अ.ने. निर्माण मजदुर संघ, सुर्खेतको भेला सम्पन्न

प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

राजेन्द्र रुम्बा, १४ मंशिर २०७६ बिरेन्द्रनगर,

सुर्खेत, कर्णाली प्रदेश। अखिल नेपाल निर्माण मजदुर संघ कर्णाली प्रदेश अन्तरगत रहेका सुर्खेत जिल्लाको दोस्रो सुर्खेत जिल्ला भेला अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज क. यमराज मल्लको संयोजकत्वमा, अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष क. अमित लामाको प्रमुख आतिथ्यमा, उपाध्यक्ष नरहरी अर्यालको विशेष आतिथ्यमा, उपमहासचिव राजेन्द्र रुम्बा, महासंघ कर्णाली प्रदेश उपाध्यक्ष डि. आर. ढकाल र केन्द्रीय सचिव बिष्णु श्रेष्ठको अतिथी आतिथ्यमा र ५५ जना स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रमको प्रस्तोता स्वयम् केन्द्रीय सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज यमराज मल्ल हुनु हुन्थ्यो। यस भेलाले धनिराम देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेकोछ। नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्य ज्युहरुलाई कार्यकाल सफलताको शुभकामना तथा हार्दिक बधाई। सुर्खेत जिल्ला कार्यसमिति: १. अध्यक्ष – धनिराम देवकोटा २. उपाध्यक्ष – जगत बहादुर भण्डारी ३. उपाध्यक्ष – टिकागाह मगर ४. सचिव – तिलक बिक ५. सहसचिव – बिपना टमटा ६. कोषाध्यक्ष – धन बहादुर मर्सांगी ७. सदस्य – लक्ष्मण देवकोटा ८. सदस्य – धनसरी बिक ९. सदस्य – ममता सेन्चुरी १०. सदस्य – बिर्ख बहादुर बिक ११. सदस्य – रितेश चौधरी सुर्खेत जिल्ला महिला कमिटी पदाधिकारी तथा कार्यसमिति सदस्यहरु: १. अध्यक्ष – शान्त चौधरी २. उपाध्यक्ष – टिकागाह मगर ३. सचिव – बिपना टमटा ४. सहसचिव – ममता सेन्चुरी ५. कोषाध्यक्ष – धनसरी बिक ६. सदस्य – खगिसरा बिक ७. सदस्य – रत्ना बिक ८. सदस्य – अमृता थापा ९. सदस्य – सखी दमाई सल्लाहकारहरु १. गिता सुनार २. रोश्नी सुनार कर्णाली प्रदेश भेला आयोजक कमिटी: अखिल नेपाल निर्माण मजदुर संघ कर्णाली प्रदेश कमिटी खड्ग प्रसाद उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय भेला आयोजक कमिटीका गठन गरियो। संयोजक: खड्क प्रसाद उपाध्याय सहसंयोजक: शान्ती चौधरी सदस्य:रोश्नी सुनार सदस्य: प्रेम बहादुर रोका डोल्पा सदस्य: शेर बहादुर सिंह जाजरकोट.