अन्टुफ प्रदेश दुईका अध्यक्ष भन्छन ”प्रेस्टिज म्याटको मजदुरको माग पूरा गर धरपकड-गुण्डागर्दि बन्द गर”

समाचार

प्रकाशित मिति : मङ्ल, मंसिर २४, २०७६

प्रहरी हिरासतबाट छुटतै गरेका हडतालमा उत्रिएका प्रेस्टिज म्याटका मजदुरहरु

प्रदेश २ बारा जिल्लामा अवस्थित परवानिपुर गाउपालिका वडा नम्बर ५ मा पर्ने प्रेस्टिज म्याट प्रा .लि. मा कार्यरत मजदुरहरु बिगत १० बर्ष देखि काम गर्दै आएता पनि श्रम ऐन अनुसार नियुक्ती पत्र नदिएको र अन्य सबिधा समेतबाट बन्चित रहेको हुँदा मिति २०७६ कार्तिक २६ गते श्रम कार्यलयमा गुहार मागे र लिखित निबेदन समेत दिए ।
तर यसको साटो मिति २०७६ कार्तिक ४ गते १४ जना सरुवा हुनु र १ जना निस्कासनमा पर्नु साथै आफ्ना माग लिएर बसेक मजदुरमाथी पटक पटक को आन्दोलन विरुद्ध गुन्डा प्रयोग गर्दै आएका कारखाना ब्यवस्थापकू पप्पुू को मजदुर माथिको ज्यादतीको सिमा पारगर्दै मिति २०७६ पौष ३ गते मजदुर आफ्ना जायज माग लिएर धर्नामा बसेको समयमा बाहिरबाट अन्य मजदुर लिएर आएर प्रतिस्ठान सन्चालनको नौटंकी गरि मजदुरमाथी प्रहरी प्रशासन लगाइ धरपकड गराएको र मजदुर रामपुजन रामलाई मिति २०७६ पौष ३,४,र ५ गते जिल्ला प्रहरि कार्यालय बारामा थुनामा राखेर झुट्टा मुद्दा लगाउने प्रयास गरेको थियो ।

प्रहरी हिरासतबाट संगठनले जमानी बसेर ल्याएका हडताली मजदुरहरु

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ को नेतृत्व मा मिति २०७६ पौष ५ गते आवस्यक पर्ने समयमा उपस्थित गराउने गरि निकालिएकोछ। यसरी श्रम ऐनका सामान्य कुरा पालन नगर्ने र उल्टै मजदुरमाथी ज्यादती हुँदै जानू र सम्बन्धित निकाय मौन हुनु दुस्खद कुरा हो ।
अन्टुफका प्रदेश अध्यक्ष अर्जुन चिमारियाले भनेका छन अब प्रदेश २ मा पुन सघर्षको आवस्यकता भएको हुँदा सम्पुर्ण ट्रेड युनियन कर्मिहरुलार्इ यस प्रबित्तिको बिरोध र सघर्षमा अब एक हुनुपर्ने आवस्यकता त छदैछ । र, यस्तो मजदुर बिरोधी कार्यको घोर भत्सर्ना गर्दै सम्बन्धित निकायलार्इ यस्तो गैरकानुनी र श्रम ऐन विरोधी गतिविधि गर्नेमाथी कानुनी कार्बाहिको माग समेत गर्दछ।
स्मरणीय त के छ भने आफुलाई मजदुरको हिमायती ठान्नेहरुले भित्र भित्रै साहुलाई मजदुर निष्काषन गर्न र माग पुरा नगर्न सल्लाह दिईरहेको श्रोतले बताएको छ । त्यस्ता तत्वलाई समयमै सार्वजनिक गर्ने माग पनि उठिरहेको छ ।

यो पनि पढनु होस

प्रेस्टिज म्याट उद्योगका श्रमिकले कहिले न्याय पाउने ?

संघर्षमा उत्रिएका प्रेस्टिज म्याट उद्योगका श्रमिकहरुको दारुण अवस्था

अर्जुन चिमारिया
बारा जिल्लास्थित बिरगंजको गन्डकको पूर्बमारहेको परवानिपुर गाउँपालिका वडा नम्बर ५ मा पर्ने प्रेस्टिज म्याट उधोगमा बिगत १० बर्षदेखि कार्यरत श्रमिकहरुले न त नियुक्तिपत्र पाएका छन, न कुनै श्रम ऐन अनुसारको सुबिधा।
यसरी आफ्नो र परिवारको पेटको लागि काम गर्दै आएका श्रमिक २७ जनाले कानुनत श्रमिकका अधिकार को लागि श्रम कार्यालय बिरगंजमा मिती २०७६ कार्तिक २६ गते गए र अनुरोध गरे ।

जसको परिणाम मिति २०७६ मंसिर ४ गते १४ जनालाई सरुवा गरियो र मंसिर ४ गते १ जना निस्कासनमा परे । र, पुनर्बहालीको कुरा उठाउँदा कारखानाबाट सबै श्रमिक बाहिर भए । जसको कारण आज उनिहरु आन्दोलनमा छ्न।
आज प्रतिस्ठानमा बाहिरका चुल्ठे मुन्द्रे र केही प्रशासनिक दम्भमा कारखानाभित्रका उत्पादित समान निकाल्न भारतिय ट्रक र बाहिरका श्रमिकल्यार्इ श्रम ऐन बिपरित कार्य गर्ने प्रयास भयो । यस्तो गुडागर्दी र अपराधिक गतिविधिप्रति किन सम्बन्धित निकाय मौन छ ? र, मेरो अनुभुतिमा ट्रेड युनियनको भुमिका पहल गर्न नसक्नु र निरही हुनु पनि


के अधिकार माग्नु अपराध हो ? यसमा आन्तरिक भुमिका के र कसको अनि किन ? यहि नै आज नेपालका श्रमिकहरुको समस्या हो जुन सबैतिर देखिएकोछ मात्र पात्र फरक। हामी श्रमिकको न्यायिक मागप्रति समर्थन गर्दछौ । उनिहरुका जायज माग तत्काल पुरा गरियोस अपराधिक गतिविधि तत्कलाल बन्द गरियोस । हाम्रो ऐक्यबद्धता आन्दोलित मजदुरहरुप्रति ।