घटनापूर्ण जीवनको छोटो रूपरेखा- जेनी माक्र्स

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६

जेनी माक्र्स: माक्र्सकी जीवनसंगिनी

(माक्र्सकी जीवनसंगिनी एवं सहयोद्धा जेनी माक्र्सद्वारा लिखित यो सामग्री माक्र्सको संघर्षपूर्ण जीवनलाई बुझाउने एउटा महत्वपूर्ण सन्दर्भसामाग्री मानिन्छ । नेपाली पाठकहरूका लागि रूचिकर ठानी महालक्ष्मी श्रेष्ठद्वारा अनुवादित यो सामाग्री प्रकाशित गरिएको छ । सम्पादक)

१८४३, जुन १९ तारिख मेरो बिहेको दिन थियो ।
हामी इबनवर्ग भएर क्रुजनेकबाट राइन्फाल्ज गयौं र बाडेन–बाडेन भएर फक्र्यौं । सेप्टेम्बर महिनाको आखिरीसम्म हामी क्रुजनेकमा रह्यौं । मेरी प्यारी आमा मेरो भाइ एड्गरसँग ट्रिबेज फर्कनुभयो । कार्ल र म अक्टोबरमा पेरिस पुग्यौं, र हर्वेज र उनकी श्रीमतीसित हाम्रो भेट भयो ।
पेरिसमा कार्ल र रुजले “डिउच फ्रान्जोसीसचे जहारबुच” को सम्पादन गर्नुभयो । जुलियस फ्रोबेल त्यसका प्रकाशक थिए । पहिलो अङ्कपछि नै त्यसको स्थिति खराब भयो । हामी न्यू वानन्यू, फौवोर्ग सेण्ट जर्मनमा बस्यौं र रुज, हीने, हर्वेज, मौरर, टाल्स्टाय, बाकुनिन, एनेन्कोव, बर्नेज र अरु धेरैजनासित हाम्रो सम्पर्क भयो । स–साना कुरामा खुब छलफल र झगडा हुन्थ्यो । १८४४, मई १ तारिखका दिन हाम्री सानी जेनीको जन्म भयो । त्यसपछि म लफीटेको समाधिमा पहिलोपल्ट गएँ । सेप्टेम्बरमा एकजना जर्मन धाई लिएर म पेरिस फर्कें । त्यसबेला सानी जेनीका चारवटा दाँतहरू निस्किसकेका थिए ।
मेरो अनुपस्थितिमा फ्रेडरिक एन्जेल्सले कार्लसित भेट गर्नुभयो । शरद र हिउँदमा कार्लले आफ्नो “पवित्र परिवार वा आलोचनात्मक आलोचनाको आलोचना” लेख्नुभयो, र सो पुस्तक फ्रान्कफोर्टमा प्रकाशित भयो । हाम्रो मण्डलीमा हेस र उहाँकी श्रीमती, इवरवेक र रिबनटे«प, र खास गरी हीने र हर्वेज थिए । अकस्मात, १८४५ को शुरुमा, पुलिस कमिश्नरले हाम्रो घरमा आएर प्रशियाली सरकारको अनुरोधमा ग्यूजोटले निकालेको देश–निकालाको आदेश हामीलाई देखायो । आदेश यस्तो थियो ः “कार्ल माक्र्सले चौबीस घण्टाभित्र पेरिस छोड्नुपर्छ ।” मलाईचाहिँ अलि बढी समय पेरिसमा रहन दिइयो, र सो समयलाई मैले आफ्ना सामान र केही लुगाहरू बेच्नमा प्रयोग गरें । मैले यसबाट ज्यादै थोरै पैसा पाएँ, तर हाम्रो यात्राको लागि पैसाको खाँचो थियो । हर्वेजहरूले दुई दिनसम्म मेरो आतिथ्यसत्कार गर्नुभयो । बिरामी अवस्थामा र निकै चिसो मौसममा फरवरीको शुरुमा म कार्लको पछि लागेर ब्रुसेल्स गएँ । त्यहाँ हामी बोइस सौवेज होटेलमा बस्यौं, र हीनजेन फ्रीलीग्राथसँग मेरो पहिलो भेट भयो । मई महिनामा हामी एउटा सानो घरमा स¥यौं, र उक्त घर हामीले पोर्टज्यू लौवेनबाहिर न्यू देला एलैन्समा डा. ब्रेअरवाट भाडामा लिएका थियौं ।


हामीहरू बसोबास मात्र के गरेका थियौं, जब एन्जेल्स हामीलाई पछ्याउँदै आउनुभयो । आफ्नो साथी डा. रोलैण्ड डेनिल्ससँग पेरिसमा हामीसँग भेटन् आएका हेनरिन वर्गस् पनि त्यहाँ हुनुहुन्थ्यो । पछि चाँडै नै आफ्नी श्रीमतीको साथमा हेस पनि आइपुग्नु भयो, र एकजना सेवासवासी सीलर पनि सानो जर्मन मण्डलीमा सम्मिलित हुनुभयो । उहाँले पत्र–व्यवहार समिति स्थापना गर्नुभयो, र सानो जर्मन बस्ती रमाइलोसित सँगसँगै रह्यो । जिगोटसहित धेरै बेल्जियालीहरू र केही पोलैण्डवासीहरू पनि सम्मिलित भए । हामी जाने गरेको एउटा आकर्षक चिया–पसलमा मैले नीलो लुगा लगाएको बुढो लेलेबेलसँग चिनापर्ची गरेँ ।
गृष्ममा एन्जेल्स कार्लसित मिलेर जर्मन दर्शनशास्त्रको आलोचनाबारे लेख्न लाग्नुभयो । “अहम् र त्यसको स्वत्व” नामक पुस्तक प्रकाशित हुनु यस कामको लागि बाहिरी प्रेरणा थियो । आलोचना एउटा मोटो कृति बन्यो, र त्यसलाई वेस्ट्फालियामा प्रकाशित गरिने भएको थियो ।
बसन्तमा जोसेफ वेडेमियरले पहिलोपल्ट हामीसित भेट्नु भयो र उहाँ हाम्रो अतिथिको रूपमा केही समय रहनुभयो । अप्रिलमा मेरी प्यारी आमाले आफ्नो विश्वासी नोकर्नीलाई मलाई सघाउन ब्रुसेल्स पठाउनुभयो । चौध महिनाकी सानी जेनीलाई साथमा लिएर म आफ्नी आमालाई हेर्न फेरि एकपल्ट तिनीसँगै गएँ । उहाँसँग छ हप्ता बसेर सेप्टेम्बर १६ तारिखमा, लौरा जन्मनुभन्दा दुर्ई हप्ताअघि, म हाम्रो सानो बस्तीमा फर्कें । मेरो भाइ एड्गारले काम पाउने आशाले ब्रुसेल्समा हामीसँग जाडो बिताए । उनले सीलरको पत्र–व्यवहार समितिमा काम गरे । पछि, १८४६ को बसन्तमा हाम्रो प्यारो विलहेल्म वोल्फ पनि समितिमा सम्मिलित हुनुभयो । उहाँ “कासेमाटटेन ओल्फ” को रूपमा प्रसिद्ध हुनुहुन्थ्यो, किनभने सीलेसियामा प्रेस–कानुन भङ्ग गरेकोमा किल्लामा चार वर्ष बिताएपछि, उहाँ त्यहाँबाट भागेर आउनुभएको थियो । हामीकहाँ उहाँको आगमन हाम्रो प्यारो “लुपस”सँग घनिष्ठ मित्रताको शुरुवात थियो, र यो मित्रता १८६४ मई महिनामा उहाँको मृत्युपछि मात्र टुङ्गियो । जाडोमा जर्ज जङ्ग र डा. स्ल्कीचरले हामीसित भेट गर्नुभयो ।
