लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्दा सर्बसाधारण मारमा

प्रकाशित मिति : बुध, माघ २२, २०७६

काठमाडौं । प्याजको मूल्य वृद्धिको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा फेरी मारमा छन् । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ ।

२५ दिन अघि २६० रुपियाँमा पाइने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ । नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य पनि आकासिएको हो । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई रहेको छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाई छ ।