक्रिया दिए होला ? आज हामी थुप्रै कुराहरु आंकलन गर्न सक्छौं ।