गोर्खा जिल्ला सेक्युरिटी मजदुर संघ कमिटी पुनर्गठन

ANTUF Publication Department प्रकाशित मिति : शुक्र, फाल्गुन १६, २०७६

काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघ गोर्खा जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकी प्रदेश उपाध्यक्ष भोजराज खत्रीको प्रमुख आतिथ्यमा पुनर्गठित १७ सदस्यीय कमिटीको अध्यक्ष शंकर बाबु थापा, उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव खुम बहादुर मगर, कोषाध्यक्ष उत्तम प्रताप राणा रहेका छन् ।

यस्तै सदस्यहरू भिम बहादुर बस्नेत, रामबहादुर थापा मगर, भक्त बहादुर राना मगर, शिव थापा मगर, जंग बहादुर थापा, राम प्रसाद कट्टेल, वकिल बहादुर कुँवर, भिम बहादुर आले, रामशरण राना, काजी बहादुर थापा, बालकुमारी कुँवर, अमृत खडका रहेका छन् ।

अन्टुफ गण्डकी प्रदेश उपाध्यक्ष भोजराज खत्रीको प्रमुख आतिथ्यमा बसेको कमिटी पुनर्गठन बैठकमा अथितिहरु मंगल लिम्बु, श्रीभक्त बि.क., सानोकाजी डंगोल, शंकरबाबु थापा रहेका थिए ।