यसै बीचमा क्रान्तिको तुफानी बादल बाक्लिँदै गइरहेको थियो । बेल्जियमको क्षितिज पनि अँध्यारो थियो । मुख्यरूपमा जनसाधारणका सामाजिक तत्व रहेका मजदुरहरूदेखि डर थियो । पुलिस, सेना, नागरिक गार्ड सबैलाई मजदुरहरूको विरुद्ध बोलाइयो, सबैलाई कार्यवाहीको लागि तैयार राखियो । अनि जर्मन मजदुरहरूले पनि आफुलाई सशस्त्र पार्ने बेला भयो भन्ने कुरा निश्चय गरे । भाला, बन्दुक, आदि प्राप्त गरिए । कार्लले स्वेच्छाले पैसा दिनुभयो, किनभने उहाँले हालै पैतृक सम्पत्ति पाउनुभएको थियो । यसमा सरकारले षड्यन्त्र र अपराधी योजनाहरू देख्यो, माक्र्सले रुपियाँ पाउँछ र हतियारहरू किन्छ, त्यसैले उनलाई पन्छाइनु पर्छ । अबेर राति दुर्ईजना मानिसहरू हाम्रो घरभित्र पसे । उनीहरूले आफुहरू पुलिस सर्जेन्ट भएको र माक्र्सलाई गिरफ्तार गर्ने र सोधपुछका लागि लैजाने पक्राउ–पुर्जी आफुहरूसित भएको कुरा बताए । उनीहरूले उहाँलाई लिएर गए । भयानक चिन्ता लिएर उहाँको पछि–पछि म दौडें, र कुरा के रहेछ भने पत्ता लगाउन प्रभावशाली मानिसहरूकहाँ गएँ । अँध्यारोमा म एक घरबाट अर्को घरमा दौडें । अकस्मात् मलाई गार्डले समातेर लग्यो र यस्तो अँध्यारो जेलमा मलाई राखियो, जहाँ घर नभएका भिखारीहरू, लफङ्गाहरू र दुःखी पतित आइमाईहरू थुनिने गरिन्थ्यो । मलाई एउटा अँध्यारो कोठरीमा राखियो । त्यहाँभित्र रुँदै पस्दा, एक दुःखी साथीले आफ्नो ठाउँमा मलाई बस्न दिइन् । यो कडा काठले बनेको एउटा बिछ्यौना थियो । म त्यसमा पल्टें । बिहान भएपछि मैले आफ्नो सामुन्ने, बारपछाडि एउटा ज्यादै नीलो–फुस्रो, निन्याउरो अनुहार देखें । झ्यालतिर गएर हेर्दा, मैले हाम्रो असल पुरानो साथी जिगोरलाई चिनें । मलाई देखेपछि उहाँले मलाई तलतिर देखाएर इशारा गर्नुभयो । त्यतातिर हेर्दा, मैले कार्ललाई सैनिक पहरा दिएर लगिरहेको देखें । एक घण्टापछि मलाई सोधपुछ गर्ने मेजिस्टे«टकहाँ लगियो । दुर्ई घण्टाको सोधपुछमा उनीहरूले मबाट केही कुरा पाएनन्, र अनि पुलिसले मलाई गाडीमा बसाले र साँझतिर म आफ्ना तीनजना केटाकेटीहरू भएको ठाउँमा फर्कें । त्यो मामिलाले एउटा ठूलो हलचल पैदा ग¥यो । यसबारे सबै अखबारहरूले रिपोर्ट दिए । केही छिनपछि कार्ललाई पनि रिहा गरियो, र उहाँलाई तुरुन्तै ब्रुसेल्स छाडेर जाने आदेश दिइयो ।
पेरिसमा फर्कने इरादाले, कार्लले लुइ फिलिपको शासनमा आफ्नो विरुद्ध निकालिएको देश–निकालाको आदेश रद्द गरियोस् भनी फ्रान्सको अस्थायी सरकारमा निवेदन दिइसक्नुभएको थियो । तुरुन्तै उहाँले ल्फोकनद्वारा सहीछाप गरिएको एउटा कागज पाउनुभयो, जसमा अस्थायी सरकारले निकै प्रशंसाको शब्दमा देश–निकालाको आदेश रद्द गरेको थियो । यसरी पेरिसको ढोका हाम्रो लागि फेरि खुल्यो । नौलो क्रान्तिको उदाउँदो सूर्यमुनिभन्दा अन्य ठाउँमा कहाँ हामी बढी आरामको अनुभव गर्न सक्थ्यौं र ? हामीलाई त्यहाँ जानै परेको थियो । हतार गरी आफ्ना राम्रा लुगाहरू भएका आफ्ना बाकसहरू मैले किताब–बिक्रेता भोग्लरको जिम्मामा ब्रसेल्समा नै राखें । भोग्लरले हाम्रो प्रस्थानको तैयारीमा खासरूपले सघाउ गर्नुभयो ।
तीन वर्षसम्म बसिसकेपछि हामीले बु्रसेल्स छाड्यौं । जुन दिन हामीले ब्रसेल्स छाड्यौं, त्यो दिन जाडो र उराठलाग्दो थियो र केटाकेटीहरूलाई न्यानो पार्न हामीलाई गाह्रो प¥यो । सबभन्दा कान्छो बच्चा एक वर्षको मात्र थियो ।



मई महिनाको आखिरीमा कार्लले “न्यू राइनिश जीटुङ्ग” को अन्तिम अङ्क प्रकाशित गर्नुभयो । यो रातोमा छापिएको “लाल अङ्क” थियो, विषयवस्तु र रूपको दृष्टिले साँच्चिकै जल्दो आगो थियो । एन्जेल्स तुरुन्तै बाडेन विद्रोहमा सम्मिलित हुनुभयो, र त्यसमा उहाँ विलिचको सहायक हुुनुहुन्थ्यो । कार्लले केही समयको लागि फेरि पेरिस जाने निश्चय गर्नुभयो, किनभने उहाँको लागि जर्मनीमा रहन असम्भव भयो । रेड ओल्फ उहाँको पछि लाग्नुभयो । तीनजना केटाकेटी लिएर म आपूm जन्मेको पुरानो शहर र मेरी प्यारी आमालाई भेट्न विन्जेन भएर गएँ । बु्रसेल्समा बन्धकी लिनेकहाँबाट छुट्याएको चाँदीको प्लेट बेच्न म विन्जेनबाट घुमाउरो बाटो भएर गएँ । फेरि वेडेमियर र उहाँकी स्वास्नीले हामीलाई आतिथ्यसत्कार गर्नुभयो र बन्धकी लिनेसितको व्यवहारमा मलाई धेरै नै सहायता गर्नुभयो । यस प्रकारले मैले फेरि यात्राको लागि चाहिने रुपियाँको बन्दोबस्त मिलाएँ ।
