यातायात मजदुर संघ कास्कीको जिल्ला भेला पौष १९ गते, १५ दिने अभियान शुभारम्भ

प्रकाशित मिति : शनि, पुस ५, २०७६

अ.ने. यातायात मजदुर संघ केन्द्रीय अध्यक्ष सोमहादुर तामाङका साथमा कास्की जिल्ला कमिटी

अखिल नेपाल यातायात मजदुर संघ कास्कीजिल्ला समितिको वैठक संगठनका केन्द्रीय अध्यक्ष सोम बहादुर तामाङको प्रमुख आतिथ्यता र जिल्ला महासंघ अध्यक्ष नवीन अधिकारी सचिव गुडाराज बास्तोला र संघका उपमहासचिव बिबेक भुजेल आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठक अध्यक्षता जिल्ला समितिका अध्यक्ष रेशम वहादुर सिंखडाले गर्नु भयको थियो । बैठकमा कास्की जिल्लाको यातायात मजदुर संगठनको बर्तमान अवस्था र आगामी दिनमा संचालन गर्नुपर्ने कार्यक्रमका विषयमा विशेष वहश र छलफल गरी १५ दिने अभियान संचालन गर्ने निर्णय गरेको अध्यक्ष सिंखडाले जानाकारि दिय।

बैठकले संगठनमा सुस्तता आएको, पेसागत समश्याहरुको सही ढंगले हल गर्न विलम्ब भएको, श्रम ऐनको दफा १३१ र दफा १४५ संशोधनको लागि व्यापकता दिन नसकेको, सामाजिक सुरक्षा योजनाको कार्यक्रमको बारेमा प्रशिक्षण संचालनमा तिब्रता दिन नसकेको, वैचारिक प्रशिक्षणमा निरन्तरता दिन नसकेकोले १५ दिने अभियान संचालन गर्नुपरेको पनि उनले बताएका छन ।
यो १५ दिने अभियानकै अवधिमा पौष १९ गतेका दिन जिल्ला भेला गर्ने निर्णय पनि गरेको छ ।