अबको क्रन्ति पर्यावरणीय क्रान्ति-प्रपन्ना मास्के

पुस्तक समीक्षा

प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६

पुस्तक: अबको क्रन्ति पर्यावरणीय क्रान्ति
लेखक: सुरेन्द्र प्रधान
पुस्तक समीक्षक: प्रपन्ना मास्के समाजशास्त्री
प्रकाशक: रिड मोर
यस पुस्तकको प्रकाशन लेखकको प्रकृतिप्रतिको निरन्तर समर्पणको उपज हो । लेखक महान पर्यावरण आन्दोलनमा समाहित भएको २० वर्षपछि प्रकाशित यस पुस्तकले प्रकृतिको र जीवनको अन्योन्याश्रित संम्बन्धलाई प्रकाश पार्न सफल भएको देखिन्छ । भिन्न भिन्न धार्मिक दर्शनहरुले सूर्य, चन्द्र, भूमि, हावा, पानी र वृक्षहरुलाई शक्तिको संज्ञा दिई पूजा र आराधना गर्न प्रेरणा दिन्छन् तर वास्तविक पूजा प्राकृतिक तत्वहरुको संरक्षणवाट मात्र संम्भब रहेको लेखकको धारणा रहेको पाइन्छ । लेखक स्वयम पनि यसैतर्फ अग्रसर रहेको देखिन्छ ।
हाम्रा पूर्वजहरु प्रकृतिको शक्तिलाई बुझेर प्रकृतिका तत्वहरुको पूजा आजा गर्दथे तर भौतिकवादी मानवले प्राकृतिक तत्वमा कृत्तिम प्रयोग प्रकृतिलाई विनास गर्न तर्फ लागेको कुरा यस पुस्तकले छर्लङ्ग पार्दछ । त्यसैले लेखक पर्यावरणमा समाजशास्त्रीय ज्ञानको आवश्यकता उल्लेख गर्दछन् । प्राकृतिक र भौगोलिक विविधता सम्पन्न नेपालको पर्यावरणीयलाई संरक्षण गर्न किन नितान्त आवश्यक छ भन्ने कुरा यस पस्तकले साधारण जन समुदायलाई सम्प्रेषण गर्न खोजिएको देखिन्छ । यस पुस्तकले बुद्धि, विवेक, ज्ञान सम्पन्न, राम्रो र नराम्रो आकलन गर्न समर्थ मानव समूहले आपmनो अस्तित्वमा प्रत्यक्ष र परोक्ष असर पार्ने पर्यावरणको संरक्षण तर्फ अग्रसर हुन सबैलाई घचघच्याइ गरेको देखिन्छ ।
विगतको स्वच्छ, शान्त र सुन्दर काठमाडौं अहिले ठिक उल्टो अवस्थामा परिणत भएको लेखकको ठम्याइ छ । लेखकले धरती पुत्र तथा पुत्रीलाई धरतीको बोझको रुपमामात्र आफूलाई सीमित नराखी धरतीको संरक्षण गर्न नसके पनि विनास नगर्न आग्रह गरेको छ । लेखकले सीमित व्यक्तिको आर्थिक, सामाजिक लाभको गतिबिधिका कारण लाखौ र करौडौं मानिस तथा प्राकृतिक जीव जन्तुलाई पनि नकरात्मक असर गर्न सक्ने उल्लेख गरेका छन् ।
साथै प्रकृतिलाई अन्धाधुन्ध रुपले प्रयोग गर्दा यसले दीर्घकालीन नकारात्मक असर गर्छ भन्ने उदाहरण मार्फत सम्प्रेषण गर्न खोजेको छ । लेखकले वातावरण संरक्षण हप्ताको एक दिन यातायातको साधन तथा कलकारखानाहरु बन्द गर्नुपर्ने बताएका छन् ।
उनले आन्दोलनमा नाममा बालिने टायर जस्ता वस्तुले स्वास्थ्यमा नकारात्मक असर गर्ने कारण यस्ता वस्तुलाई निरुत्साह गर्नपर्छ भन्ने जनमानसलाई बुझाउन खोजेको देखिन्छ । साथै अज्ञानको कारण हामी नेपालीले बाँसलाई अवहेलना गरी रहेको तर र बाँसले बाढी, पहिरो नियन्त्रणमा महत्वपूर्ण असर गर्ने लेखक बताउँदछन् । विकसित राष्ट«हरुले प्राकृतिलाई शोषण गरी विकासित गरेको तितो यर्थाथ लेखक बताउँदछन् । खाली धूवाँ र धूलोलाई मात्र प्रदूषण हामीलाई गरगहना वस्तुहरुले पनि वातावरण प्रदूषण गर्न सक्छ भन्ने पाठकलाई लेखक बताउँदछन् । विविध बोट विरुवा, जीव, जन्तु मध्य कस्ले प्राकृति संरक्षणमा योगदान गर्छ र गर्दैन भन्ने पनि यस पुस्तकले बताएको छ ।