कार्ल रेड ओल्फसित बाडेन फल्ज र अनि पेरिस जानुभयो । त्यहाँ जून १३ तारिखको लेडुरोलिन मामिलाले क्रान्तिको छोटो सपनालाई अन्त्य गरिदियो । प्रतिक्रियावाद आफ्ना सारा शक्तिकासाथ जताततै देखाप¥यो । हंगेरियाली क्रान्ति, बाडेन विद्रोह, इटालीयाली विद्रोह सबै खतम भए । हंगेरी र बाडेनमा फौजी अदालती कार्यवाही चालू थियो । १८४८ मा बहुमतद्वारा निर्वाचित लूइ नेपोलियनको राष्ट्रपतित्वको समयमा ५०,००० फ्रान्सेलीहरूले “सात पहाडको शहर”मा प्रवेश गरेर इटली कब्जा गरे । विजयको उल्लासमा रहेको प्रतिक्रान्तिका मूल मन्त्रहरू थिए ः “लोरड्री रेग ए भारमो भिया” र “पराजितहरूको नाश होस् ।” पूँजीपतिवर्गले मुक्तिको सास फे¥यो, निम्न–पुँजीपतिहरू आफ्नो व्यापारमा फर्के, उदार निम्न गँवारहरू आफ्नो खल्तीभित्र मुठ्ठी कसेर बसे, मजदुरहरूको दमन र शिकार गरियो, र तलवार र कलम लिएर गरिब र थिचिएकाहरूको राज्यको निम्ति लड्ने मानिसहरू विदेशमा आफ्नो रोटी कमाउन सकेकोमा खुशी थिए ।
पेरिसमा रहँदा कार्लले क्लब र गुप्त मजदुर संस्थाका धेरै नेताहरूसित सम्पर्क राख्नुभयो । जुलाई १८४० मा उहाँको पछि लागेर म पेरिस गएँ, र त्यहाँ हामीहरू तीन महिना रह्यौं । तर हामीले त्यहाँ पनि शान्ति पाएनौं । एक दिन चिनेको पुलिस सर्जनले फेरि आएर “कार्ल माक्र्स र उनकी स्वास्नीले २४ घण्टाभित्र पेरिस छोड्नुपर्छ” भन्ने सूचना हामीलाई दियो । कार्ललाई वानेस, मोरबिहानमा बसोबास गर्ने कृपापूर्ण अनुमति दिइयो ।
अवश्य पनि कार्लले निर्वासनलाई स्वीकार गर्नु भएन । मैले फेरि लण्डनमा आराम गर्ने निश्चित ठाउँ खोज्न आफ्नो गुण्टा कसें । स्काल मभन्दा पहिले हतार गरेर पुग्नुभयो र ब्लिण्डसँग घनिष्ठ सम्बन्ध स्थापना गर्नुभयो । जर्ज पिथी पनि पछि आउनुभयो । आफ्ना तीनजना विचरा लखेटिएका बच्चाहरू लिई थकित र बिरामी भएर म त्यहाँ पुग्दा, उहाँले मसित भेट्नुभयो । लिइस्टेर स्क्वायरस्थित एउटा सूचिकारको बोर्डिङ घरमा मेरो निम्ति उहाँले बस्ने ठाउँ मिलाउनुभयो । हामीले हतार गरी चेल्सीमा ठूलो डेराको खोजी ग¥यौं, किनभने मेरो निम्ति शान्त ठाउँ चाहिने बेला नजिक आइरहेको थियो । नोवेम्बर ५ तारिखमा जब बाहिर जनता ‘गे फाक्स जिन्दावाद’ भनेर कराइरहेका थिए, जब सडकमा स–साना नकाब लगाएका केटाहरू चलाकीसाथ बनाइएका गधा चढिरहेका थिए र जब सबै कुरा खलबलिरहेको थियो, मेरो सानो हेनरिक जन्म्यो । महान षड्यन्त्रकारीको सम्झनामा हामीले उसलाई “सानो फाक्स” भनी बोलाउने ग¥यौं ।

पछि चाँडै नै एन्जेल्स पनि बाडेनबाट भागेर जेनेवा भएर लण्डन पुग्नुभयो । विलिच उहाँभन्दा पहिले नै आउनुभएको थियो, र तुरुन्तै उहाँ एक कम्युनिष्ट बन्धु र साथी बनेर हाम्रो बीचमा रहनुभयो । पेटीको सट्टामा रातो कपडाले कम्मरमा बाँधेर खैरो ऊनी लुगा लगाई सच्चा प्रशियाली ढङ्गले जोडसँग हाँस्दै, उहाँ डोन क्वेग्जट झैं भएर बिहान सबेरै हाम्रो सुत्ने कोठामा आउनुभयो, र उहाँ “प्राकृतिक” कम्युनिज्मबारे लामो सैद्धान्तिक छलफल गर्न तयार हुनुहुन्थ्यो । कार्लले हतपत उहाँको चेष्टालाई पन्छाई दिनुभयो । हामी चेल्सीमा हुँदा हामीसित डब्लू पीपर र विलियम लीब्नेच्टले पहिलो भेट गर्नुभयो । रेड ओल्फ कार्लसँगै लण्डन आउनुभएको थियो ।
प्रत्येक दिन हजारौं निर्वासित व्यक्तिहरू आइपुगे । उनीहरूमध्ये कसैसित पनि आफ्नो भन्ने कुनै साधन थिएन, सबैजना थोरबहुत ठूलो दुःखमा परेका थिए र सहायता खोज्दै थिए । निर्वासनमा हाम्रो जीवनको यो एउटा सबभन्दा नरमाइलो अवधि थियो । उनीहरूको सहायताका लागि निर्वासन–समितिहरू बनाइए, सभाहरूको आयोजना गरियो, अपील गरियो, कार्यक्रमहरू बनाइए र ठूलो प्रदर्शनको आयोजना गरियो । सबै निर्वासन–मण्डलीहरूमा फाटो देखाप¥यो । विस्तार–विस्तार धेरै पार्टीहरू पूर्णरूपले टुक्रिए । एकातिर जर्मन जनवादीहरू र अर्कोतिर समाजवादीहरूको माझमा औपचारिकरूपले फाटो भयो, र कम्युनिष्ट मजदुरहरूको बीचमा पनि स्पष्टरूपमा फाटो परेको थियो । डफ्फाहरूका नेताहरूले ज्यादै घृणित ढङ्गबाट एकले अर्कोमाथि हमला गरे, र “कार्य” तथा “कार्यवाही”का लागि उत्सुक निम्न–पुँजीवादी फोहोरीहरूको एउटा डफ्फा देखाप¥यो; र तिनीहरू त्यस्ता मजदुरहरू र तिनका नेताहरूका निकै विरोधी थिए, जसले ज्यादै स्पष्टरूपले परिस्थितिलाई बुझेका थिए । मुख्य रूपले कार्लको विरुद्ध बेहद निन्दा र हमला गरियो । त्यही बेला कोनराल्ड स्क्राम र अगस्त विलिचको बीचमा झगडा भयो ।
