सहि बिचार र सहि नेतृत्वले असम्भब जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भब तुल्याउन सक्छ: अध्यक्ष प्रचण्ड

जनयुद्धको जगमा १२ बुँदे समझदारी भयो र शान्तिपूर्ण १९ दिने जनआन्दोलन पनि

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६

काठमाडौं । कमरेडहरु हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । यहाँसम्म आउनेक्रममा नेपालको कम्युनिष्ट आन्दोलनको विकास दृष्टिले र नेपालको राजनीतिक आन्दोलनको दृष्टिले केही मौलिक विचारहरु केही मौलिक नीति, योजनाहरु अगाडि आएका छन् । ती माक्र्शवादका आधारभूत शिद्धान्तमा आधारित नै छन् तर, हाम्रो खोज परिश्थितिअनुसार आफ्नै ढंगले विकशित पनि भएका छन् ।

एउटा त २००७ सालमा जहानिय राणाशासन विरुद्ध संघर्षका क्रममा त्यतिबेलाको आफूलाई प्रजातन्त्र भन्ने पार्टी नेपाली कांग्रेसले हतियार उठाएको थियो । र हतियारपूर्ण संघर्ष गरेको थियो । त्यसको समिक्षा गर्न चाहेको होइन तर, हतियार उठ्यो । राष्ट्रकाविरुद्ध कांग्रेसको नेतृत्वमा हतियार उठ्यो ।

र २०१७ सालपछि पनि कांग्रेसको नेतृत्वमा हतियार उठ्यो । त्यो सफल भएन । त्यसले उल्लेख्य उपलब्धी हाँसिल गर्न सकेन । कुनै परिवर्तन देखा परेन । तर, पनि हतियार उठ्यो । अनि पञ्चायती तानाशाही आफ्नो उग्र चरणमा विकाश भइराखेको चरणमा कम्युनिष्ट युवाहरुको नेतृत्वमा त्यतिबेला झापा विद्रोह भयो । त्यो एउटा सशस्त्र संघर्ष नै थियो । त्यो राज्यद्वारा थोपरिएको अत्याचारका विरुद्ध तानाशाहीकाविरुद्ध जनताको तर्फबाट कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिएको एउटा सशस्त्र आन्दोलन नै थियो । र, त्यही क्रमको एउटा नयाँ कडीको रुपमा २०५२ साल फागुन १ गतेबाट तत्कालिन माअ‍ोवादी पार्टीको नेतृत्वमा जनयुद्धको उद्घोष भयो ।

मैले यो भनेर सबैको के ध्यानाकर्षीत गर्न चाहेको छु भने ७ सालको हो या २८ सालको होस या ५२ सालको यी कुनै न कुनै रुपमा एक अर्कासँग अन्तरसम्बन्धित छन् । पहिलोबाट शिक्षा लिएर दोस्रोले दोस्रोबाट शिक्षा लिएर तेस्रोले । अरु पनि देशको आन्दोलनमा या कम्युनिष्ट आन्दोलनमा उल्लेख्य प्रभाव पारेका छन् ।

२००७ साल र २०२८ सालको दुई तहका अनुभवहरुबाट शिक्षा लिएर अझै संगठित, व्यवस्थित भएर राजतन्त्रविरुद्ध जनवादी क्रान्तिको पूर्णताको निम्ति वैदेशिक हस्तक्षेपविरुद्ध एउटा विद्रोहको रुपमा अगाडि आयो । नेपालको इतिहासमा १७ हजार मानिसहरुको मृत्यु हुनु दुर्भाग्य थियो । यसका धेरै आयामहरु छन् । म अहिले त्यतापट्टी बढी जान चाहान्न । जनयुद्धलाई विकास गर्दै जानेक्रममा जनयुद्धको बेलामा कमसेकम कम्युनिष्ट नेतृत्वमा भएका सबै खाले आन्दोलनहरु, सशस्त्र शान्तिपूर्ण सबैलाई जोड्नुपर्छ भन्ने मेरै नेतृत्वमा त्यतिबेला तत्कालिन माअ‍ोवादीको केन्द्रीय समिति बैठकले जटिल टलफल गरेर निर्णय गरेको थियो ।