यस पुस्तकले मानिसहरुको उपभोग्यतावादी संस्कृतिले वातावरणमा उत्पादन बढाइ प्रदूषण बढाउने उल्लेख गरेको छ । साथै यस पुस्तकले पानीको श्रोत हिम श्रंख्लाको नै हो त्यसैले हिमालमा प्रदूषण नियन्त्रण गर्नु पर्ने उल्लेख गरेको छ । बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति भूसंरक्षण मार्फत नियन्त्रणमा आउने उपाय पनि यस लेखक बताउँछन् । साथै वनमा लाग्ने डढेलो सिमित व्यक्तिको अग्रसरताबाट पनि नियन्त्रण आउने कुरा उदाहरण मार्फत प्रष्ट पार्न खोजेको देखिन्छ । लेखकले देश विकासको नाममा प्रकृतिलाई विनास गर्न नहुने बताउन खोजेको छ । साथै सम्पूर्ण व्यक्तिहरुलाई प्रकृति प्रेमी र प्राणी जगतको कल्याण गर्न संदेश दिन खोजेको छ । साथै जंगली जनावरहरु कस्तो बेला आक्रमक हुने जस्ता साधारण व्यक्तिहरुलाई थाहा नहुने कुरा यस पस्तक पढेपछि थाहा पाउन सकिन्छ । साथै प्रकृतिसंग प्रत्यक्ष नाता सम्बन्ध राख्ने राउटेमाथि हस्तक्षेप गर्न कदापी नहुने लेखक बताउँदछन् ।
खेलकुद पनि पर्यावरण र मानवलाई आघात गर्ने किसिमको हुन नहुने लेखकले भन्छन् । पदमा आसिन नेता, सरकारी कर्मचारीले निजी स्वार्थको पछाडी लाग्ने लेखक बताउँदछन् । लेखकले प्रकृति मैत्री आर्थिक र पारिवारिक सामाजिक संरचना निर्माण गर्नु पर्ने सुझाब दिन खोजेको देखिन्छ । सगरमाथाको प्रदूषणको कारण सगरमाथा आरोहन हो भन्ने पनि यस पुस्तक मार्फत बताउन खोजेको देखिन्छ । मृत्यु पस्क्षात शवलाई जंगलमा गाडन नै उपयुक्त उपाय रहेको लेखक सुझाब दिन्छन् । पर्यावरण संरक्षणमा स्थानीयबासीहरु संलग्न हुनपर्ने यस पुस्तकले बताएको छ किनभने पर्यावरण विनासबाट हुने भौतिक तथा मानवीय क्षेतिको असर स्थानीय व्यक्तिहरुलाई हुने बारे लेखक बताउँदछन् । प्राकृतिक फोहर व्यवस्थापन गर्न जैविक मल बनाउनु पर्ने लेखक सुझाब दिन्छन् । सहरी क्षेत्रमा कृतिम उत्पादनले विनास आएको बताउन खोजेको देखिन्छ ।
मान्छे धर्मका नाममा जल, जमिन, जंगल, जडीबटी, जीवजन्त जस्ता प्राकृतिक देवी देवताहरुलाई नष्ट पार्ने कार्यलाई मूर्खता हो भन्न पनि लेखक पछाडी परेको देखिंदैन । केही गरे केही हुने पनि यस पुस्तकले उदाहरण मार्फत बताउन खोजेको देखिन्छ । मानिसहरुलाई गाउँघरको सरसफाइ,धारा, कुवावरपर विरुवाहरु लगाउन सिकाएको खण्ड सकरात्मक परिवर्तन गर्न सक्ने लेखक बताउँदछन् । मानिसहरुलाई विश्वका आदिवासीहरु झैं प्रकृतिमैत्री बन्न सुझाब लेखक दिन्छन् । लोपोन्मख जंगली जनावरहरुको तस्करीका संलग्न व्यक्तिहरु सजिलै जेलबाट छुटने प्राबधानले तस्करीलाई प्रोत्साहन दिने लेखक बताउँदछन् । लेखकले बाग्मती सफाइ अभियान गर्न कठिन भएको कारण फोहर गर्ने व्यक्तिहरुलाई सजाई दिनु पर्ने बताउँदछन् । जनताको सेवा पूर्ण इमानदारी र बफादारीपूर्वक गर्नुपर्ने लेखक बताउँदछन् ।
लेखकले क्षणिक सुबिधा भोगतर्फ लागेका संस्थाहरु विस्तारै विलिन भएको तर आफनो संस्था अहिलेसम्म सञ्चालनमा रहेका उल्लेख गर्छन् । विश्वका वन्यजन्तुको चोरी, शिकारीको कारण अनेक वन्य जन्तुहरु लोपन्मुख हुँदै गईरहेको पनि लेखक बताउँदछन् ।
हिमाल, पहाड र तराईका जडीबुटीहरुले जीवजन्तुका आहार भएकाले यसको दुरुपयोग वातावरणीय असन्तुलन पैदा गर्ने लेखक बताउँदछन् । लगभग २५ हजार वर्ग कि।मि। जलाधार क्षेत्र रहेको सप्तगण्डकीको संरक्षणमा लागेको लेखकले बताएका छन् । देवघाट क्षेत्रको धार्मिक र पर्यावरणीय महत्व लेखकले यस पुस्तक मार्फत बताउन खोजेका छन् । साथै यस क्षेत्रलाई वाहिरी हस्तक्षेपवाट बचाउन अनवरत संघर्ष गर्दै आएको बताउँदछन् ।
विगतमा वैचारिक वेमेल भए पनि योगी नरहरीनाथ संगको सहकार्यले देवघाट बचाऊ आन्दोलनले देवघाट संरक्षण गर्न सफल भएको लेखकले उल्लेख गरेकाछन् ।
यस पुस्तकले चौतर्फी सामाजिक मुल्य, मान्यता, संरचनालाई परिवर्तन गर्न पर्यावरणीय क्रान्तिको विकल्प छैन भन्न दर्शाउन खोजेको देखिन्छ ।
तस्करीका संलग्न व्यक्तिहरु सजिलै जेलबाट छुटने प्राबधानले तस्करीलाई प्रोत्साहन दिने लेखक बताउँदछन् । लेखकले बाग्मती सफाइ अभियान गर्न कठिन भएको कारण फोहर गर्ने व्यक्तिहरुलाई सजाई दिनु पर्ने बताउँदछन् । जनताको सेवा पूर्ण इमानदारी र बफादारीपूर्वक गर्नुपर्ने लेखक बताउँदछन् ।
लेखकले क्षणिक सुबिधा भोगतर्फ लागेका संस्थाहरु विस्तारै विलिन भएको तर आफनो संस्था अहिलेसम्म सञ्चालनमा रहेका उल्लेख गर्छन् । विश्वका वन्यजन्तुको चोरी, शिकारीको कारण अनेक वन्य जन्तुहरु लोपन्मुख हुँदै गईरहेको पनि लेखक बताउँदछन् ।
हिमाल, पहाड र तराईका जडीबुटीहरुले जीवजन्तुका आहार भएकाले यसको दुरुपयोग वातावरणीय असन्तुलन पैदा गर्ने लेखक बताउँदछन् । लगभग २५ हजार वर्ग कि।मि। जलाधार क्षेत्र रहेको सप्तगण्डकीको संरक्षणमा लागेको लेखकले बताएका छन् । देवघाट क्षेत्रको धार्मिक र पर्यावरणीय महत्व लेखकले यस पुस्तक मार्फत बताउन खोजेका छन् । साथै यस क्षेत्रलाई वाहिरी हस्तक्षेपवाट बचाउन अनवरत संघर्ष गर्दै आएको बताउँदछन् ।
विगतमा वैचारिक वेमेल भए पनि योगी नरहरीनाथसंगको सहकार्यले देवघाट बचाऊ आन्दोलनले देवघाट संरक्षण गर्न सफल भएको लेखकले उल्लेख गरेकाछन् ।
यस पुस्तकले चौतर्फी सामाजिक मुल्य, मान्यता, संरचनालाई परिवर्तन गर्न पर्यावरणीय क्रान्तिको विकल्प छैन भन्न दर्शाउन खोजेको देखिन्छ ।