ठग अनि मेरो व्यथाहरु- कृष्ण शर्मा सुमु

हास्य व्यङ्ग्य 

कृष्ण शर्मा सुमु प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

कृष्ण शर्मा सुमु

हुनु त तन्त्रमन्त्र, झारफुकको कुरा गरेर मलाई कसैको बिजनेसमा धक्का दिनु मन चैं पटक्कै छैन ।

तर कतिको कुरा नगरे मलाई खाना पटक्कै पच्दैन। खाना पचाउने काममा चुरण खानु मन छैन । अरुको कुरा काटेर नै मेरो पेट भरिने भएर होला म अरुको कुरा गरि हिँड्छु। जसले जेभने पनि मतलब छैन। आखिर आदतले मजबुर छु हजुर।

जड़ीबुटी, झारफुख, मातापिता, के के छ । आखिर ईश्वरले दिएको पेट भर्ने अधिकार सबको छ, भन्छु म त। तर कति कतिखेर म आफै ठगिएको छु र नि । अब नोकिया एन ७२ फोन भनेर किनेको फोनभित्र माल चैं चाइनाको पाउँदा आफैलाई भक्कु दोष दिएको दिन पनि हिजो जस्तो लाग्छ। तर जे होस् बस स्टेसनमा ठगिएको कुरा गर्नुपर्छ। संसारमा सबैभन्दा चलाख छु जस्तो लाग्छ तर कतिले हावाको टोपी ओडाई हिँडे र पो।

अब ठगिने कुरा त त्यस्तै हो। एउटाले साहित्यिक पेपर निकाल्ने, दाजु हजुरले पनि सहयोग गरिदिनुहोस् है भन्यो । आफू सिधा मन भएर होला भनेर एकाउन्टमा पैसा हालिदिएँ आर्थिक सहयोग । आजसम्म न पेपर निस्कियो न कुनै खबर पाएँ। सोध्छु भनेर फोन गरेको त फोन अफ् पो पाएँ। कता कता सोधपुछ गर्दा त आफै ठगिएको रहेछु यत्रोको पेपरवाला रहेछ। हुनु पनि मोराले पैसा माग्ने बेलामा त ज्ञानी विज्ञानी के के भन्यो भन्यो म पनि माथि खोर्सानीको रुखमा चढेँछु।अब खोर्सानीको रुखको भर होला र ? बरु खोर्सानीको बोटमा चढाएको भए पनि उत्रिनु सक्थेँ होला, हैट ठगिएँछु भनेर चुपचाप बसेँ पो।

एउटाले त झन् हजुरलाई हाम्रो पेपरको कुनि के पो भार दियो भार पनि याद नहुनेगरि अंग्रेजीमा भन्यो कि म फेरि फुर्किनु नजान्ने हो, होला पेपरमा नाम आउनु भनेको त ठुलो मान्छे नै हुनु हो भनेर नाम हाल्नु लगाएँ। भरे बुझेको त पेपर बेच्ने ग्राहकमा पो नाम हालेको रहेछ ! पटक पटक खै मलाई नि मात्र ठग्नु आउछन् किन हो ?

रुममा बसेको बेला एउटा साधु बाबा आयो। बालक, तेरो भाग्य बहुत राम्रो छ रे ? अब भाग्य राम्रो देख्ने मान्छेको मन पनि राम्रो होला भन्ने सोचेर घरभित्र हालेँ, हो, कति कुरा ठिकै लाग्यो कति कुरा होला जस्तो गरेर गयो । दान पनि लिनु मानेन बजियाले । किन होला सोचमा परेँ। दस दिनपछि थाहा पाएँ रुमको रेकी लिनु आएको रहेछ, एउटा दाना नछोड़ी साफ परेर भागेछ। चोरी गर्ने हिसाबमा आएको थिएछ । पछि पक्रा त पर्यो, भरे मेरो रुमको समान त त्यो बाबाकोमा पो रहेछ । आहा …..कुरा नबुझ्ने त म पो रहेछु।

समय समयको बात हो।एउटाले बालक तेरो अनुहार राम्रो छ तर माया गर्ने केटी पाएको छैन रहेछस् है ? भन्यो। ठिकै कुरा गरे जस्तो लाग्यो। भर्खर युवा अवस्थामा प्रवेश गर्दै थिएँ त्यस समय। बाबा के गर्नुपर्छ त ? भनेको त एउटा बुटी दियो । बुटी लगा बालक तेरो ईच्छा पूरा हुन्छ रे। बुटीको पचास रुपियाँ दिएर किन्नु त किनेँ आजसम्म बुटी लाएँ, तर ईच्छाको कुरा त उही हो। ठगिएको कुराले आफै हाँस्छु पो। लास्टमा बुटी सुटी फालिदिएँ । भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर हुन्छ र?

एउटीले तिमीबिना बाँच्नु गाह्रो भयो भन्ने कुरा गरी।आफू मख्ख हो।अब भएभरको माया देखाउने चकरमा के के नि होला जस्तै दस हजारको फोन किन्नु लगाई । आफू पनि के कम र ! किनिदिएँ। दुई सालपछि त अर्कोले लिएर हिँडेछ पो । त्यो प्रेम कथा पनि अचम्मको थियो। कति खाई खाई मोरीले मेरो पैसा । आफू भने लास्टमा बाँदरको अनुहार लिएर हिँडीराखेँ।

आखिर बजारमा अस्सी रुपियाँ किलो त रहेछ प्याज। एउटाले एक सय बीस(१२०) सस्तोमा दिँदै छु भनिराखेर एक किलो प्याज हातमा थमाइदियो । बजार पूरा घुमेर बाटोमा आउँदा थाहा पाएँ प्याज त अस्सी रुपियाँ किलो रहेछ ।आखिर अब अरुको ताना बाना सुनेर किन ईज्जत गुमाउनु भनेर म चुपचाप रुममा गएँ ।

यसरी ठगिनुको मजा अलग छ के तपाईं ठगिनु भएको छ।।