र झापा विद्रोह र सुखानीका ति महान सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विष्णु कुँइकेललगायतका ति सहिदहरु र जनयुद्धका ति महान सहिद कमरेडहरुसँग सोध्नुपर्छ– सुखानी र माओवादी विद्रोह झापा विद्रोह र माओवादी विद्रोह जोडिनुपर्छ । र त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषणतिर लान्छ र लानुपर्छ भन्ने कुरा भुलिएको थियो । र म सबै कमरेडहरुसँग ध्यानाकर्षण गर्न चाहान्छु । हामीले सहिद सप्ताह मनाउने घोषणा गर्यौं १४ गतेबाट २१ गते । १४ गते जनयुद्धको पहिलो सहिद भएको दिनबाट सुरु गरेर सुखानीका सहिदहरु सम्मलाई गरेर हामीले सहिद दिवस भनेर मनाउने निर्णय गरेका थियौं ।

त्यतिबेला जनयुद्ध चलिराखेकै थियो । यसले के देखाउँछ भने हामी कम्युनिष्ट पार्टीको नेतृत्वमा परिवर्तन, आन्दोलन र विद्रोह गर्ने कही न कही एउटा टुंगोमा पुगेर चुक्नुपर्छ भन्ने चेतना नेतृत्वमा थियो भन्ने कुरा म सबैमा ध्यानाकषर्ण गर्न चाहान्छु । अहिले पार्टी एकता भएको छ । हामी नेपाल कम्युनिष्ट पार्टी भएका छौं । तर, यसका भ्रुणहरु विद्रोहका बेलामा, आन्दोलनका बेलामा थियौं । संविधान निर्माणको सन्र्दभमा १२ बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको सन्र्दभमा अझ बढी परिपक्क भयौं । संविधान निर्माणको क्रममा अझ बढी घनिभूत भयो ।

अनि सरकार गठन र पार्टी एकताको निम्ति संकल्पसहित गठबन्धन गर्दा र पार्टी एकता गर्दा अर्को उचाइमा पुग्यो । म सबैलाई भन्न चाहान्छु–सही विचार र सहि नेतृत्वले इतिहासमा ठूल्ठूलो फड्कोहरु मार्न सक्छ । सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनहरुलाई पनि सम्भव तुल्याउन सक्छ । किनभने केही वर्ष पहिलेसम्म नेपालमा यतिछिट्टै संविधानसभा घोषणा भइहाल्ला संघीय गणतन्त्रको घोषणा भइहाल्ला आपसमा निकै तितो र कटुतापूर्ण र कहिलेकाँही सत्रुतापूर्ण संघर्षमा रहेका दुईवटा मेजर पार्टीहरु एकतामा आइपुग्लान र चुनावमा दुई तिहाई बहुमत ल्याउनेगरी प्रस्तुत होलान भन्ने केही वर्ष अगाडिसम्म मानिसहरुले सोच्दैन थिए । तर, अब म भन्छु कि सही विचार र सही नेतृत्व छ भने ति असम्भव हुने कुरालाई सम्भव बनाउन सकिन्छ ।

जनयुद्ध सुरुका दिनहरुमा धेरैलाई विश्वास थिएन यो विस्तार होला । यसले ठूलो राजनीतिक रुपमा लिएला । यसले विशाल सेना निर्माणतिर जाला, यसले संविधानसभा जन्माउला यसले गणतन्त्र जन्माउन योगदान गर्ला भन्ने कुरामा विश्वास गर्न गाह्रो थियो । तर, भयो । के कारणले भयो भन्दा सही विचार र सही नेतृत्वका कारणले भयो । शान्ति प्रक्रिया होला । किनभने एकअर्कालाई हत्याद्वारा हत्याबाट नै सखाप पार्ने अघि बढेका राज्य र विद्रोही फेरी शान्ति सम्झौतामा आउलान उनीहरुो सम्झौताबाट ठूला राजनीतिक परिवर्तन सम्भव होला भन्ने कुरा पनि धेरैलाई विश्वास गर्न गाह्रो थियो तर, भयो ।

