समाजवादी भेनेजुएलाका आदिबासीहरुले तयार पारेको हस्तकलाका घरायसी सामाग्रीहरु

कला र संस्कृति

जय कार्की प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६

विषय प्रवेश:

यो बर्षको जनवरी २२ देखि २५ सम्म समाजवादी राष्ट्र भेनेजुयलाको राजधानी काराकासमा साम्राज्यवाद विरुद्धको ऐक्यवद्धता समारोह त्याहाँको सिमोन बोलिभार समाजवादी सरकारले आयोजना गरेको थियो । सिमोन बोलिभार भेनेजुएलाका साम्राज्यवाद, उपनिवेशवादका विरुद्धमा लडेर देशलाई मुक्त गर्ने महान योद्धा रहेछन । मिराण्डा भन्ने अर्का निकै अघिल्लो पुस्ताका क्रान्तिकारी योद्धा रहेछन ।

त्यसपछिको पुस्ता रहेछ पुर्वराष्ट्रपति ह्युगो चाभेज । चाभेज उनिहरुका लागि सबै थोक हुन । उनैले पछिल्लो चरणको नेतृत्व गरेका रहेछन भने निकोलस मदुरो त्यसपछिका अर्का चर्चित राष्ट्रपति हुन । उनि ह्युगो चाभेजको सबैभन्दा निकटस्थ र विश्वासपात्र साथी पनि हुन ।

यो कार्यक्रममा सहभागी हुन पाँचैवटा महादेशबाट हजारौंको संख्यामा पुग्नु भएको थियो । यो कार्यक्रम बास्तवमा विशाल अन्तर्राष्टिय महोत्सवमा परिणत भएको थियो । यी पाँचवटा महादेशबाट जम्मा भएका मानिस जस्ता लाग्दैन थिए ।यी त एकै देशका एकै भेषका एकै उदेश्यमा दृढ संकल्प रहेका देखिन्थे । त्यहाँ कुनै ठूलो साम्राज्यवादी मुलुकको वा सानो देशको हो भन्ने कतै केही असमानता देखिएको थिएन । खाना एउटै एकै किसिमको थियो । ठूला र सानालाई भनेर फरक व्यवहार कतै थिएन ।

सहभागी सबैलाई बराबरी सम्मान र सत्कार गरिएको थियो । चाहे बेलायतको होस, चाहे फ्रान्सको होस चाहे रुसी महासंघको होस चाहे अमेरिकाको होस चाहे अष्ट्रेलियाको होस सबैमा केवल साम्राज्यवादले विश्वव्यापीरुपमा विध्वंश मच्चाईरहेको छ भन्ने निष्कर्ष थियो । पर्यावरणको ध्वंशक साम्राज्यावद पुँजीबाद नै हो । जातिवादी रंगबादी युद्ध थोपर्ने यही हो । आदिवासी जनतालाई हुण वा सबसे खराव जाति भनि चित्रण गरी उनिहरुलाई ध्वंश गर्ने साम्राज्यवादीहरु नै हुन । सार्वभौम देश र जनताको अधिकार समाप्त गर्ने र प्राकृतिक श्रोत र साधन कब्जाहरु गरी भोकमरी र नरसंहारमा धकेल्ने यही पुँजीवाद र साम्राज्यावद हो भन्ने निष्कर्ष थियो ।

