नेकपाको बैठकमा समूहगत छलफलका लागि टोली नेता छान्नै मुस्किल

प्रकाशित मिति : बिहि, माघ १६, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलका लागि टोली नेता छान्नै मुस्किल परेको छ ।

१५ वटा समूह बनाउने भनिएको भए पनि अहिलेसम्म अधिकांश टोलीले नेता छान्न सकेको छैन ।

पेरिसडाँडामा रहेको १२, १४ र १५ नम्बर ग्रुपले आफ्नो समूहको नेता छानिसकेको छ ।

जसमा १४ नम्बरमा राम कार्की टोली नेता र शिवमाया तुम्वाहाङ्फे चयन भएका छन् भने १५ नम्बर समूहमा टोली नेता लेखनाथ न्यौपाने र टोली उपनेतामा सावित्रा भुसाल चयन भएका छन् ।

१२ नम्बर समूहमा प्रचण्ड पुत्री रेणु दाहाल चयन भएकी छन् ।

प्रत्येक समूहमा ३० जना सदस्य छन् तर एउटामा ३१ जना रहेको नेकपाले जनाएको छ । टोली नेता छान्न पनि भागबण्डा गर्नुपरेको छ ।

त्यसैगरी अहिलेसात नम्बर टोलीले पनि आफ्नो टोली नेता चयन गरेको छ । टोली नेतामा पूर्णाकुमारी सुवेदी छन् भने ८ नम्बर टोलीले नेता एकजना र उपनेता दुईजना चयन गरेको छ ।

८ नम्बर समूहको नेतामा बिन्दा पाण्डे तथा उपनेतामा बलराम बास्कोटा र वलावती शर्मा चयन भएका छन् ।