आफ्नै टाउकोको मूल्य तोकेर धेरैलाई जिउँदै या मारेर ल्याएपछि पुरस्कार पाउने भनिएको पार्टीको नेतृत्वबाट नै शान्ति सम्झौता भयो । म तत्कालिन नेकपा एमाले र माअ‍ोवादी मुलुककै तिखो संघर्ष केही वर्ष गएकै हो। जनयुद्ध सुरु गरेर मैले हेर्दा झन्डै चार पाँच वर्षसम्म निकै नै तिखो एकले अर्कालाई पचाउन खोज्ने प्रवृति थियो । र पाँच वर्षपछिबाट फेरी हामी दुईवटै कम्युनिष्टहरु वार्ता सम्वाद प्रक्रियामा प्रवेश गर्यौं ।

आज म यो कुरा पनि स्मरण गर्न महत्वपूर्ण हुन्छ भन्ने ठान्छु । कमरेड वामदेव गौतम र कमरेड युवराज ज्ञवाली हुनुहुन्छ उहाँहरु नेकपा एमालेको तर्फबाट हामी आधार इलाकामा बसिरहेको बेलामा वार्ता गर्न जानुभयो । उहाँहरुको पछाडि सेनाका हेलिकोप्टरबाट पिछा गर्दै उहाँहरुलाई आक्रमण गर्ने प्रयासहरु पनि भएका थिए । तर, उहाँहरुलाई हामीले सुरक्षित रुपले रोल्पामा लगेर वार्ता गर्यौं सहमति र हस्ताक्षर गर्यौं । र हामी मिलेर निरंकुशतन्त्रकाविरुद्ध तानाशाहीका विरुद्ध जानुपर्छ भन्ने एउटा समझदारी बन्यो । त्यो समझदारी कतिपयलाई बिजोग जस्तो पनि लाग्यो होला । कहाँ आतंककारी माओवादीसँग शान्तिपूर्ण राजनीतिमा भएको सरकारको नेतृत्व गरिसकेको पार्टीका नेताहरु गएर वार्ता गएर हस्ताक्षर गरेर आए भनेर अनौठो लाग्यो होला जस्तो लाग्यो ।

तर, त्यो त्यस्तो बिन्दु थियो जुन बिन्दुले एकतातिर हामीलाई ऐतिहासिक एकताको आधार निर्माण गर्ने योगदान रह्यो । त्यतिबेला राजनीतिमा गुजुल्टिएको अन्तरविरोधलाई समाधान गर्नका लागि त्यसले दिशानिर्देश गर्यो । र त्यसैको जगमा १२ बुँदे समझदारी भयो । र हामी एउटा मौलिक खालको परिश्थितिबाट गुज्रीयौं । एकतातिर जनयुद्ध पनि चलिरहेको छ । अर्कातिर शान्तिपूर्ण जनआन्दोलन पनि चलिरहेको छ । एकैसाथ जिल्ला सदमुकामहरुमा फौजी हमला भइराखेको छ अर्कोतिर काठमाडौंका सडकहरुमा लाखौं जनता निस्कनुपर्ने अवस्था बन्यो ।

तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीको समझदारीमा भएको हो । र यस्तो दुनियाँ कमै देख्न पाइन्छ । यो सबै ठाउँमा यसैगरी हुन्छ भन्ने होइन । नेपालमा त्यसरी भयो । नेपालमा त्यसरी गर्नै वातावरण बनाइयो बन्यो । हामी दुई वटा कम्युनिष्ट पार्टीबीच सहमति भएर हस्ताक्षर भइनै सकेको थियो । हामी मिलेर अर्को संविधानतिर जाने भनेर विषयमा नेपाली कांग्रेससँग पनि राखेर त्यही प्रक्रियाबाट १२ बुँदे समझदारी भयो ।

नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा लगातार दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो । उहाँले अलिक आक्रमण बढाउनुपर्यो भन्नुहुन्थ्यो मलाई । फौजी आक्रमण अझै बढाइदिनुपर्यो भन्नुहुन्थ्यो । सदरमुकाम हान्नुपर्यो र अलिक ठूलोठूलो आक्रमण गर्नुपर्यो भन्नुहुन्थ्यो । यो कुरा बडो विचित्र हो । यो विचित्रको परिस्थितिले नै नेपाल २५० वर्षीया राजतन्त्रको अन्त्य भयो । र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो ।

