गीता भण्डारीको कविता- आमा

कविता

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६

सुन त !
पहिलो पटक,
तिमी रुँदा म हाँसेको
त्यो दिन,
सम्झदामात्र पनि खुशीहरु
आखाँमा पोखिन आउँछन्
तिम्रो आगमनसँगै
मेरो कल्पनाले बनाएका
ति सुन्दर सपनाको महलभित्र,
लुकिछिपी खेल्दा खेल्दै
झस्किएर ब्यँुतिएका
मेरा यी भुत्ते नयन,
वास्तविकता तिर नियाल्छ ,
जहाँ,
बेसहारा,घरबाट लखेटिएका
कोई नभएका वेवारिसे बस्ने
आश्रमको एउटा कुनामा टक्क !
हेर……..।
पाखुरीको बल अनि,
पटुकीमा कसेको
थैली नहुँदाको वास्तविकता ?
हिजोमात्र तिम्रो जीवन संगिनीले
दिएका तिखा बाणीहरुको
कोशिेली सहित आश्रममा
भित्रिनु परेको पिडाले कता कता
मन दुखेझै लागेतापनि
अहँ छोरा,
म पटक्कै रोएको छैन
किनकी,
म तिम्री आमा हुँ !
हो । तिमी गर्वमा छँदा
कहिले तल अनि,
कहिलेमाथी हानेको
त्यो लातको मिठो महशुसलाई
म कहिले भुल्न सक्दिन,
तिमीले बगाएको तातो सु ले
चुर्लुम्म डुब्दा हतपत न्यानो पटि सारेर
आफु चिसिएको तिर सुतेकोमा
कुनै गुनासो छैन,
छोरा,
किनकि, त्यो ममताको एक टुक्रा
अंशको सामु हजारौ बार मरेर पनि
आफुलाई बाचेको अनुभुति रहनेछ
छोरा,
किनकि, म तिम्री आमा हुँ ।।
तिम्रो उज्वल भविस्यको खोजीमा
कम्मरमा पटुकी बाधेँर,
सुखी जीवनको प्रतिक्षामा
कयौं खुशीको आहुति दिँदा समेत
कहिले अँध्यारो अनुहार पार्न सकिन,
छोरा,
किनकि तिम्रो भविस्यको खुशी नै
मेरो आँखाको खोज थियो ।
तिम्रो खुशीमा रमाउने
तिम्रो हाँसो हेर्ने लालायित
मेरा आँखा,
मलाई पर राखेर नै
तिमी खुशी हुन्छौ भने, तिमी बाट
टाढिएर पनि म रुने छैन
छोरा, किनकि
म तिम्री आमा हुँ ।
जो हजारौ चोट खाएर पनि
आफ्ना संतानको लागि
हाँसिरहने आफ्ना पिँडालाई
अन्देखा गर्दे तिम्रो सुन्दर
भविस्यको माला जपिरहने
म त तिम्री आमा हुँ ।

झापा, हाल बिरगञ्ज पर्सा