सेक्युरिटी मजदुरकाे स्याङ्जा जिल्ला नेतृत्वमा उमाकान्त ढकाल

ANTUF Publication Department प्रकाशित मिति : शनि, फाल्गुन १७, २०७६

स्याङ्जा । अखिल नेपाल सेक्युरिटी मजदुर स्याङ्जा जिल्ला कमिटी गठन भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमको प्रमुख अातिथ्यमा भएको भेलाले उमाकान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको हाे । ढकालको अध्यक्षतामा पुनर्गठित कमिटीको उपाध्यक्ष सचिव प्रेमबहादुर तामाङ साथै सदस्यहरू घनश्याम काफ्ले, दामोदर पाण्डे, मित्रलाल पाण्डे, तिलक कर्मचार्य, रामप्रसाद न्याैपाने रहेका छन् । यस्तै साे कमिटीकाे इन्चार्जमा एकनारायण पाण्डेलाई चयन गरिएको छ । उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकी प्रदेश उपाध्यक्ष भोज राज खत्री, सहसचिव गुणराज बास्तोला, अखिल नेपाल सेक्युरिटी मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष मंगल लिम्बु, काेषाध्यक्ष बाल कुमार खवास अातिथ्यता रहेकोे थियो ।