महिला हिंसाबिरुद्ध अन्टुफ महिला कमिटी भक्तपुरकाे कार्यक्रम सम्पन्न

महिला जागृति

यस.बि. थापा प्रकाशित मिति : सोम, मंसिर २३, २०७६

महिला हिंसाबिरुद्ध अन्टुफ महिला कमिटी भक्तपुरकाे कार्यक्रम 

२३ मंसिर ०७६, भक्तपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटी भक्तपुरले साेमबार महिला हिंसाविरुद्धको अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने महिला हिंसाविरुद्धको अभियानलाई महिला कमिटी भक्तपुरले अाज केन्द्रीय महिला विभागकाे मूलनारा “सामाजिक कुरीति र विभेद अन्त्यका लागि महिला पुरुष–समान, लैङ्गिक हिंसाविरुद्ध सुरक्षित कार्यस्थल हाम्रो अभियान” मूलनारामा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

अखिल नेपाल ट्रेड युनियन महासंघकाे उपमहासचिव एवम् केन्द्रीय महिला विभाग अध्यक्ष विष्णु कुमारी थापाको प्रमुख अतिथ्यता, प्रदेश ३ का उपाध्यक्ष होमबहादुर खड्का, महिला विभागकी सहसचिव धनु दाहल, महिला विभाग प्रदेश ३ का अध्यक्ष संगिता बानिया साथै महासंघको भक्तपुर जिल्ला अध्यक्ष सानुकान्छा मगर, महिला विभाग ललितपुरकी अध्यक्ष गाेमा तामाङकाे आतिथ्यता कार्यक्रममा सम्पन्न भएको हाे

क्यारेबियन क्षेत्रमा अवस्थित राष्ट्र ‘डोमिनिकन गणतन्त्र’का तत्कालीन तानाशाही राफेल त्रुजिलो सरकारको विरोधमा मिराबल दिदीबहिनी (पाट्रिया मिराबल, मिनेर्भा मिराबल, मारिया टेरेसा मिराबल र डेडे)ले एक समूह गठन गरी तत्कालीन शासकको हत्या-हिंसा, अन्याय र अत्याचारको वास्तविकतालाई पर्चा बनाएर व्यापक प्रचार–प्रसार गर्न थालेका थिए ।

फलतः मिराबल दिदीबहिनीको गतिविधिबाट अत्तालिएका तानाशाह त्रुजिलोले भाडाका मान्छेहरू लगाएर जेलमा रहेका श्रीमान भेट्न जाँदै गर्दा बाटाे “पाट्रिया, मिनेर्भा, मारिया टेरेसा” लाई सन् १९६० नोभेम्बर २५ दिन हत्या गरेर जीप दुर्घटना भएको कथित नाटक मञ्चन समेत गरेकाे थियोे ।

नारीवादी “प्रतिरोधको प्रतीक” मिराबल दिदीबहिनीहरूको स्मरण र राजनीतिक हिंसाविरुद्धको अभियान स्वरुप संयुक्तराष्ट्र संघको १७ डिसेम्बर १९९९ को महासभाले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा ग¥यो ।

त्यसयता नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।