यही विचार हामी भएका कारण पार्टी एकता सम्भव भयो । अर्को नेतृत्व हुन्थ्यो भने अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउनेकुरा सजिलो थिएन । त्यत्रो युद्ध, हत्या, हतियार, सेना त्यत्रो इलाका सबैले स्वीकारिने कुरा थिएन । ८० प्रतिशत भूभाग माओवादी कब्जामा थियो भनिन्थ्यो हो पनि थियो । यो सबैलाई रोकेर शान्ति प्रक्रिया, लोकतान्त्रिक प्रक्रियामा आउने कुरा सजिलो थिएन । विचारप्रति विश्वास नेतृत्वप्रति गहिरो विश्वास आन्दोलनमा हुँदैन थियो भने शान्ति प्रक्रियामा आउन सम्भव थिएन ।

विश्वकै हेर्ने हो भने शान्ति प्रक्रियामा आउन खोजे तर, सकेनन् । तपाई हामलिे हेर्यौ भने तमिलहरु फौजी हिसाबले चानचुनो चाँही थिएनन् । राष्ट्रिय मुक्ति आन्द्योलनको एउटा सशस्त्र विद्रोहको उत्कर्षमा उनीहरु रहेका थिए र शान्ति वार्ता पनि बसेको थिए । तर, सफल भएनन् र त्यसको भयानक घटना हुन पुग्यो । त्यसको प्रमुख नेताकै हत्या भयो र सबै मारिए र त्यो अहिले सकियो । अहिले त्यसको अवशेष पनि बाँकी छैन् ।

पेरुमा कम्युनिष्टहरुकै नेतृत्वमा सशस्त्र क्रान्ति भयो । जनयुद्ध नै भयो । एउटा उत्कर्षमा पुग्यो तर, त्यो शान्ति प्रक्रियामा रुपान्तरण हुन सकेन । जेल परिसकेपछि त्यसका प्रमुख नेता अविमायरु रुज्मान भन्ने गोन्जागो भनेर चिनिने मान्छेले वार्ताका लागि पटकपटक चिठी लेखे तर, सरकारले सुनेन् । पहिले सरकारले वार्ता गरौं भन्दा वार्ता हुनै सक्दैन सम्पूर्ण सरकार हामीलाई दिइयो भने वार्ता हुन सक्छ नत्र वार्ता हुँदैन भन्नुहुन्थ्यो गोन्जागोले गिरफस्तार भइसकेपछि उहाँले अब आन्दोलन अगाडि जाँदैन वार्ता गर्नुपर्यौ भन्नुभयो पक्राउ गरेपछि सरकारले बुझिहाल्यो अब के को वार्ता रु

लिडरसिप सध्दिहाल्यो लिडरसिप सिध्धिएपछि आन्दोलन सिध्धिन्छ गर्न नमानेर अहिले उहाँ २७ वर्ष भयो जेलमै हुनुहुन्छ । त्यहाँ आन्दोलन छैन् । अब त्यहाँ कोही बोल्ने सक्ने स्थिति छैन् । तर, नेपालमा विचित्र भयो तपाई हामी सबै सौभाग्यशाली छौं । नेपाली जनता महान छन् । हामीे बडो विचित्रसँग शान्ति प्रक्रियामा रुपान्तरण गर्न सक्यौं । शान्ति प्रक्रियामा मात्र रुपान्तरण गरेनौं संघीइ लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौं र लोकतान्त्रिक तरिकाले निर्वाचन लडेर त्यसमा पनि आफूलाई खरो उतार्दै । दुई वटा कम्युनिष्ट पार्टी शान्ति प्रक्रियापछिको निर्वाचनमा तत्कालिन माअ‍ोवादीले अप्रत्यक्ष निर्वाचनमा बहुमत नै ल्यायो । कति हो कति ठूलो पार्टी बन्यो ।

