श्रम शोषण गर्ने र श्रमिक मारा रेग्मीलाई बोर्डको CEO बनाउदा नेपालको पर्यटन क्षेत्रकै लागी बेइज्जतै हो : अध्यक्ष ढुंगाना

प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६

काठमाण्डौं । पर्यटन क्षेत्रको मुख्य संस्था नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको छ्नोट प्रक्रियामा हिमालयन रिसर्च एण्ड एक्सपिडिसन प्रा।लि का संचालक धनन्जय रेग्मी समेत पर्नुले हामीलाई गम्भीर बनाएको छ।

पर्यटन क्षेत्रमा कृयाशिल मजदुरहरुको श्रमशोषण गर्न र श्रमिकहरुको मागको सुनुवाइ गर्नुको सट्टा डरधम्की देखाउने रेग्मी बोर्डको CEO बन्न खोज्नु नेपालको पर्यटन क्षेत्रकै लागी खतरा हो।

५ बर्षसम्म बिना नियुक्ति काम गराएर बिना क्षतिपुर्ती ट्रेकिङ गाइड जस बहादुर राई (जे.बि) लाई कामबाट निकाल्ने र समस्या समाधानको लागि अनुरोध गर्दा मजदुर र मजदुर संगठनलाइ समेत दुव्र्यवहार गर्ने रेग्मी बिरुद्धको मुद्दा समाधान नभएसम्म निजको छनोट प्रक्रिया रोक्नको लागि सम्बन्धित निकाय संग अखिल नेपाल पर्यटन मजदुर संघ अनुरोध गर्दछ।

अखिल नेपाल पर्यटन मजदुर संघ पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुको हक, हित र अधिकारको निमित्त काम गर्ने संगठन भएको कुरा सबैमा ज्ञातनै छ। हाम्रो संगठन जे। बि राइको मुद्दा सम्बोधन नभएमा हामी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछौ।
अखिल नेपाल पर्यटन मजदुर संघ केन्द्रिय समिति