शरद पौडेलको गीत- लिम्पियाधुरा हाे नेपालकाे सीमाना

माटाेकाे गीत -६

शरद पौडेल प्रकाशित मिति : मङ्ल, मंसिर २४, २०७६

लिम्पियाधुरा हाे नेपालकाे सीमाना,
नेपालीकाे सीमाना !

उखेलेकाे कल्ले हाे सीमानाकाे किलाेलाई
ननिचाेरी भएन सँधै दुख्ने पिलाेलाई ! आत्थो आत्थो  …
अर्काका ठाम मिचेर मेराे भन्दै हिन्निलाई
तह नलाई भएन छरछिमेकि रूवाऊनेलाई ! ठाेक, ठाेक..

लिम्पियाधुरा हाे नेपालकाे सीमाना,
नेपालीकाे सीमाना !

जता हेर्याे तेता नै लथालिङ्गे सीमा भाे
कुलंघारे छिमेकि लामा हात गर्नि भाे ! आयो आयो..
सीमानाका बस्तीमा संधै रूवाबासि भाे
अलि अलि गरेरै सारा नेपाल खानि भाे ! खायाे खायाे…

लिम्पियाधुरा हाे नेपालकाे सीमाना,
नेपालीकाे सीमाना !!

(प्रारम्भिक रेकर्ड : भजने लयमा)