लण्डनमा सम्पादन गरी हेम्बर्गमा प्रकाशित गर्ने एउटा नयाँ पत्रिकाको लागि १८४९ को शरदमा कार्लले सम्झौता–वार्ता शुरु गर्नुभएको थियो । “रिभ्यू डेर न्यूअन जेटुङ्ग” को नामबाट अनगिन्ती अप्ठ्याराहरूको सामना गरी पहिलो ३ वा ४ अङ्कहरू प्रकाशित भए । त्यो ठूलो सफलता थियो, तर जर्मन सरकारको हातमा बिकेका पुस्तक–बिक्रेताले त्यसको व्यापारी पक्षतर्फ बेवास्ता गरिदियो भने त्यसलाई लामो समयसम्म चलाउन नसकिने कुरा स्पष्ट भयो ।
१८५० को बसन्तमा हामीलाई हाम्रो चेल्सियास्थित डेरा छोड्न बाध्य पारियो । मेरो विचरा सानो फाक्स हमेशा बिरामी भइरहन्थ्यो, र हाम्रो दैनिक जीवनबारे चिन्ताले गर्दा मेरो स्वास्थ्य बिग्रँदै गएको थियो । चारैतिरबाट हैरान भएर र कर्जादाताहरूबाट लखेटिएर, हामी लोसेस्टेर स्क्वायरस्थित एउटा जर्मन होटलमा एक हप्ताको लागि बस्यौं । हामी त्यहाँ लामो समयसम्म रहेनौं । एक दिन बिहान हाम्रा सम्माननीय घरपतिले हामीलाई बिहानको चियापान दिन इन्कार गरेर हामीलाई अर्को डेरा खोज्न बाध्य गरायो । मेरी आमाबाट पाएको अलि सहायताले अक्सर हामीलाई कटूतम दुःखबाट बचायो । एकजना यहुदी व्यापारीको घरमा हामीले दुईटा कोठा पायौं र चार बच्चासहित हामीले त्यहाँ दुःखपूर्ण गर्मी बितायौं ।
त्यै साल शरदमा कार्ल र उनका घनिष्ठ साथीहरूले बहुसंख्यक निर्वासित व्यक्तिहरूको कार्यवाहीबाट पुरैसित आफुलाई अलग पार्नुभयो र एउटा पनि प्रदर्शनमा भाग लिनु भएन । उहाँ र उहाँका साथीहरू मजदुर शिक्षण समाजबाट हट्नुभयो । लण्डनमा लेखेर जीविका चलाउने निरर्थक कोशिशपछि, एन्जेल्स मान्चेस्टर जानुभयो र उहाँले आफ्नो पिताको कपडा व्यवसायमा ज्यादै कठोर शर्तमा कारिन्दाको रूपमा काम गर्नुभयो । हाम्रा अरु सबै साथीहरूले पढाएर आफ्नो जीविका चलाउन कोशिश गरे । त्यो साल र त्यसपछिका दुई साल हाम्रो निम्ति ज्यादै मुश्किलको, निरन्तर गम्भीर चिन्ताको र सबै खालका ठूलो दुःख र अभावको समय रहे ।
बिसञ्चोको अवस्थामा हुँदा पनि, मैले अगस्त, १८५० मा आफ्नो बिरामी बच्चालाई छोडेर कार्लको काकाबाट सान्त्वना र सहायता पाउन हालैण्ड जाने निधो गरे । भविष्यको चिन्ता र पाचौं बच्चा जन्मने कुराले म हतोत्साहित थिएँ । क्रान्तिबाट आफ्नो र आफ्ना छोराहरूको व्यापारमा प्रतिकूल प्रभाव परेकोले कार्लको काकाको स्वभाव ज्यादै बिग्रेको थियो । क्रान्ति र क्रान्तिकारीहरूसित उहाँ ज्यादै रिसाउनुभएको थियो । उहाँले मलाई सहायता गर्न इन्कार गर्नुभयो । जेहोस्, फर्कने बेलामा उहाँले मेरो कान्छो बच्चाको लागि मेरो हातमा एउटा कोसेली थमाई दिनुभयो र मलाई बढी मद्दत दिन नसकेकोमा उहाँलाई दुःख लागेको मैले देखें । उहाँसित बिदावारी हुँदाखेरिको मेरो भावनालाई ती वृद्धले बुझ्न सक्नुभएन । म निराश भएर घर फर्कें । मेरो बिचरा सानो एड्गार आफ्नो मैत्रीपूर्ण अनुहार लिएर मतिर उफ्रेर आयो, र सानो फाक्सले मतिर आफ्नो सानो हात फैलायो । धेरै लामो समयसम्म मैले उनको स्याहारको आनन्द पाएकी थिईन । नोवेम्बरमा निमोनियाबाट त्यो बच्चा म¥यो । मेरो दुःख ठूलो थियो । मैले गुमाएको पहिलो बच्चा उही थियो । त्यसबेला मलाई भविष्यमा आइपर्ने त्योभन्दा निकै ठूला दुःखहरूबारे विचार थिएन । बच्चालाई गाडिसकेपछि चाँडै नै हामी त्यो सानो डेरा छोडेर त्यही गल्लीमा अर्को डेरामा स¥यौं ।
१८५१ को मार्चमा हाम्री छोरी फ्रान्जिस्काको जन्म भयो । हामीले विचरी सानी बच्चीलाई धाईको हातमा दियौं, किनभने हामीले तीनवटा सानो कोठामा अरुसँग तिनको पालनपोषण गर्न सकेनौं । त्यो वर्ष एउटा विश्व–प्रदर्शन भएको थियो र दर्शकहरू लण्डनमा ओइरिएर आइरहेका थिए । बसन्तमा फीलीग्राथ कोलोग्नबाट लण्डनमा काम खोज्न आउनुभयो । पछि लूपस स्विट्जरल्याण्डबाट आउनुभयो, र ड्रोन्के, इमानडट र शिली पनि आउनुभयो । सीलर पहिले नै फर्कनुभएको थियो, र कार्लको साथमा रहेका निर्वासित व्यक्तिहरूको जत्थामा गोज सम्मिलित हुनुभएको थियो । १८५१ र १८५२ का सालहरू सबभन्दा ठूला र सबभन्दा भयानक दुःख, चिन्ता, नैराश्य र कष्टका समय रहे ।
१८५१ को गृष्मको शुरुमा यस्तो एउटा घटना घट्यो, जसको यहाँ म सविस्तार वर्णन गर्न चाहन्न, तर त्यस घटनाले हाम्रो व्यक्तिगत र अरु दुःखलाई निकै बढाइदियो । बसन्तमा प्रशियाली सरकारले राइन प्रान्तमा रहेका कार्लका सबै साथीहरूमाथि भयङ्कर क्रान्तिकारी षड्यन्त्रको अभियोग लगायो । उनीहरू सबैलाई जेलमा बन्द गरियो र ज्यादै भयानक तरिकाले सताइयो । १८५२ को अन्त्य नभएसम्म सार्वजनिक मुद्दा चलाउने काम भएन । यो प्रसिद्ध कोलोग्न कम्युनिष्ट मुद्दा थियो । डेनील्स र जेकोबीबाहेक सबै अभियुक्तहरूलाई ३ वर्ष देखि ५ वर्षसम्मको जेल सजाय दिइयो ।
