अन्टुफ प्रदेश २ ले जनयुद्ध दिवस जितपुरमा मनाउँदै

प्रकाशित मिति : बुध, माघ २९, २०७६

२९ माघ ०७६, बारा । अखिल नेपाल ट्रेड युनियन महासंघ बाराको बैठक सम्पन्न भएको छ ।

बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ का इन्चार्ज सोनालाल शाहको प्रमुख आतिथ्य रहेको बैठकमा प्रदेश २ महासंघका अध्यक्ष अर्जुन चिमरियाको विशेष उपस्थिति रहेको थियोे ।

बेनी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भोलि २०७६ फाल्गुन १ गतेका दिन जनयुद्ध दिवस बारा जिल्लाको जितपुरमा मनाउने निर्णय गरेको छ ।

यस्तै जिल्ला भित्रका सबै पेसाका संगठनहरूलाई क्रियाशील बनाउँदै श्रमिक अधिकार प्राप्तिका लागि सामाजिक सुरक्षासम्बन्धी प्रशिक्षण लगायतका विभिन्न निर्णय बैठकले लिएको बैठकका अध्यक्ष बेनी प्रसादले जानकारी दिए ।

उनले इन्चार्ज साहबाट श्रम ऐनको दफा १४५ लगायतका श्रमिक बिरोधी दफाहरूको भण्डाफोर गर्दै सबैले जिम्मेवारीपूर्वक सांगठनिक कार्यमा लाग्न निर्देशन भएको बताए ।

यस्तै महासंघ प्रदेश २ का अध्यक्ष अर्जुन चिमरियाले जिल्ला महासंघ प्रदेश २ को नमूना जिल्ला बनाउन जिल्ला समिति सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।