नेपालमा भारतीय विस्तारवाद र त्यसका दिर्घकालीन समस्याहरु- भाग चार

सुदर्शन प्रधान प्रकाशित मिति : सोम, माघ २०, २०७६

आर्थिक सम्वृद्धि र राष्ट्रियता घनिष्ट सम्बन्धित कुराहरु हुन । भ्रष्ट शासकहरले राष्ट्रलाई कमजोर तुल्याउनाले आज देशको शिक्षक कर्मचारी, सेना, प्रहरी र विकास निर्माणको लागि पनि दातृ राष्ट्रहरुको अनुदान लिने र ऋण लिन परिरहेछ । त्यस्तो अनुदान र ऋण संग्लो आउदैन, त्यसको साथसाथै उनिहरुका राजनीति, संस्कृति, धर्म दर्शन सबै कुराहरु भित्रिन्छन । अभावकै कारणले यहाँका महत्वपूर्ण बौध्दिक, पत्रकार, नेता, नोकरशाह र सेना, प्रहरीका उच्च ओहदाका मान्छेहरुलाई उनिहरुले आफ्नो प्रभावमा पार्छन र आफ्नो स्वार्थमा परिचालन गर्छन । तथापी देशभक्ति र राष्ट्रभक्ति भन्ने कुरा एउटा भावनात्मक कुरापनि हो, बरु उ छाप्रोमा बस्छ, ढिडोफाँडो खान्छ, पैदल हिडछ, छोराछोरीलाई गाईवाख्रा चराउन पठाउँछ, साधारण कपडा लगाउँछ । धनसम्पतिको लागि देशद्रोही, राष्ट्रद्रोही बनेर शहरको आकाश छुने भवनमा बस्ने, उच्चस्तरको खाना, विदेशी महंगा गाडी, छोराछोरीलाई विदेश पढ््न पठाउने, तडकभडक भई हिडने गर्दैनन । हामी विर बलभद्र, अमर सीं, भक्ति थापा जस्ता महान देश भक्त योध्दाहरुबारे पढछौ । जीवनमा महान कार्यहरु गरेकोले ईतिहासले उनिहरुलाई सम्मान गरेको हो । १०४ वर्ष राणाहरुले लुटनुलुटे, विलासी जीवन बिताए जनताका रगत, पसिना र आसुँमा तर ईतिहासमा ति सबै घृणीत र तिरस्क्रृत पात्र बने ।
सन १९३० को दशकमा तत्कालिन सोभियत संघमा जमिन, ताल, माछा, पोखरीहरु, खानी, पशुपंक्षी पालन, फर्महरु, उद्योग, कल–कारखानाहरु सामुहिकीकरण र स्वास्थ्य, शिक्षा, यातायात, बैँक जस्ता संस्थाहरु राष्ट्रियकरणको कारणले खाद्यन्नको मूल्य थिएन भनौँ नगन्य थियो र माछामासु, फलफुल, तरकारी, दलहन, तेलहरुको मुल्य पनि अति न्युन थियो । सामन्त, जमिनदार र सुदखोरहरु पूर्ण रुपमा निस्तेज भएको थियो । सोभियत संघको पञ्चवर्षीय योजनाको प्रतिफल पनि हो यो । जुन मानव इतिहासमै विलकुल नयाँ परि घटना थियो । यहि बेला अमेरिका, क्यानडा, जर्मन, व्रिटेन, फ्रान्स, ईटली जस्ता पँुजीवादी मुलुकहरुमा चाहिँ आर्थिक मन्दी छाउन सुरु गरेको थियो । यसको पछाडी जनसंस्थाको वृद्धि, प्राकृतिक श्रोतहरुको अभाव एसिया, अफ्रिका, लेटिन अमेरिकी उपनिवेश मुलुकहरुमा जनताको मुक्ति आन्दोलन र तिनलाई दबाउन ठूलो आर्थिक, भौतिक र मानविय शक्ति र स्रोतहरुको लगाानी नै हुन ।
तत्कालिन स्टालिन नेतृत्वको सोभीयत संघको संवृद्धिको अर्को महत्वपूर्ण रहस्य के थियो भने मानवीय शक्ति र श्रोतको व्यापक, विस्तृत र व्यवस्थित परिचालन थियो । १८–५५ वर्षका सक्रिय श्रमशक्ति दिनको ८ घण्टा श्रम गर्थे । देशको र जनताको चिन्ता लिने युवाहरु १४–१६ घण्टासम्म पनि आफ्नो काममा लागिरहन्थे र उनिहरु बिदाको दिन पनि श्रम गरिरहन्थे । जुवा, तास, अनर्थका गफ र छलफल अनि यन्त्रित मदिरा पूर्ण प्रतिबन्ध थियो । सम्पूर्ण श्रमशक्ति खेतवारीहरुमा, कलकारखाना, उद्योग, खानी, कृषी पशुपालन, माछाफर्महरुमा अहोरात्र खटिरहन्थे । यसमा पार्टी सदस्यहरु र महिलावर्ग ज्यादै सचेत र सक्रिय हुन्थे । ति हरेकमा आफ्नो ईमान्दारता, कर्तव्य परायणतामा सोभियत संघको भविष्य अन्तरनिहीत छन भन्ने समझदारी थियो । वास्तवमा चीनको विकासको मूल रहस्य पनि स्टालिनकालीन सोभियत संघको पथमार्गलाई पछयाएर नै भएको हो ।