पहिले डब्लु पीपर कार्लका सेक्रेटरी हुनुहुन्थ्यो । तर छिट्टै नै मैले त्यो पदलाई सम्हालें । कार्लको सानो अध्ययन कोठामा उहाँका लेखहरू सारेर मैले जुन दिनहरू बिताएँ, ती दिनहरूको सम्झना मेरो जीवनको एउटा सबभन्दा सुखी सम्झना रहेको छ । १८५१ को अन्त्यमा लुई नेपोलियनद्वारा बलपूर्वक सत्ता–अपहरण गरियो, र त्यसपछिको सालमा कार्लले आफ्नो “अठाह्रौं ब्रुमेर” लेख्नुभयो, र त्यो न्यूयोर्कमा प्रकाशित भयो । डीन स्ट्रीटमा हाम्रो सानो डेरामा केटा–केटीहरूको हल्लीखल्ली र घरको हल्लाको बीचमा उहाँले सो किताब लेख्नुभयो । मार्चसम्ममा मैले पाण्डुलिपि सार्न सक्याएँ, र त्यसलाई छाप्न पठाइयो र धेरै पछि मात्र त्यसको प्रकाशन भयो । त्यसबाट हामीलाई केही आम्दानी भएन ।
१८५३ को इसाई पर्वमा हाम्रो सानो फ्रान्जिस्कालाई कडा ब्रोन्क्राइटिस रोग लाग्यो । पूरा तीन दिनसम्म तिनी मर्ने–बाँच्ने दोसाँधमा रहिन् । तिनले भयानक दुःख पाइन् । तिनी मरेपछि हामी तिनको लाशलाई पछाडिको कोठामा छाडेर अगाडिको कोठामा गयौं र त्यहाँ हामीले भूईमा आफ्नो बिछयौंना बनायौं । हाम्रा तीन जीउँदा बच्चाहरू हामीसँगै पल्टे, र हामी सबै अर्को कोठामा निष्प्राण रहेकी सानी बच्चीको लागि रोयौं । सबभन्दा ठूलो दुःखको समयमा हाम्री प्यारी बच्चीको मृत्यु भयो, र त्यसबेला हाम्रा जर्मन साथीहरू हामीलाई सहायता गर्न असमर्थ थिए । त्यसताका हामीसित बराबर भेट गर्न आइरहनुहुने आर्नेष्ट जोनले हामीलाई सघाउने बचन दिनुभयो, तर उहाँले कुनै चीज पनि ल्याउन सक्नुभएन । हामीलाई बराबर भेट्न आउने एकजना फ्रान्सेली निर्वासित व्यक्तिकहाँ म दुःखी दिल लिएर हतपतमा गएँ र भयानक खाँचो परेको बेलामा उनीसँग मद्दत मागेँ । छिट्टै नै उहाँले मलाई मित्रतापूर्ण सहानुभूतिकासाथ दुर्ई पौण्ड दिनुभयो । त्यो पैसा कफन किन्नमा लगाइयो, जसमा मेरी बच्ची अहिले शान्तपूर्वक आराम गरेकी छिन् । तिनी जन्मदाखेरि तिनको लागि झुलङ्गा थिएन, र लामो समयसम्म तिनले आराम गर्ने ठाउँ पनि पाईनन् । कत्रो दुःखी दिलले हामीले तिनलाई चिहानमा लगेको हेरिबस्यौं ।
१८५२ को अगस्तमा कम्युनिष्टहरूको सुप्रसिद्ध मुद्दा टुङ्गियो । कार्लले प्रशियाली सरकारको बदनामीको पोल खोलेर एउटा पुस्तिका लेख्नुभयो । स्कावेलीजले स्वीजरल्याण्डमा त्यसलाई छपाउनुभयो, तर प्रशियाली सरकारले सीमानामा त्यसलाई जफत गरी नष्ट पारिदियो । अमेरिकामा फेरि क्लसले त्यसलाई छाप्न लगाउनुभयो, र नयाँ संस्करणका धेरै प्रतिहरू महाद्धीपमा छरिए ।
१८५३ सालमा कार्लले “न्यूयोर्क डेली ट्रिब्युन” को लागि दुईटा लेख नियमितरूपले लेख्ने गर्नुभयो । अमेरिकामा ती लेखहरूले ठूलो ध्यान आकृष्ट गरे । यस अटूट आम्दानीले गर्दा हामीले केही हदसम्म पुरानो ऋण चुक्ता गर्न र कम चिन्तित जीवन बिताउन पायौं । केटाकेटीहरू शारीरिक र मानसिकरूपले विकास गरी राम्ररी हुर्के, हुन त हामीहरू अहिले पनि डेन स्ट्रीटस्थित सानो कोठामा नै बसिरहेका थियौं । लण्डनमा बसुन्ज्यालसम्म कार्लले चार्टिस्टहरूसँग सम्बन्ध राख्नुभयो । उहाँले अर्नेस्ट जोन्सको पत्रिका “पिपुल्स पेपर” मा लेख दिनुभयो र १८५३ को ग्रीष्ममा “ट्रिब्युन” मा छापिएका लेखहरू उक्त पत्रिकामा छाप्न दिनुभयो । अमेरिकामा विलिचद्वारा आफ्नो विरुद्ध प्रकाशित घृणित लेखको जवाफमा कार्लले “असल विवेकको नाइट” नामक एउटा सानो पुस्तिका लेख्नुभयो, र त्यो अमेरिकामा पनि छापियो । त्यसले उक्त नाइट र उसको भुक्ने डफ्फाको मुखमा बूजो लगाइदियो ।
त्यस सालको क्रिस्मस हामीले लण्डनमा मनाएको पहिलो सुखद त्योहार थियो । “न्यूयोर्क ट्रिब्युन” सित कार्लको सम्बन्धले गर्दा हामीलाई अर्को डेरा खोज्न बाध्य गरायो । मेरी आमाबाट पाएको अलि सहायताले अक्सर हामीलाई कटूतम दुःखबाट बचायो । एकजना यहुदी व्यापारीको घरमा हामीले दुईटा कोठा पायौं र चार बच्चासहित हामीले त्यहाँ दुःखपूर्ण गर्मी बितायौं ।
त्यै साल शरदमा कार्ल र उनका घनिष्ठ साथीहरूले बहुसंख्यक निर्वासित व्यक्तिहरूको कार्यवाहीबाट पुरैसित आफुलाई अलग पार्नुभयो र एउटा पनि प्रदर्शनमा भाग लिनु भएन । उहाँ र उहाँका साथीहरू मजदुर शिक्षण समाजबाट हट्नुभयो । लण्डनमा लेखेर जीविका चलाउने निरर्थक कोशिशपछि, एन्जेल्स मान्चेस्टर जानुभयो र उहाँले आफ्नो पिताको कपडा व्यवसायमा ज्यादै कठोर शर्तमा कारिन्दाको रूपमा काम गर्नुभयो । हाम्रा अरु सबै साथीहरूले पढाएर आफ्नो जीविका चलाउन कोशिश गरे । त्यो साल र त्यसपछिका दुई साल हाम्रो निम्ति ज्यादै मुश्किलको, निरन्तर गम्भीर चिन्ताको र सबै खालका ठूलो दुःख र अभावको समय रहे ।
