सरसफाई मजदुर राष्ट्र बैंक इकाई कमिटीकाे बैठक सम्पन्न

प्रकाशित मिति : बुध, फाल्गुन १४, २०७६

१४ फागुन ०७६, काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघ राष्ट्र बैंक इकाई कमिटीकाे बैठक सम्पन्न भएको छ ।

महासंघका सचिवालय सदस्य धनु दाहालकाे प्रमुख अातिथ्यता, कुल बहादुर मगरकाे विशेष अातिथ्यतामा बसेकाे बैठक अाइती लामाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

बैठकले मजदुरकाे सामाजिक सुरक्षा २०७५ पुस १ गतेदेखि रू. ९३० का दरले कट्टा गरिएकाे भए पनि हालसम्म राेजगारदाताले कुनै पनि प्रमाण नदिएकाले तत्काल सामाजिक सुरक्षा परिचय उपलब्ध नगराइए संघर्षमा जाने निर्णय समेत गरेकोे छ ।