स्वास्थ्य श्रमिककाे गण्डकी प्रदेश भेला सम्पन्न, अध्यक्षमा अन्जु नेपाली

यस.बि. थापा, प्रकाशन विभाग प्रकाशित मिति : आइत, पुस २०, २०७६

१९ पुस ०७६, कास्की । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकी प्रदेशको भेला सम्पन्न भएको छ ।

पोखरामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजकाजी गुरुङकाे प्रमुख अातिथ्यतामा स्वस्थ्य श्रमिककाे भेला सम्पन्न भएको हाे ।

भेलाले गण्डकी प्रदेश इन्चार्ज रमेश बाेहरा, अध्यक्ष छविलाल पाैडेल, उपाध्यक्ष सूर्य सुवेदी, सचिव चन्द्रवती श्रेष्ठ, काेषाध्यक्ष अाशा देवकोटा पदाधिकारी रहेको १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

यस्तै साेही भेलाले अन्जु नेपालीको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल स्वास्थ्य श्रमिक संघ बागलुङ, एककुमार भण्डारीको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल स्वस्थ्य श्रमिक संघ म्याग्दी, शेरबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल स्वास्थ्यश्रमिक संघ कास्की, डाेलनाथ गाैतमको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल स्वस्थ्य श्रमिक संघ स्याङ्जा, चन्द्रवती श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल स्वस्थ्य श्रमिक संघ तनहुँ, गणेश थपलियाको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गाेरखा, शारदा उप्रेतीको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल स्वस्थ्य श्रमिक संघ लमजुङ साथै कमलप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल स्वास्थ्य श्रमिक संघ पाेखरा महानगर कमिटी गठन गरेकोे छ ।

उक्त भेलामा अन्टुफ उपाध्यक्ष अर्जुन छन्त्याल, काेषाध्यक्ष घनश्याम ठकुरी, अखिल नेपाल स्वस्थ्य श्रमिक संघकी अध्यक्ष निशा खरेल, अन्टुफ गण्डकी प्रदेश अध्यक्ष रूद्र गाैतम लगायतकाे अातिथ्यता रहेकोे थियोे ।

टंकराज पौडेलको अध्यक्षतामा भएको साे भेलाको सञ्चालन छविलाल पाैडेलले गरेका थिए भने स्वागत मन्तव्य रमेश बाेहराले राखेका थिए ।