ठूलो हुँदा के हुँदो रहेछ भनेर हामीले चुनावपछि हामीले अनुभव गर्यौं । तत्कालिन नेकपा एमाले सोच्दै नसोचेको उकदमै सानो पार्टी हुन पुग्यो फेरी । २०७० मा आउँदा नेकपा माओवादी पनि खुम्चिएर सानो भयो । एमाले फेरी तन्किएर ठूलो भयो । यी सबै समयबाट पनि हामी गुज्रयौं र हामी संविधान निर्माण र सरकार निर्माण हुँदै पार्टी एकतामा आईपुग्यौं । त्यसैले यसलाई कसैले हल्का रुपमा लिनु हुँदैन । यो धेरै गम्भीर कुरा छ । यसमा हजारौंको पसिना र लाखौंको भावनाहरु जोडिएको छ । त्यहाँ करोडौं जनताका चाहना र आवश्यकताहरु जोडिएका छन् । त्यसकारण हामीले यसलाई त्यो रुपमा बुझ्न जरुरी छ । यो एकता आफैं भएको होइन । आफैं भयो जस्तो गरी साथीहरुले सोच्नुहुन्छ । आफैंआफैं भयो भैहाल्यो भन्नुहुन्छ । आजभोली रहर गर्नुहुन्छ । लाग्नु भएको छ कतिपय साथीहरु । एउटा ऐतिहासिक विचार जनताले विकास गरेपछि हुनेकुरा हो । अझै युद्ध गर्छु भनेर हुँदैन पनि ।

अब हामी शान्ति प्रक्रियामा जानुपर्छ भनेर आएका हौं । फेरी पनि युद्ध गर्न थाल्यौं भने हाम्रो नियति पनि पेरु, श्रीलंकाको जस्तै हाम्रो नियती पनि अरु सशस्त्र विद्रोहीको जस्तै हुन्छ भनेर निष्कर्षमा हामी पुगेकै कारण यो सम्भव भएको हो । यसको गम्भीरता बुझिएन ‘बाइद वे’ यो भएको हो जस्तो गरी बुझियो भने यो सम्पूर्ण परिवर्तनका पछाडि रहेको वैचारिक मान्यता र नेतृत्वको रणनीति नबुझेको ठहरिन्छ ।

अर्कोकुरा नेपालमा वामदेवजीले भनेजस्तो हामीले मौलिक तरिकाले जनवादी क्रान्ति सफल गरेका छौं । यो जनवादी क्रान्ति न चीनको जस्तो भयो न रुसको जस्तो भयो न भियतनामको जस्तो भयो यो नेपालको जस्तो भयो । यो कुरामा पनि हामी सबैको ध्यान जान जरुरी छ । नेपालको जस्तो भयो र त्यो नेपालको जस्तो विचार र नेतृत्व नै चाहिएको थियो । विचार र युद्ध भएकाले सम्भव भयो । हिजो दोस्रो विश्वयुद्धको क्रममा कम्युनिष्ट पार्टीहरु विश्वभर विस्तारित हुँदै फैलिँदै गएका थिए । रुसमा समानताको निर्माण हुँदै थियो ।

जर्मनी नागिहरुसँग रुसी कम्युनिष्ट पार्टी निकै ठूलो लडाइ चलिराखेकै थियो । त्यसबेलामा कम्युनिष्ट क्रान्ति कसरी गर्ने भनेर ठूलो विभेद भयो । हिन्दुस्तानको पार्टी चीनको कम्युनिष्ट पार्टी भन्दा जेठो पार्टी हो । त्यो सन् १९१९ बाटै सुरु भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी १९२१ बाट मात्र स्थापना भएको हो । दुई वर्ष जेठो छ । हिन्दुस्तानको कम्युनिष्ट पार्टी थियो । तर, जनवादी क्रान्तिको चरणमा हिन्दुस्तानको पार्टीले भारतीय जनताको नेतृत्व लड्न सकेन । बरु त्यो साम्राज्यवादीको झन्डैझन्डै किचलोपूर्ण जस्तो हुन पुग्यो । उनीहरुले आफ्नो देशको कम्युनिष्टहरुविरुद्धको लडाइँ । कम्युनिष्टविरुद्धको भारतीय जनताको भावनालाई समेट्न नसकेर रुसी सल्लाहमा स्टालिनले रुस बचाउनुपर्छ भन्ने नाममा संसारभरकिा पार्टीलाई छोडेर भए पनि ब्रिटिस र अमेरिकासँग मिल्नुपर्छ भन्ने नीति थियो । तर, रुस सिध्धिने भयो । त्यो रुसको आवश्यकता थियो ।