त्यस सालको क्रिस्मस हामीले लण्डनमा मनाएको पहिलो सुखद त्योहार थियो । “न्यूयोर्क ट्रिब्युन” सित कार्लको सम्बन्धले गर्दा हामी कपाल–दुखाउने दैनिक चिन्ताबाट मुक्त रह्यौं । गर्मीमा केटाकेटीहरू पार्कको खुल्ला हावामा बढी घुम्ने गर्दथे । त्यो साल फलपूmल र अंगुरहरू पनि खान पाइयो, र हाम्रा तीनजना स–साना केटाकेटीहरूलाई हाम्रा साथीहरूले हर प्रकारका राम्रा खेलौनाहरू — पुतली, बन्दुक, पकाउने भाडा, नगारा, बाँसुरी —ल्याइदिनुभयो । साँझमा अबेर गरी क्रिस्मस रुख सिंगार्न ड्रोन्के आइपुग्नुभयो । यो रमाइलो साँझ थियो ।
१८५५ को सेप्टेम्बरमा हामी डीन स्ट्रीटस्थित आफ्नो पुरानो डेरामा फक्र्यौं ।

आफुलाई आउने थोरै अंग्रेजी पैतृक सम्पत्तिको मद्दतबाट रोटी, मासु, दुध, दाल र सागपात बेच्नेहरू र अरु सबै “विरोधी शक्तिहरू”द्वारा बाँधिराखेका सिक्री र बन्धनबाट आपूmलाई मुक्त पार्नेबित्तिकै त्यहाँबाट निस्कने हामीले दृढ निश्चय ग¥यौं । अन्त्यमा, १८५६ को बसन्तमा हामीले केही रकम पायौं र त्यसले हामीलाई मुक्त पा¥यो । हामीले सबै ऋण चुक्ता ग¥यौं, बन्धकी लिने–कहाँबाट आफ्ना सबै चाँदी र कपडाहरू निखन्यौं, र अन्तिम पटकको लागि आफ्नो प्यारो पुरानो घरमा आफ्ना साना बच्चाबच्चीहरू लिएर नयाँ लुगा लगाई म गएँ ।
हामीले त्यो सालको हिउँद ठूलो एकान्तमा बितायौं । हाम्रा सबैजसो साथीहरूले लण्डन छाडिसकेका थिए, र नछाडिसकेका साथीहरू हामीबाट धेरै पर थिए । यसबाहेक, हाम्रो राम्रो सानो घर हामी पहिले रहने गरेका ठाउँहरूका दाँजोमा दरबार जस्तो भए तापनि त्यस घरमा पुग्न सजिलो थिएन । त्यहाँ जाने बाटो राम्रो थिएन, चारैतिर निर्माणको काम भइरहेको थियो । थुप्रै फोहोर भएको बाटोबाट जानुपर्दथ्यो र वर्षातमा रातो माटो जुत्तामा टाँसिन्थ्यो, र त्यसैले गह्रौं खुट्टाले र थकाइलाग्ने सङ्घर्षपछि मात्र घर पुगिन्थ्यो । अनि ती सुनसान जिल्लाहरूमा अँध्यारो थियो । त्यसैले अँध्यारोमा फोहोर माटो र ढुङ्गाको थुप्राहरूबाट हिंड्नुभन्दा बरु आगोको न्यानो तापेर साँझ बिताउन मनपर्ने हुन्थ्यो ।
त्यो साल हिउँदमा म धेरै नै बिरामी भएँ र हमेशा औषधिका शिशीहरूबाट घेरिएर रहन्थें, र लामो समयपछि मात्र म पूरा एकान्तमा बस्न अभ्यस्त हुन सकें । भीड हुने वेस्ट–एण्ड सडकमा मैले हिंड्ने गरेको लामो हिंडाइ, क्लब सभा, हामीलाई मनपर्ने रक्सी बेच्ने पसल र रमाइलो वादविवाद, यस्ता सबै कुराहरू मैले अक्सर छोड्नु प¥यो । ती कुराहरूले केही समयको लागि जीवनका चिन्ताहरू बिर्सनमा मलाई धेरैजसो मद्दत गरेका थिए । भाग्यवश, अहिले पनि “ट्रिब्युन”को लागि हप्ताको दुईपटक मैले लेख सार्नुपर्दथ्यो, र यसमार्फत नै विश्वका घटनाहरूसँग मेरो सम्पर्क रहेको थियो ।
१८५७ को मध्यमा अमेरिकाली मजदुरहरूले अर्को ठूलो व्यापार सङ्कटको सामना गर्नुप¥यो । “ट्रिब्युन” ले फेरि हप्ताको दुईटा लेखको पैसा दिन इन्कार ग¥यो, र फलस्वरूप हाम्रो बजेटमा कमी हुन गयो । भाग्यवश त्यसबेला डानाले विश्व–ज्ञानकोष प्रकाशित गरिरहनुभएको थियो र कार्ललाई सैनिक र आर्थिक सवालहरूमा लेख लेख्न भनियो । तर यस्ता लेखहरू धेरै नै अनियमित थिए, र हुर्किरहेका बच्चाहरू र ठूलो परिवारको कारणबाट धेरै नै खर्च चाहिन्थ्यो । यसले गर्दा यो उन्नतिको समय कदापि रहेन । यो वास्तविक खाँचोले पिरोलेको समय त थिएन, तर हामीलाई स्थायीरूपले क्षुद्र डर र हिसाबकिताबले गर्दा पीर र चिन्ता लागेको थियो । जति खर्च घटाए पनि, हामीलाई हातमुख जोर्न धौ–धौ पर्दथ्यो र हाम्रो ऋण दिन–प्रतिदिन र वर्ष–प्रतिवर्ष बढ्दै गयो ।
जुलाई ६ तारिखमा हाम्रो सातौं बच्चाको जन्म भयो, तर त्यो बच्चाले एक छिन मात्र सास फेर्ने पायो र अनि त्यसलाई त्यसका दाजु र दिदीहरू गाडिएको ठाउँमा गाडिन लगियो ।
१८५७ को सेप्टेम्बरमा हाम्रो बुढो कमरेड स्क्राम पनि अमेरिकाबाट फर्कनुभयो, तर उहाँको स्वास्थ्य कति बिग्रेको थियो भने यसो हेर्दा उहाँलाई बचाउन सकिन्न जस्तो हामीलाई लाग्यो । उहाँले जर्मन अस्पतालमा ६ हप्ता बिताउनु भई जर्सीमा जानुभयो । उहाँले एक वर्षसम्म निकै बिरामी भएर स्वास्थ्य सुधार्न जानुभएका फ्रेडरिक एन्जेल्ससित भेट्नुभयो र फल, नरिवल र अंगूरहरू लिएर फर्कनुभयो । १८५८ को जनवरीमा जर्सीमा एउटा पत्रिकाका सम्पादक हाम्रा साथी जुलीफन हार्नेले हामीलाई हाम्रो प्यारो साथी स्क्रामको मृत्युको खबर गर्नुभयो ।
१८५८ को साल हाम्रो निम्ति असल पनि रहेन, खराब पनि रहेन । दिनहरू एकै नासले बिते । त्यो साल हिउँदमा कार्लले आफ्नो कृति “राजनीतिक अर्थशास्त्रको आलोचनामा एक देन” लेख्न लाग्नुभयो, जसको लागि उहाँले वर्षौंदेखि सामग्री जम्मा गरिरहनुभएको थियो । १८४८ देखिका उहाँका मित्र लास्सेलले बर्लिनमा फ्रान्ज डन्करलाई किताबको प्रकाशकको रूपमा भेट्टाउनुभयो । बसन्तमा मैले सारिसकेपछि, कार्लले पाण्डुलिपि पठाउनुभयो र हेर्नको लागि प्रूफहरू आउन थालियो । यसले गर्दा स्वभावतः छाप्ने काममा निकै विलम्ब भयो, तर बढ्ता विलम्ब हुनाको कारण त के भने लास्सेललाई आफ्नो “आगो सल्काउने कृति” अर्थात् “फ्रान्ज वन सीकीनजेस” नामक नाटक प्रकाशित गर्ने हतारो परेको थियो । आफ्नो विशेष साथी भएकोले डन्करले कार्लको पुस्तकभन्दा पहिले त्यो नाटक प्रकाशित ग¥यो ।
