१३ वर्षकी केटीलाई १० वर्षको केटाले गर्भवती बनाएपछि,मेडिकल साइन्सको दावीमाथि चुनौती

प्रकाशित मिति : शुक्र, माघ २४, २०७६

मस्को । मेडिकल साइन्सले १० वर्षको केटा पिता बन्न नसक्ने र १३ वर्षकी केटी पनि आमा बन्न नसक्ने बताउँछ । तर रुसको एक सहरमा मेडिकल साइन्सको यो दावीमाथि चुनौती खडा भएको छ ।

यहाँ एकै स्कुलमा पढ्ने दुई बच्चाबीच माया प्रेम बस्यो र उनीहरु माता–पिता बन्ने भएका छन् । सुरुमा डाक्टरले यो दावी अस्वीकार गरे । तर, एक स्थानीय डाक्टरले १० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्न लागेको पुष्टि गरेका छन् ।

यो घटनाको बारेमा विश्वभरी चर्चा भइरहेको छ र दुवै बच्चाले आफ्नो परिवारको स्वीकृति लिएर टिभीमा आफ्नो पुरा बयान समेत दिएका छन् ।

माता–पिता बन्न गइरहेका यी दुई बच्चामा केटो १० वर्षका छन् । उनको नाम इभान हो । केटीको नामा दारिया हो । दारिया ८ हप्ताको गर्भवती रहेकि छन् । एक वर्ष अगाडि दुवैको भेटघाट भएको र मित्रता बढेको दुवैले टिभीमा बताएका छन् ।