१९ औं मजदुर बलिदान दिवसको थप खबरहरु

प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६

कालिकोट जिल्ला महासंघले मनायो, १९औं मजदुर बलिदान दिवस

११ फागुन ०७६, कालिकोट । अखिल नेपाल ट्रेड युनियन महासंघ कालिकोट जिल्ला कमिटीले १९औं मजदुर बलिदान दिवस भव्यताकासाथ मनाएको छ ।

आइतबार कालिकोटमा एक कार्यक्रमको आयोजना गरी कालिकोट जिल्ला महासंघले १९औं मजदुर बलिदान दिवस भव्यताका साथ मनाएको हो ।

मजदुर सहिद बलिदान दिवसमा जिल्ला अध्यक्ष मान बहादुर बिष्ट, उपाध्यक्ष बर्म ऐडि, जिल्ला सचिव भिम बहादुर सिङ उपस्थिति रहेको थियो ।

महाेत्तरी, सर्लाही र धनुषाले संयुक्तरूपमा बलिदान दिवस मनाए

 

११ फागुन ०७६, महाेत्तरी । अखिल नेपाल ट्रेड युनियन महासंघ महाेत्तरी, सर्लाही र धनुषाले संयुक्तरूपमा महाेत्तरीमा एक कार्यक्रम अायाेजना गरी १९अाैं मजदुर बलिदान दिवस मनाएको छ ।

महाेत्तरीकाे रामनगरमा महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल अाैधाेगिक मजदुर संघका प्रदेश २ अध्यक्ष मुरारी दुलालकाे अध्यक्षता र महासंघका के.स.युवराज लुइँटेलकाे प्रमुख अातिथ्यमा १९अाैं मजदुर बलिदान दिवस मनाइएको हाे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ सदस्य विष्णु लामाको विशेष अातिथ्य, कृषि मजदुरका केन्द्रीय सचिव वीर बहादुर चाैधरी लगायतका अातिथ्य रहेकोे उक्त कार्यक्रमको सञ्चालन केदार सुसलिङले गरेका थिए ।

अत्तरियामा मनायो, सुदूरपश्चिम प्रदेशले मजदुर बलिदानी दिवस

११ फागुन ०७६, कैलाली । अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेशले १९औं मजदुर बलिदानी दिवस अत्तरियामा भव्यताका साथ मनाएको छ ।

महासंघ सुदूरपश्चिम प्रदेशले १९औं मजदुर बलिदान दिवसका अवसरमा शहिदहरुप्रति श्रद्धाञ्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरूले देखेका सपनाहरू पूरा गर्न अविचलित भई मजदुरका हकहितका लागि संघर्षरत रहने प्रतिबद्धता जनाएको छ ।

महासंघ सुदूरपश्चिम प्रदेशका इन्चार्ज नरहरिनाथ योगीले मजदुर बलिदान दिवसलाई वर्षमा एक दिन मात्रै सम्झेर नहुने भन्दै सहिदका सपना साकार गर्न हरेक दिन स्मरण गर्दै सहिदहरूले देखेका सपनाहरू पूरा गर्न अविचलित भई अघिबढ्न सके सहिदको सम्मान हुने बताएका छन् ।

प्रदेश २ को राजविराजमा पनि मजदुर बलिदान दिवस भव्यतापुर्वक मनाएको खबर प्राप्त भएको छ