रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक सभापति घर्तीद्धारा संसदमा पेश

प्रकाशित मिति : मङ्ल, माघ २१, २०७६

काठमाडौं । रेडियोधर्मी पदार्थको नियमन सम्बन्घमा व्यवस्था गर्न बनेको विधेयक ,२०७६ संसदमा पेश गर्न लागिएको छ ।

मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले उक्त विधेयक पेश गर्ने कार्यसूची छ ।

रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग , त्यससम्बन्धी अध्ययन अनुसन्धान गर्नै प्रयोजनका लागि आवश्यक कानून निर्माण गर्न विधेयक पेश गर्न लागिएको छ ।

लामो छलफलपश्चात गत मंसिर २३ गते समितिले सर्वसम्मत यो विधेयक पास भएको थियो । विधेयक पास भएपछि थप छलफलका लागि सदनमा पेश गरेको हो ।