साग फुटबलमा नेपालले प्राप्त गर्यो स्वर्ण, भुटान उपविजेता

प्रकाशित मिति : मङ्ल, मंसिर २४, २०७६

काठमाडौं । २४ मंसिर । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको फुटवलमा नेपालले स्वर्ण पदक हात पारेको छ । दशरथ रङ्गशालामा भएको फुटवल निकै रोमाञ्चक भएको खेलमा नेपालले भुटानलाई २-१ को अन्तरले पराजित गरेको हो । नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।

खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेका थिए । तर त्यो गोल लामो समय टिक्न सकेन । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफ सुरु भएसंगै नेपालले एक गोल गरेर अग्रता लिएको थियो । नेपाली खेलाडी सुनिल बलले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । पहिलो पटक सागमा सहभागी भएको भुटानका खेलाडीको खेल निकै प्रतिस्पर्धात्मक थियो ।

नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो। मंगलबारको विजयसँगै नेपालले फुटबलमा लगातार सागमा दुई सिजन स्वर्ण जितेको छ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४(० गोलले पराजित गरेको थियो। नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको थियो।

भुटान साग फुटबलमा पहिलो पटक फाइनल पुगेको हो। ऊ उपविजेता बनेको छ। फुटवलमा प्राप्त गरेको स्वर्ण सहित नेपालले सागमा ५१ स्वर्ण पदक प्राप्त गरेको छ । फुटवल फाइनल संगै अब १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए।

‘दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३ः०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ। मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ।