अन्टुफ अध्यक्ष जगतबहादुर सिम्खडाद्धारा चीनिया मजदुर संगठनलाई ऐक्यवद्धता पत्र

ऐक्यवद्धता

प्रकाशित मिति : शनि, फाल्गुन १०, २०७६

अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष तथा साँसद जगतबहादुर सिम्खडाले अखिल चीन ट्रेड युनियन महासंघ (ACFTU)लाई कोरोना भाईरसको महामारीका विरुद्धमा चीन सरकारले चालेको आश्चर्यजनकको कदमलाई समर्थन गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दै र विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो कठिन घडिमा नेपाली जनता र मजदुरबर्गको ऐक्यवद्धता रहेको शन्देश पठाउँनु भएको छ । शन्देशको पूर्ण पाठ यसप्रकार रहेको छ ।

 

मितिः २०७६ फाल्गुण १० गते

आदरणीय अध्यक्ष महोदय

ऐक्यवद्धता सम्बन्धमा

महोदय,

उपरोक्त सम्वन्धमा हालसालै चाइनामा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट अकालमै ज्यान गुमाउन पुगेका सम्पुर्ण वुहानबासीलगायत देशका अन्य भागका मृतकहरुप्रति गहिरो श्रद्धान्जलि व्यक्त गर्न चहान्छु ।

साथै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने बल मिलोस भन्ने कामना पनि गर्न चहान्छौ । यस अकल्पनिय महामारीको दौरानमा प्रकोप प्रभावित विरामीहरुको उपचारका साथै जोखिम न्युनीकरणको लागि चालिएको राष्ट्रव्यापी अभियानमा चीन सरकार, जनता, चिकित्सक तथा कामदारहरुले देखाएको अदम्य साहस तथा तदारुकता विश्वजगतको लागि एक उदाहरणीय कदम भएको हामीले महशुस गरेकाछौ ।

 विपतको यस गंभीर संघारमा चीन सरकारसंगै एकाकार भएर जोखिम व्यवस्थापनको लागि अहोरात्र खटिनु भएका चिकित्सक, कामदार लगायत सम्र्पुण सरोकारवाला निकायहरुले चालेको प्रभावकारी कदमको उच्च कदर गर्दै ४ लाखभन्दा बढी मजदुरहरुको प्रतिनिधित्व गर्ने हाम्रो गौरवशाली संगठनको तर्फबाट हार्दिक ऐक्यवद्धता व्यक्त गर्दछौ ।

 हाम्रो संगठन तपाईहरुको साथ र सहयोगको लागि सदैव तयार रहने प्रतिवद्धता पनि व्यक्त गर्न चहान्छु । 

हार्दिक ऐक्यवद्धता सहित

जगतबहादुर सिंखडा

अध्यक्ष

अखिल नेपाल ट्रेड युनियन महासंघ

केन्द्रीय कार्यालय पेरिसडाँडा

काठमाण्डौ

नेपाल