जगेडामा परेका गरुड सेक्युरिटीका मजदुरलाई एक हप्ताभित्र काममा फर्काईने

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६

मिति २०७६ फाल्गुन १४ गतेका दिन गरुड सेक्युरिटी सर्भिसमा कामगर्ने केही होल्डमा बसेका श्रमिकहरुको विषयमा गरुड सेक्युरिटी सर्भिस प्रा.लि. का शाखा का प्रमुख श्री अत्रयबिक्रम शाह, अखिल नेपाल सेक्युरिटी संघ गरुड मुल कमिटी का अध्यक्ष श्री दिलप्रसाद सुनुवार र प्रदेश अध्यक्ष श्री घनश्याम भट्टराईको विशेष रोहबर र अखिल नेपाल सेक्युरिटी मजदुर संघ गरुड मुल र शाखा कमिटिका सदस्यहरु श्री शम्भुप्रसाद कुर्मी, श्री गेनालालप्रसाद यादवको उपस्थितिमा बार्ता गुरुड सेक्युरिटी सर्भिस शाखा कार्यालय बारा सिमरामा बसि होल्डमा बसेका श्रमिकहरु सबरुप्रसाद यादव, गणेशप्रसाद यादव, चतुर्भुज पटेललाई एक हप्ता भित्र काममा लिने सहमति भएको जानाकारी प्रदेश २ का अन्टुफ अध्यक्ष अर्जुन चिमारियाले दिएका छन ।

कृष्णकुमार सिंह, रामचन्द्र प्रसाद चौरसियालाई नया भर्ना प्रक्रियाबाट नियुक्ति दिने र सुनिल पटेलको बिषयमा गरुड सेक्युरिटीको मुख्य ब्यवस्थापनसंग छलफलगरि निर्णय लिने भनी सहमती गरेको कुरा अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश २ का अध्यक्ष घनध्याम भट्टराईले जानकारी दिनुभयो ।