सेक्युरिटी मजदुरकाे बाग्लुङ जिल्ला कमिटी गठन

प्रकाशित मिति : बुध, फाल्गुन १४, २०७६

बागलुङ । हेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल सेक्युरिटी मजदुर संघ बाग्लुङ जिल्ला समिति गठन भएको छ ।

महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमकाे प्रमुख अातिथ्यता, सहसचिव गुणराज बास्तोला, सेक्युरिटी मजदुरका गण्डकी प्रदेश अध्यक्ष मंगल लिम्बु, सचिव बाल कुमार खवास लगायतकाे अातिथ्यमा भएको छलफलले १५ सदस्यीय कमिटी गठन गरेकोे हाे ।

बस्नेतको अध्यक्षतामा गठित १५ सदस्यीय कमिटीमा उपाध्यक्ष चिन्तामणि सापकोटा, सचिव मेख बहादुर खत्री, सहसचिव माया पुन, सदस्यहरू दल बहादुर थापा, राधा थापा, पदम घर्ती, हरि कुमार श्रेष्ठ, गणेश प्रसाद सापकाेटा, पदम नाथ शर्मा, राेमन राई, बल बहादुर बाेहिक, पूर्ण घर्ती, कृष्ण मल्ल र डिल बहादुर खड्का रहेका छन् ।

महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले देशभरिका सेक्युरिटी श्रमिकहरुलाई एकजुट भएर मजदुर हक, अधिकारका लागि अघि बढ्न निर्देशन दिँदै मजदुरका जायज मागका निम्ति गण्डकी प्रदेश महासंघ सेक्युरिटी श्रमिकका साथमा रहने प्रतिबद्धता जनाएका थिए