तर क्रान्ति निर्यात र आयातको वस्तु होइन, तर, भारतीय कम्युनिष्ट नेताहरुले स्टालिनको सल्लाहमा सशस्त्र संघर्ष पनि रोक्ने कम्युनिष्टहरुले बरु सम्वाद गर्ने अनी भारतीय कांग्रेस महात्मा गान्धीहरु जो अंग्रेजविरुद्धको आन्दोलनकोविरुद्धमा नेताको रुपमा थिए उनीहरुका विरुद्ध जानेजस्तो भएपछि हिन्दुस्तानले कम्युनिष्ट नेतृत्वमा जनवादी आन्दोलन गर्न सकने । यो कमरेडहरुको ध्यान मात्र जाओस कति ठूलो हुँदोरहेछ भनेर तर चिनियाँ कम्युनिष्ट पार्टी माओत्सेतुङ नेतृत्वले स्टालिनको सल्लाहलाई अस्वीकार गरे ।

त्यहाँबाट जापानसँग पनि पुग्नुपर्छ भन्ने स्टालिनको सल्लाह थियो । हाम्रो देशको परिस्थितिमा हामी जापानी साम्राज्यवादसँग लडेर मात्र हामी सामान्तवाद र साम्राज्यवादलाई परास्त गर्न सक्छौं भनेको हुनाले अनि स्टालिनले माओत्सेतुङलाई यो कम्युनिष्ट पनि होइन यो सामान्य विद्रोही किसान नेता मात्रै हो भनेर आलोचना अपमान गरेका इतिहास पनि छन् । तर घटनाक्रमले के साबत गर्यौ भने माओत्सेतुङको नेतृत्व सहि थियो । त्यसले जनवादी क्रान्तिलाई उचाइमा पुर्यायो । समाजवादको ठूलो किल्लामा परिणत हुने स्थानमा पुर्यायो । हिन्दुस्तान अहिले हेर्यो भने के कारणले यस्तो भयो भन्दा त्यो आन्दोलनको नेतृत्व लिन सकेन ।

हामीले नेपालमा के गर्यौं भने सामन्तवादकाविरुद्धको लडाइमा हामी कम्युनिष्टहरु सक्रिय रुपमा लाग्नुपथ्यो । हामीले त्याग, तपस्या, बलिदानका किर्तिमानहरु कायम गर्नुपर्छ । हामी जनतासँग जोडिनुपर्छ । विभिन्न जाति क्षेत्र समुदाय सबैसँग जोडिनुपर्छ । उनीहरुका माग भावना र आवश्यकताका लागि कम्युनिष्टहरु च्याम्पियन भएर निष्कनुपर्छ । भन्नेमा हामी स्पष्ट भयौं । र हामी एक्लैले सबै कुरा सक्छौं भनेर सोचेनौं । हामी विश्वको परिस्थिति, क्षेत्रिय र देशको परिस्थितिलाई हेरेर हामी मिल्न सक्नेजति मिलेर, अलग्याउनुपर्नेलाई अलग्याएर विजय हाँसिल गर्न नयाँ बाटो हिँड्नुपर्छ भनेर हामीे सोच्यौं तपाईहरु विचार गर्नुहोला ।

हामीले यो नगरेको भए के हुन्थ्यो भनेर सोच्यौं भने बडो भयानक चिन्ता आउँछ । तपाईहरु कत्तिको सोच्नु भएको छ रु हामीले सहि सोच्यौं त्यसकारण रोल्पामा आमीले वामदेव र युवराजजीसँग सम्झौता गर्यौं । त्यसकारण सिलगुढीमा भए भरका नेपालका पार्टीहरुलाई बोलाएर छलफल गर्यौं र संविधान निर्माणमा जाऔं भन्यौं । हामीले सबै जातजाती वर्ग समुदाय क्षेत्र उत्पीडनमा परेका सबैलाई एक ठाउँमा ल्याउने काशिस गर्यौं । तर, हामी के कुरामा अहंकारी भएनौं त भन्दा त्यति हुँदा पनि अहिलेको विश्व परिस्थितिमा कम्युनिष्ट एक्लैले सामान्तवादमाथि विजय हाँसिल गर्ने सम्भव अहिले छैन् । हामीले बुर्जुवाहरुको सहयोग लिनुपर्छ ।