१८५९ को ग्रीष्ममा फ्रान्स र अष्ट्रियाको बीचमा इटाली युद्ध भयो । एन्जेल्सले “पो र राइन” नामक पुस्तिका प्रकाशित गर्नुभयो, र त्यसको सफलताले लास्सेललाई “इटालीमा युद्ध” नामक पुस्तिका लेख्ने प्रेरणा दियो ।
लण्डनमा इलार्ड विस्केम्पले “डास वोल्क” नामक एउटा साप्ताहिक पत्रिका प्रकाशित गर्नुभयो र त्यसको लागि कार्लले लेखहरू लेख्नुभयो र एन्जेल्सले पनि कतिपय लेखहरू लेख्नुभयो । के. ब्लाइण्डबाट रचिएको र फेरि “डास वोल्क” मा प्रकाशित र पछि लीब्नेच्टबाट “अग्सवर्कर अल्जेवेने जेतुङ्ग” लाई दिइएको एउटा पर्चालाई के. वोक्टले हातमा पा¥यो, र त्यसलाई बहाना बनाएर उनले कार्ललाई बदनाम गर्ने उद्देश्यले हमला गरे । वोग्टले एउटा पर्चा छापेर कार्लको सम्बन्धमा अधिकतम नीच फटयाँइहरू प्रचार गरे । सम्पूर्ण जर्मन “नौलो युग” को होहल्ला मच्चाई उक्त बदनामीलाई नगर नगरमा र गाउँ गाउँमा प्रचार गरे, र १८६० मा कार्लले त्यस बदनामीलाई एउटै प्रहारले खतम पार्न सामग्रीहरू जुटाउनुभयो ।
१८६० को बसन्तमा एन्जेल्सको पिताको मृत्यु भयो । त्यसपछि एन्जेल्सको स्थितिमा निकै सुधार भयो, तर उहाँ एमेनसित भएको प्रतिकूल सम्झौताबाट बाँधिएर रहनुभयो । यो सम्झौता १८६४ सम्म लागू रह्यो र त्यसपछिदेखिन् एन्जेल्स कारखानाको प्रबन्धमा हिस्सेदार रहनुभयो ।
१८६० को अगस्तमा मैले फेरि केटाकेटीहरूसँग हेस्टिंगमा पन्ध्र दिन बिताएँ । फर्केपछि मैले वोग्ट र उसका सहयोगीहरूको विरुद्ध लेख्नुभएको किताब सार्न थालें । लण्डनमा त्यो छापियो र धेरै झन्झटपछि १८६० को दिसेम्बरको अन्त्यमा मात्र यो बाहिर निस्क्यो । त्यसबेला म बिफरले धेरै बिरामी थिएँ, र त्यस भयानक रोगबाट अलि सञ्चो भए पनि, आधा कानो आँखाले मात्र “हेर वोग्ट” पढ्न सक्थें । त्यो ठूलो अन्धकारमय बेला थियो । तीनजना केटा–केटीहरूले विश्वासी लीब्नेच्टबाट बस्ने ठाउँ र आतिथ्यसत्कार पाएका थिए ।
ठीक त्यसैबेला महान अमेरिकाली गृहयुद्धका पहिला संकेतहरू देखा परे, र यो युद्ध आउँदो बसन्तमा शुरु हुने भएको थियो । क्षुद्र, पुरानो खालका स–साना सङ्घर्षहरूसहितको पुरानो युरोप अमेरिकाको लागि चाखको विषय बन्न छोड्यो । ट्रिब्यूनले कार्ललाई के खबर ग¥यो भने आर्थिक स्थितिले गर्दा त्यसले बाध्य भएर सबै पत्र–व्यवहार बन्द गर्नुपरेको छ र केही समयको लागि कार्लको सहयोग आवश्यक छैन । आम्दानीका अरु सबै स्रोतहरू पूरै बन्द भएको र केही काम थाल्ने सारा प्रयास असफल भएकोले गर्दा, सो प्रहार झन् बढी असह्य भयो । यस सम्बन्धमा सबभन्दा मुश्किलको कुरा के थियो भने हाम्रा जेठी छोरीहरूले कुमारीत्वको राम्रो सुनौला उमेरमा प्रवेश गरेको बेलामा यस्तो पूरै निःसहाय अवस्था आइपरेको थियो ।
त्यसैले हामीले फेरि पहिलकै जस्तो दुःख, कष्ट र अभावको सामना गर्नुप¥यो । फरक कति थियो भने पहिले ५ र ६ वर्ष हुँदा केटाकेटीहरूले यस्तो कुरा चाल पाएका थिएनन्, र अब दश वर्षपछि १५/१६ वर्षका हुँदा उनीहरूले सचेतरूपमा यस्तो कुरा सहनुपरेको थियो । यस प्रकार हामीले “सानो बच्चा, सानो दुःख, ठूलो बच्चा, ठूलो दुःख” भन्ने जर्मन उखानलाई व्यावहारिकरूपबाट बुझ्यौं ।
१८६० को ग्रीष्ममा हामीले दुई महिनासम्म इकेरियसलाई आपूmसित राख्यौं, किनभने उनी धेरै नै गरिब थिए । १८६१ को बसन्तमा कार्ल जर्मनी जानुभयो, किनभने आर्थिक सहायता प्राप्त गर्नुपर्ने ठूलो खाँचो परेको थियो । “दयालु” भनिएको प्रशियाको राजा आफ्नो गद्दी “असल विल्हेम”लाई छोडेर क्रिस्मसमा मरेका थिए । सेनाका अधिकारीले माफीको घोषणा गरेपछि, कार्लले जर्मनीको यात्रा गर्ने र त्यसको नयाँ फट्याईं हेर्ने मौका पाउनुभयो । बर्लिनमा उहाँ लास्सेलकहाँ बस्नुभयो र काउण्टेस हैजफिल्डबारे धेरै कुरा देख्नुभयो । अनि उहाँ आफ्नो काका लिओन फिलिपलाई भेट्न हालैण्ड जानुभयो । उहाँले कार्ललाई बिनाब्याजमा केही रकम सापटी दिने कृपा गर्नुभयो । जेनीचेनको सत्रौं जन्मदिनको लागि ठीक समयमा कार्ल जेक्यूस फिलिप्स वोनबोम्मेललाई साथमा लिएर घर आउनुभयो । उक्त कर्जाबाट हाम्रो खर्च चल्यो र हामी केही समयसम्म सुखपूर्वक रह्यौं, हुन त हामी हमेशा चट्टानहरूको बीचबाट, खतराहरूको बीचबाट गुज्रदै थियौं ।
