तिम्रो पछ्यौरी- संझना थापा

कविता

संझना थापा प्रकाशित मिति : शनि, मंसिर २८, २०७६

संझना थापा-लेबोङ, दार्जिलिङ

दिलमाया !
तिम्रो पनि त
उमेर हुँदो न हो,
त्यो बडहरको पातले
बिस्तारै चुल्ठोमा हानेको।

बैंशालु जोबन
हुँदासम्म न हो,
ऐसेलु काँडाले
तिम्रो पछ्यौरी सुस्तरी तानेको ।

भेट्यौ भने
भन्देऊ न!
त्यो दिलमाने कान्छोलाई
बैंस त एकछिन न हो ।

यो सधैं हाँस्नै सक्दैन,
मान्छे पनि त
एक बारलाई न हो,
सधैं बाँच्नै सक्दैन ।