कविता: नवबर्ष २०२० सुस्वागत तिमीलाई

कविता

स्वर्निम गुरुङ प्रकाशित मिति : मङ्ल, पुस १५, २०७६

स्वर्निम गुरुङ, जोरेथाङ, दक्षिण सिक्किम

नयाँ बर्ष तिमी आउँदा
नयाँ खुसी
नयाँ उमङ्ग
नयाँ जोश
लिएर आउँनु।
अपार हौसला
अडिग हिम्मत
असिमित जाँगर
लिएर आउँनु।
नरोकियोस पाइला कतई
थाकेर बिच बाटोमा त्यसै
लड्न सकौं
हर मुश्किलसँग
देशको सौभाग्य बोकेर आउनु।
डटेर हिड्न सकौं
कर्तव्यपथमा
सत्बुद्धि र सत्मार्गको ढोका
उघारी आउँनु,
पखाल्न सकौं मनका
सारा द्वेष, क्लेष
सद्भावना र सुविचारको
कोशेली लिएर आउँनु।
देख्न नपरोस दुर्दिन कसैले
हर घरमा खुसियाली
लिएर आउँनु
दिन, दुस्खी, निमुखाहरूको
बलियो समय
बनेर आउँनु।
अशान्ति, हाहाकार नरहोस कहीं
शान्तिको मशाल
बोकेर आउँनु।
समाजलाई विकृतिमुक्त गर्ने
दृढ़ संकल्प
लिएर आउँनु।
नवबर्ष सुस्वागत तिमीलाई !