कन्चनपुरमा निर्माण मजदुर संघको दुईवटा भेला सम्पन्न

प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

राजेन्द्र रुम्बा महेन्द्र नगर, कंचनपुर, सुदुरपश्चिम प्रदेश। अखिल नेपाल निर्माण मजदुर संघ सुदुरपश्चिम प्रदेश र कंचनपुर जिल्लाको संयुक्त पहिलो प्रदेश र जिल्ला भेला अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय सदस्य क. मनोज बिकको संयोजकत्वमा, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज क. नरहरिनाथ योगिको प्रमुख आतिथ्य, अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष क. अमित लामाको विशेष आतिथ्य, उपाध्यक्ष नरहरी अर्याल, उपमहासचिव राजेन्द्र रुम्बा, केन्द्रीय सचिव बिष्णु श्रेष्ठ, सचिव करण नेपाली, महासंघ कंचनपुर जिल्ला अध्यक्ष कम्लेश भण्डारीको अतिथी आतिथ्यमा सम्पन्न भयो। उक्त कार्यक्रमको प्रस्तोता जिल्ला महासंघ वरिष्ठ उपाध्यक्ष क. कैलाश लाओड हुनुहुन्थ्यो। यस भेलाले सुदुरपश्चिम प्रदेश भेला यसै भेलाका संयोजक मनोज बिकको अध्यक्षतामा र २५७ जना स्थानीय नेता तथा कार्यकर्ता (श्रमिक मजदुरहरु) को बाकुलो उपस्थितिमा जम्मा १७ सदस्यीय कार्यसमिति चयन गरेकोछ।

यसैगरी कंचनपुर जिल्ला कमिटी भरतलाल चौधरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी र कंचनपुर जिल्ला महिला कमिटी १ जना पछि थप्नेगरी राजकुमारी थारुको अध्यक्षतामा १३ सदस्यीय महिला जिल्ला कमिटी गठन गरियो।

सबै तहका नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्य ज्युहरुलाई कार्यकाल सफलताको शुभकामना तथा हार्दिक बधाई छ। सुदुरपश्चिम प्रदेश कमिटी पदाधिकारी तथा कार्यसमिती सदस्यहरु: १. अध्यक्ष – मनोज बिक – कंचनपुर २. उपाध्यक्ष – हरिश बिक – कैलाली ३. उपाध्यक्ष – अमृत सुनार – डोटी ४. सचिव – जनक चौधरी – कैलाली ५. सहसचिव – मिना महर – कंचनपुर ६. सहसचिव – महेन्द्र धामी – बाजुरा ७. कोषाध्यक्ष – राम शरण भट्ट – बैतडी ८. सदस्य – धर्मनन्द जोशी ९. सदस्य – अशोक कुमार चौधरी १०. सदस्य – भागेश्वोरी बिक ११. सदस्य – नरेश सुनार १२. सदस्य – पार्वती गुरुङ १३. सदस्य – बिन्दु बिक १४. सदस्य – सरस्वती चौधरी १५. सदस्य – मनवीर चौधरी १६. सदस्य – कालिराम चौधरी १७. सदस्य – महेन्द्र धामी

कंचनपुर जिल्ला कमिटिका पदाधिकारी तथा कार्यसमिती सदस्यहरु: १. अध्यक्ष – भरतलाल चौधरी २. उपाध्यक्ष – मोतिलाल उराव ३. उपाध्यक्ष – मायादेवी डगौरा ४. सचिव – मुनाराम डगौरा ५. सहसचिव – गिता बस्नेत ६. कोषाध्यक्ष – दुखिराम चौधरी ७. सदस्य – प्रेम चौधरी ८. सदस्य – बिनोद चौधरी ९. सदस्य – राज बहादुर सेरला १०. सदस्य – धौले दमाई ११. सदस्य – किसन कोली १२. सदस्य – रामप्यारी चौधरी १३. सदस्य – कृष्ण बहादुर चौधरी

कंचनपुर जिल्ला महिला कमिटी पदाधिकारी तथा कार्यसमिति सदस्यहरु: १. अध्यक्ष – राजकुमारी थारु २. उपाध्यक्ष – सरस्वती निरौला ३. सचिव – मिना मोहरा ४. सहसचिव – बिन्दु कामी ५. कोषाध्यक्ष – गिता डगौरा ६. सदस्य – शान्त चौधरी ७. सदस्य – कमला शेर्पा ८. सदस्य – सुशिला उराउ ९. सदस्य – सुमन खुना १०. सदस्य – गिता खुना ११. सदस्य – मनिषादेवी सुनार १२. सदस्य – सुशिला चौधरी १३. सदस्य – एकजना पछि थप्ने।

१६ मंशिर २०७६