त्यतिमात्र हैन स्टालिनकालीन सोभियत रुसले शिक्षण, वैज्ञानिक प्रविधि, साहित्यकला, दर्शनको विकास र ति सवै कुराहरु विश्व भरिका परिश्रमीवर्ग मानवजातीको उत्थानमा केन्द्रित हुनपर्छ र हरेक ठाउँमा समाजको आधाआवादी महिला वर्गको विशेष भूिमका हुनपर्छ भन्ने अवधारणा राख्थे । उनकै दुरदर्शीता र सहयोगले पूर्वी युरोप, मंगोलिया र चीन मुक्त भएको हो । कालान्तरमा सोभीयत संघमा स्टालिनको निधन पश्चात नयाजारहरुले उलटपुलट पारे, हरिविजोग पनि बने । आज स्टालिन ईतिहास बनेको छ संसार भरिको मानव जातीको उज्जवल भविष्यको लागी । “स्टालिनले धेरै मान्छेहरु मारे” भनेर बदनाम गर्नेहरु पनि छन । त्यो प्रचार गर्ने मुख्य त अमेरिकी र युरोपियनहरु हुन अझ यहुदीहरु । दोस्रो महायुद्धमा हिटलरी जर्मनले ६० लाख यहुदीहरुका हत्या गरे र ठूलो विनाश मच्चाए युरोप भरि । जुन फासिस्ट शक्तिलाई सतेचुर्ण पार्ने काम स्टालिन कमाण्डको रुसी लालसेनाहरुले गरेका थिए । बरु स्टालिनको मार्गदर्शक लेनिन र उत्तराधिकारी किरोभको हत्या गर्ने हत्याराहरु, कृषिफर्म, पशुपंक्षी फर्म जलाउने अपराधीहरु, सोभीयत संघ विरुद्ध विद्रोह गरि सम्पूर्ण नेता कार्यकर्ताहरु विनाश गर्ने लक्ष्य बोकेका आतंकवादीहरु चाहिँ सफाया भएको हो । यदी त्यसो गर्न नसकेको भए स्टालिन साँच्चीनै स्टालिन बन्न सक्थेन । के स्टालिन शान्ती ? शान्ती ? भनेर मानव कसाईहरु सामु घांटी तन्काएर बस्न पथ्र्यो ? दोस्रो महायुद्ध पछि लाखौँ करोडौँ निर्दोश र निरपराध जनताको हत्या गर्ने हत्याराहरु नै सबभन्दा बेसी चिल्लाउँछन््, “स्टालिनले धेरैको ज्यान लियो” भनेर । अनी तिनका दुई पैसे लेखक, पत्रकार, विद्धान भन्नेहरु पनि । जसको दुस्प्रभाव हिजोको सोभीयत संघ, रुस र संसारभरिको नयाँ पुस्तालाई परेको छ । अव विश्वव्यापी जनमानसले यथार्थ र सत्य कुराहरु बुझ््नुपर्छ र आँखा खोलेर अगाडी लम्कनुपर्छ । वास्तविकता के हो भनेर ।
नेपाली समाजमात्र हैन कि सिङ्गो संसारको मानव समाजको आर्थिक, भौतिक र सम्वृद्धि अनि यो जीवित ग्रहको सुरक्षाको लागि एकमात्र मार्ग ९० वर्ष अघि जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघले हाँसिल गरेको उपलब्धिको मार्गलाई पछयाउनु पर्छ । अर्को मार्ग नै छैन । जहाँसम्म युरोप र अमेरिकाको आर्थिक, भौतिक सम्पन्नता देखिन्छन ति त मानव समाज र सभ्यतालाई ध्वंस गर्ने वमगोला, बन्दुकहरु विक्री गरी आर्जन गर्ने धन र प्रकृतिलाई विनाश गरि प्राप्त कुराहरु हुन । वर्तमान विश्वभरिको युद्ध र गृहयुद्धहरु, रगतको नदी र आसुँका तालहरु र पृथ्वीको तिव्र असन्तुलन र त्यसले व्युत्पत्ती गरेका भयानक संकेतहरुका मूल कारकहरु विश्वव्यापी पश्चिमाहरुका अप्राकृतिक आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक र दर्शनहरु हुन । वर्तमान चीन र रुसका शासक वर्गहरु पनि अन्तत उही पूंजीवादी मार्ग पछयाईरहेछन । जुन दर्शनले अन्तत १ प्रतिशत छट्टु धुर्त, सुदश्खोर मान्छेहरु सम्पन्न भईरहने र ९९% परिश्रमी, सोझासिधा जनता कङ्गाली र हरिविजोग पथमा गईरहने बनाउँछ । साथै तिनको पथदर्शनले पृथ्वीको जैविक विविधताको अस्तित्व पनि लोप पार्छ र यो मानव समाज र सभ्यता पनि ।
स्मरणरहोस जोसेफ स्टालिनकालमा प्रकृती र पर्यावरणको असन्तुलनले पृथ्वीमा जैविक विविधताको अस्तित्व र मानव समाज र सभ्यताको अस्तित्व नै खतरामा भएको कुरा वैज्ञानिकहरुले पत्ता लगाएका थिएनन । स्टालिनको निधन भएको १० वर्षपछि अमेरिकी महिला वैज्ञानिक राचेल कार्सनले सन १९६२ मा शान्त वसन्त पुस्तक निकालेपछि यो सुरुभयो र आजसम्म थुप्रै कुराहरु पत्ता लाग्यो । पृथ्वीको बढदो तापक्रम, अम्लीय वर्षाद ओजनपत्रमा भ्वाङ जस्ता थुप्रै कुराहरु । कार्लमाक्र्सले पत्ता लगाएको र जोसेफ स्टालिनले कार्यन्वयन गरेको उत्पादनका साधनहरु सामुहिकिकरण र राष्ट्रियकरणको सवाल यो यस्तो हो कि संसारभरि यो स्थापित भए भने प्रकृति र मानव समाज दुवै बच्ँछ ।

क्रमश: भाग- पाँच