हामीले प्रतिक्रियावादी वर्गा हुँदाहुँदै पनि उनीहरुसँग पनि सहकार्य गर्नुपर्छ भनेर हामीले सहकार्य गर्यौं । र बुर्जुवाहरुको पनि सहयोग लियौं । तर त्यो आन्दोलनमा नेतृत्व बुर्जुवाको चाँही हुन नपाओस् । कम्युनिष्टकै नेतृत्व होस प्रगतीशील वामपन्थीहरुको नेतृत्व होस भन्ने कुरामा हामी सजग थियौं । तपाईहरुलाई लाग्ला नेतृत्व त्यत्तिकै आयो त्यत्तिकै परिवर्तन भयो । हामलिे कम्युनिष्टलाई पनि साथ दिनुपर्छ तर, आन्दोलनको मूल नेताको रुपमा कम्युनिष्टलाई कसरी स्थापित गर्ने भन्ने कुरामा हामी सतर्क छौं । र हामी राजतन्त्रको निम्ती लडाइको नेताको रुपमा आफूलाई प्रस्तुत गर्यौं । कांग्रेसले त्यो नेताको रुपमा आफूलाई प्रस्तुत गर्न सकेन ।

कांग्रेस सम्झौतावादी, यथास्थितिवादी बाध्य भएपछि उनीहरु अलिअलि अगाडि सर्न खोज्ने नत्र नसर्ने रुपमा प्रस्तुत भयो । त्यसकारण म बेलाबेलामा भन्छु –इतिहासमा हिरोले मात्र परिवर्तन गर्दैन भिलेनको पनि रोल हुन्छ । नेगेटिभ हुन्छ तर, रोल चाँही हुन्छ । भिलेनले साह्रै मूर्खत गरिदिएन भने हिरोलाई सफल हुन गाह्रो हुन्छ । साह्रै नै अत्याचार नै मूर्खता गर्छ भिलेनले त्यसैले हिरोको अगाडि सबै चुक्नुपर्ने हुन्छ । यहाँ पनि त्यस्तै भयो । यही कम्युनिष्ट पार्टीमा सबै जनता जुट्ने स्थिति बन्यो । र अहिले आउँदा जो दुई तिहाईो हामी कुरा गरिरहेका छौं । यही चेतनाको कारणले सम्भव भयो । तर, यो जनवादी पार्टी चीन जस्तो छैन् । त्यहाँको जस्तो कुनै कम्युनिष्ट पार्टीले कुनै युद्ध जितेर पुरानो सेनालार्य जितेर आफ्नो सेना स्थापना गरेको त हामीले होइन । हामीले त सेना समायोजन भन्या छ उता शान्ति सम्झौता भन्या छ ।

हामी त्यसो गरेर अगाडि बढ्यौ । संविधानसभा भन्दा रुसको एउटा कुरा भनिहालौं– त्यहाँ संविधानसभा भने भने तर अक्टोबर क्रान्तिपछि त्यही संविधानसभाको काम छैन् भनेर विघटन गरिदियो । हामीले त विघटना गरेनौं अर्को चोटी संविधानसभा गरेरै भए पनि संविधानसभाबाटै संविधान बनाएकोलाई मान्ने भन्यौं यो हाम्रो मौलिकताभित्रको एउटा पक्ष हो । र हामी संघीय लोकतान्त्रि गणतन्त्रमा लगेरै छोड्यौं । संवैधानिक पाटोबाट, लोकतान्त्रिक तरिकाबाट लग्यौं र हामी आज यहाँ छौं । त्यसकारण जनवादी क्रान्ति र हाम्रो मौलिकतामा सम्पन्न भयो । र हामी समाजवादतर्फ अगाडि बढ्ने कुरा पनि हाम्रो मौलिकतामा नै अगाडि बढ्ने हो । हामी आज जनयुद्ध र जनआन्दोलनका शहीदहरुलाई सम्मान गर्दैछौं । हामीले एकअर्काप्रति बधाई शुभकामना आदानप्रदान गर्दैछौं । हामीले आज प्रतिज्ञा गर्ने कुरा भने समाजवादको निम्ति हामीले फेरी मिहिनेत गर्छौं । फेरी आन्दोलन गर्छौं तर नयाँ तरिकाले ।