हाम्रा जेठी छोरीहरू १८६० को ग्रीष्ममा स्कूल जान छाडेर गैर–छात्र–छात्राका निम्ति स्थापित कलेजमा चलाइएका केही क्लासहरूमा मात्र सम्मिलित भए । उनीहरूले मिष्टर एम.डे. कोल्भी र सिग्नोर मागियोनीसँग फ्रेन्च र इटाली भाषा सिक्न थाले, र जेनीले पनि १८६२ सम्म श्री ओल्डरफिल्डसँग चित्रकला सिकिन् । शरदमा केटाकेटीहरूले श्री हेनरी वेनरसँग गाना सिक्न शुरु गरे ।
१८६१ को सेप्टेम्बरमा ए. डानाको सहायताबाट कार्लले पहिलेकै शर्तमा ट्रिब्यूनको लागि हप्ताको एउटा लेख लेख्ने प्रबन्ध मिलाउनुभयो । त्यही बेला लास्सेलको एकजना भाइले वीनर प्रेसेको सम्पादकसँग कार्लको परिचय गराउनुभयो, र “उदारवादी” अखबारमा लेख लेख्न कार्ललाई अनुरोध गरियो । दुर्भाग्यवश यी दुबै काम हिउँदसम्म मात्र रहे । १८६२ को बसन्तमा कार्लले ट्रिब्यूनमा लेख पठाउन छाड्नुभयो र प्रेसेसित सम्बन्धित सबै कामलाई विस्तारै छाड्नुभयो ।
जेनीको स्वास्थ्य १८६३ को पूरै बसन्त खराब रह्यो । तिनी निरन्तर डाक्टरको रेखदेखमा रहिन् । कार्ल पनि ज्यादै अस्वस्थ हुनुहुन्थ्यो । १८५० देखिन् कार्ल एन्जेल्ससित नियमितरूपले वार्षिक भेट गर्नुहुन्थ्यो, र यो साल भेट गरेर फर्कनु हुँदा उहाँलाई सञ्चो भएन । हामीले फेरि तीन हप्ता हेष्टिङ्गमा समुद्रको किनारमा बितायौं र यस बीचमा एच. बेनरका साथ बाह्र दिन बितायौं । कार्लले हामीलाई लिन आउनुभयो, तर उहाँ निकै अस्वस्थ देखिनुहुन्थ्यो र निरन्तर बिरामी रहनुभयो, र आखिरमा त्यै साल नोवेम्बरमा के थाहा पाइयो भने उहाँमा “जहरवाद रोग” भन्ने डरलाग्दो रोग थियो । नोवेम्बर १० तारिखमा एउटा भयानक पीप जमेको ठाउँ खोलियो, र त्यसपछि उहाँ निकै लामो समयसम्म खतरामा रहनुभयो । रोग पूरा चार हप्तासम्म रह्यो र त्यसले धेरै शारीरिक दुःख दियो । त्यसका साथै, सबै प्रकारका कष्टदायी नैतिक दुःख आइप¥यो । दुःख सिद्धिने अवस्थामा पुगेकै बेलामा, अकस्मात् हामीले मेरी सासूको मृत्युको खबर पायौं । डाक्टरले के निर्णय ग¥यो भने हावापानी फेर्नु कार्लको निम्ति धेरै लाभदायक हुनेछ, र उनको सल्लाहमा कार्लले राम्ररी निको नभइसके तापनि हिउँदमा ट्रिभेसमा आफ्नी आमाको सम्पत्ति हेर्नका लागि हाम्रा उत्सुक र हार्दिक शुभेच्छाहरू लिएर जर्मनीको लागि रवाना गर्नुभयो । उहाँ त्यहाँ आफ्नो साला कोनरेडी र बहिनी इभिलिसित केही समय रहनुभयो र अनि आफ्नी काकी, आफ्नो पिताकी बहिनीसित भेट्न जानुभयो । त्यहाँबाट उहाँ आफ्नो काकालाई भेट्न वोस्मेल जानुभयो । उहाँको काका र नेटचेनले उहाँको खूब राम्ररी हेरविचार गर्नुभयो । तर दुर्भाग्यवश उहाँलाई फेरि डाक्टरी सेवा र राम्रो सेवा–सुश्रुषको खाँचो प¥यो, किनभने राम्ररी निको नभइसकेकोले उहाँको रोग उहाँ बोम्मेल पुग्नु हुनेबित्तिकै धेरै नै खराब भयो, र त्यसले गर्दा क्रिस्मसदेखि फरवरी १९ तारिखसम्म उहाँलाई हलैण्डमा रहन करै लाग्यो ।
त्यो एकान्त, उदास हिउँद ऋतु डरलाग्दो थियो । आमाको सम्पत्तिमा आपूmले पाएको हिस्सालाई बेचेर कार्लले नगदी रकम ल्याउनुभयो, र त्यस रकमको मद्दतबाट हामीले ऋण, बन्धकी लिने मानिस, आदिबाट आपूmलाई मुक्त गर्न सक्यौं । हामीले धेरै आकर्षक र राम्रो डेरामा बस्ने मौका पायौं, र त्यसलाई हामीले धेरै सुविधाजनक ढङ्गबाट र अपेक्षाकृत चटक्क पारेर सिंगा¥यौं । १८६४ को क्रिस्मसमा हामी चौडा हावादारी कोठाहरू भएको, राम्रो घामलाग्ने घरमा स¥यौं ।
१८६४ को मई २ तारिखका दिन हामीले एन्जेल्सबाट एउटा चिठ्ठी पायौं, जसमा हाम्रो असल र विश्वासी पुरानो साथी लुपस साहै नै बिरामी छ भन्ने कुरा लेखिएको थियो । उहाँलाई हेर्न कार्ल छिटो जानुभयो, र उक्त विश्वासी साथीले उहाँलाई एक छिनको लागि मात्र चिन्नुभयो । मई ९ तारिखमा लुपसको मृत्यु भयो । आफ्नो इच्छापत्रमा उहाँले कार्ल, मेरा बच्चाहरू र म आफैलाई, अरु केही साना हकदारहरूका साथै, आफ्नो सम्पत्तिको मुख्य हकदार बनाउनु भएको थियो । के थाहा पाइयो भने आफ्नो कठोर परिश्रम र प्रयत्नबाट ती सीधा मानिसले १००० पाउण्ड जम्मा पारेर राख्नुभएको रहेछ । उहाँले आफ्नो बुढेसकालमा जीवनको फल चाख्न पाउनुभएन । उहाँले हामीलाई सहायता प्रदान गर्नुभयो र एक वर्षको लागि चिन्ताबाट मुक्त पार्नुभयो । कार्लको स्वास्थ्य अझसम्म नराम्रो नै थियो र त्यसको लागि समुद्रको किनारमा रहनु एकदमै आवश्यक थियो । उहाँ जेनीसँग राम्स्गेट जानुभयो र लौरा र टस्सी पछि गए ।
त्यो साल उहाँले अर्थशास्त्रसम्बन्धी आफ्नो महान कृति छाप्ने एउटा प्रकाशकको प्रबन्ध गर्नुभयो । हेमवर्गमा मीस्नरले निकै अनुकूल शर्तमा त्यसलाई प्रकाशन गर्ने वचन दिए । कार्ल अब उक्त किताबलाई पूरा गर्नमा जोडतोडले लाग्दै हुनुहुन्छ ।

क्रमश ……..