शिक्षा मन्‍त्रालयले दियो निर्देशन: चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्नु

प्रकाशित मिति : मङ्ल, फाल्गुन २०, २०७६

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस ९ कोभिड–१९०को संक्रमणका कारण विद्यालयहरुलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न भनेको छ । सामूहिक कार्यक्रम नगर्न भनेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्ष लगायतलाई बोलाएर निर्देशन जारी गरेको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गरेको छ । त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।