शान्तिपूर्ण तरिकाले जनताको मन जितेर । जनताको हक अधिकारका लागि बृहत्तर योजनामा अगाडि बढेर हामी नयाँ तरिकलो युद्ध गर्नेछौं । आज दिन भनेको त्यही प्रतिज्ञा गर्ने दिन हो । तपाई हामीले विचार धारामा अलिकति ध्यान दिनुपर्नेछ । हाम्रो राजनीतिक कार्यदिशामा अलिकति ध्यान दिनुछ । हामीले जनताको भावनालाई जित्ने, संगठनलाई सुदृढ गर्ने, विस्तार गर्नेछ । एकापट्टी कम्युनिष्टहरुको एउटा रोगले पार्टी एकताको संकट मैले राष्ट्रियसभा निर्वाचनमा भनेको थिएँ । हाम्रो रोग हामी आफैं हो । विरोधीले त हामीलाई कसैले पनि पछार्न सकेन । आन्दोलन र क्रान्तिमा जहिल्यै पनि कम्युनिष्टहरु विजयी भएर आए । तर सत्तामा पुगेपछि कम्युनिष्टहरु जुन किसिमको वैचारिक स्खलनको प्रक्रिया त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो ।

काल त्यही भयो । त्यत्रो पहिलो विश्वयुद्धमा एक करोड र दोस्रो विश्वयुद्धमा २ करोड मान्छे मरेर बनाइएको स्वभियत युनियन एउटा गोली पनि नपड्काइकन पूँजीपति र साम्राज्यवादीहरुको हातमा गयो । कम्युनिष्ट नेताहरुमा भएको भ्रष्टीकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थ भएर, अन्धो भएर सबै चीज नमजक ढंगले विश्लेषण गरेर हुन जाँदा यस्तो दुर्गती वेहोर्नु परेको छ कम्युनिष्ट आन्दोलनले । हामीले यस्तो पक्षमा ध्यान दिनुछ ।

हामी नेपाली कम्युनिष्टहरुले केही मौलिक विचार सञ्चत गरेका छौं । नेतृत्वहरुमाथि दोषारोपण भन्दा हाम्रा नेताहरुको ४०र५० औं वर्ष त्याग गरेका नेता÷कार्यकर्ताहरुो विशाल जमात छ । यसलाई एउटा धारतिर लान हामीले सक्यौं भने नयाँ ढंगको कम्युनिष्ट । नेपालमा म चाँही नेपाल कम्युनिटी कति पनि छैन् भन्ने कुरामा विश्वस्त छु । म डग्नेटिग भएको भए मसाल भन्नेलाई विघटन गर्दैन थिएँ । म महामन्त्री भएको थिएँ । महामन्त्री हुन्जेल चलाइराख्नु भनेको भए पनि हन्थ्यो । मैले एकता केन्द्र विघटन गर्दैन थिएँ । मैले माअ‍ोवादीलाई शान्ति प्रक्रियामा ल्याउँदैन थिएँ । अनि माओवादी विघटन गरेर अहिले नेकपा हुने थिएन । समाजवादप्रति अगाद विश्वास छ ।

राष्ट्र जनताप्रति माक्र्सवादप्रति, शिद्धान्तप्रति हाम्रो निष्ठा छ । समाजवाद र साम्यवादको उदेश्यप्रति हाम्रो अगाद विश्वास छ । त्यहाँबाट दायाँबायाँ हुन हामी सक्दैनौं । आजको दिन भनेको हामीले सबै सशस्त्र संघर्षका सहिदहरु, जनयुद्ध, जनआन्दोलनका सहिदहरु सबैलाई स्मरण गर्न भनेर हामी चाँही स्वभियत युनियनका कम्युनिष्टहरु जस्ता नभइयोस् । हामी रोमानियका जस्ता नभइयोस हामी निरन्तर अगाडि बढ्ने एउटा गतिशिल योगदान दिने भौतिकवादी कम्युनिष्ट भइयोस् भनेर संकल्प दिने दिन हो । सबैसँग अपिल गर्दै फेरी एकचोटी जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिद योद्धा, घाइते अपाङ्ग सबैलाई सम्मान गर्दै मेरा भनाई टुंग्याउँछु धन्यवाद !