भेनेजुएलामाथि अहिले साम्राज्यवादी अमेरिकाले आर्थिक नाकाबन्दि लगाएको छ । भेनेजुएलामा अकुत तेलको भण्डार छ । त्यसलाई बेच्न र उपयोग गर्न दिईरहेको छैन । यो देशको सबै सम्पतिमाथि रोक्का गरेको छ या त कब्जा गरेर जनतालाई सरकार विरुद्ध उदण्ड तरिकाले भडकाउन थालेको छ । राष्टपति निकोलस मदुरोको हत्या गर्न र अपदस्त गर्न पटक पटक दुस्प्रयास गरिरहेको छ । तथकथित अमेरिकी पिठठु जस्लाई भेनेजुएली जनताले निर्वाचनमा नांगेझार पारेर हराएका छन । उसैलाई तथाकथित राष्टपति घोषणा गरेको छ भने अत्यधिक मत ल्याई सरकारको नेतृत्व गरिरहेका राष्ट्रपति मदुरोलाई अनेकौं जालझेल गरी हटाउने वा सखाप पार्ने षडयन्त्र गरिरहेको छ ।
तर संसारभरिका न्यायका पक्षधर जनताहरु सतिसाल झैं ठिंगो उभिएका छन । समाजवादी भेनेजुएलाको पक्षमा ठूला राष्ट्रहरु रुस, चिन लगायतका कैंयौं राष्ट्रहरु खडा भएका छन । सहयोगमा जुटिरहेका छन ।
२२ जनवरी २४ जनवरीसम्म आयोजित महोत्सवमा ६ महिनाका दुधे शिशुहरु बोकेर निर्धक्कसित भेला भएको देख्ता पनि गर्वले छाती ढुक्क फुल्थ्यो । किनकी भेनेजुएला संसारको सबैभन्दा खतरणाक देश हो । युद्धग्रस्त देश हो, भोकमारीको कंगाल देश हो भनि पुँजीवादी साम्राज्यवादी संचारजगतले दुस्प्रचार गरेको थियो ।
यसै अवधिमा मैले विभिन्न देशहरुबाट आउनु भएका आदिवासी जनताहरुसित भेटघाट गर्ने मौका पाएँ । उनीहरु अति सरल थिए अति मिलनसार थिए अति मिजासिला थिए । उनीहरु आफनै भेषभुषामा सजिएका थिए त्यसमा अत्यन्त गर्व थियो उनिहरुलाई । मुखमा अनेकौं रंगहरु पनि पोतेका थिए । कतिपयले ठूलो तर हातैले बुनेको चोयाको ह्याट लगएका थिए । कसै कसैको टोपी देख्ता ओहो ! टोपी जस्तो लाग्थ्यो । उनिहरुले तयार पारेको केही हस्तकला र उनिहरुको प्रतिनिधिमुलक तस्विर यहाँ प्रस्तुत गरेको छु । ब्राजिलको अमेजनको अटाब्बे जंगलमा प्रतिकृयावादी बोल्सोनारो सरकारले आगो लगाएर बिल्लीबाठ पारेको पीँडा सुनाउन त्याहाँका आदिवासी आएका थिए । मैले नबुझे पनि अमेजन !अमेजन !! भन्दै टोपीको लोगो देखाउँदै डढेलो लागेको होईन आदिवासीलाई सिध्याउँन सरकारले नै लगाएको भनि सुनाउँने र बुझाउँने जमर्को गर्दै थिए ।

मलाई त के लाग्यो भने आदिबासी जनजाती जुनसकै राष्ट्रहरु महादेशमा रहुन उनिहरु उस्तै उस्तै हुँदारहेछन, उनिहरुको धर्मसंस्कृति र भेषभुषा पनि उस्तै उस्तै हुँदोरहेछ र सोच्ने तरिका पनि उस्तै उस्तै अनि थात थलोलाई माया गर्ने तरिका पनि उस्तै उस्तै । मैले मित्र मार्कोस गार्सियालाई सोधेको थिएँ आदिवासीहरु मूलप्रवाहमा आएका छन कि छैनन ?’
उनले भने ‘‘सबै मूलप्रवहमा छौं, तर उनीहरु विकट पहाडमा छन, त्यहाँबाट सुगम क्षेत्रमा सार्न सकिएन, कुनैपनि हालतमा मान्दैनन । त्यसकारण उनिहरु बर्षेनी आउने पहिरोमा परिरहेकाछन । त्यसकारण सरकारले सकेसम्म पहिरोलाई रोक्न विशाल पर्खालहरु खडा गरेको छ र सुरक्षित पार्ने प्रयाश गरेको छ । त्यसैगरी आन्ध्र महासागरको तटीय इलाकाबाट उनिहरुलाई सार्न पनि निक्कै कठिन छ कुनैपनि शर्तमा मान्दैनन । भेनेजुएला क्यारेबियन देश भएकोले ठूला ठूला तुफानको खतरा रहन्छ । तर उनिहरुलाई सार्न नसकिने भएपछि उनिहरुको सहमतिमा मात्र सुरक्षित योजना बनाउने गरिएको छ ।
हाम्रो देश नेपालमा पनि राउटे, चेपाङहरुलाई मूलधारमा ल्याउँन निक्कै बल गर्छ तर उनिहरु जंगल त्याग्न वा थातथलो त्याग्न कुनैपनि शर्तमा मानिरहेका छैनन ।”

आदिबासीहरुले तयार पारेको हस्तकला सामाग्रीहरु यस्ता छन

 

 

\

 

 

 

 

 

 

 

 

 

 

 

\

 

 

 

 

 

 

तस्विरहरु जय कार्की, काराकास भेनेजुएला, जनवरी २४,२०२०