दिपक केसीको नेतृत्वमा यातायात मजदुर बागमती प्रदेश कमिटी पुनर्गठन

प्रकाशित मिति : बुध, माघ २९, २०७६

 

२९ माघ ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेश कमिटीकाे बिस्तारित बैठकले प्रदेश कमिटी पुनर्गठन गरेको छ ।

बुधबार महासंघको कार्यालय पेरिसडाँडामा बसेकाे अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशको बिस्तारित बैठकले कमिटी पुनर्गठन गरी दिपक केसीको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरेको हो ।

केसीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्ष जय केसी, डम्बर सिंह ठकुरी, कुमारी शाह, सचिव बिष्णु गुरुङ, काेषाध्यक्ष कमल पाेखरेल, सचिवालय सदस्यहरू सूर्य तामाङ, जेवी कार्की, नरबहादुर राना, सनत उप्रेती, कृष्ण कार्की साथै सदस्यहरू रमेश गुरुङ, भागवत दाहाल, दिलबहादुर मिर्चिङ, श्रीकृष्ण खत्री, महेश खड्का, नविना खड्का, भिम थाेकर, देव लामा, दुर्गा श्रेष्ठ, लालप्रसाद गुरागाई, राजु श्रेष्ठ, अमृत भण्डारी, रबिन्द्र भुपाल प्रधान, टंक खत्री, निरज केसी, खड्ग भण्डारी, शशी पराजुली, तिलक ढुंगाना, खपल प्रसाद दंगाल, वाङ्गेल लामा, नवराज चाैलागाई, निलकण्ठ उप्रेती, हरि ढुंगाना, कृष्ण दाहाल, कृष्ण थपलिया, मिलन राई, कृष्ण श्रेष्ठ लगायत रहेका छन् ।

उक्त बिस्तारित बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज जय कार्की, उपाध्यक्ष एसबी थापा, सचिव एवम् अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष साेम तामाङ, उपाध्यक्ष संगम लिम्बु, महासंघ बागमती प्रदेश उपाध्यक्ष रामचन्द्र कार्की, यातायात मजदुरका उपाध्यक्ष शरद सुवेदी लगायतको विशेष उपस्थिति रहेको थियो ।