दिल्लीमा केजरीवालले ६२ सीटमा ह्याट्रिक गरे पछि,मोदीले दिए बधाई

प्रकाशित मिति : बुध, माघ २९, २०७६

एजेन्सी । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ६२ सीटमा विजय भएको छ । कुल ७० सीटको विधानसभामा आपले ६२ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा ८ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ ।

दिल्ली विधानसभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । दिल्लीका मुख्य मन्त्री केजरीवाल विधानसभाका लागि भारी मतले बिजय भएका छन् ।

आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा)का सुनीलकुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेका छन् ।

आपले विजय हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो पार्टी र अरविन्द केजरीवाललाई बधाई दिएका छन् । विजयी उम्मेद्वारहरुको शपथ ग्रहण समारोह शुक्रबार दिल्लीस्थित रामलिला मैदानमा हुनसक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा पनि आपले ६७ सिटमा जित हासिल गरेको थियो । दिल्लीमा आपको उदय हुनुअघि काँग्रेस आइले लगातार ३ पटक सरकार बनाएको थियो । त्यसको नेतृत्व शिला दिक्षितले गरेकी थिइन् । यो पटक भने काँग्रेसका ६२ जना उम्मेद्वारको जमानत नै जफत भएको छ । फोटो, BBC Hindi