प्रदेश पाँचको अखिल नेपाल निर्माण मजदुर संघको बैठक सम्पन्न

प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

राजेन्द्र रुम्बा, १८ मंशिर २०७६ नेपालगंज, बाँके जिल्ला, प्रदेश नं. ५ अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश नं. ५ को नियमित योजना बैठक यसै समितिका अध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा,अखिल नेपाल ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा प्रदेश नं.५ का अध्यक्ष दान बहादुर वलिको प्रमुख आतिथ्यमा,अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष अमित लामाको विशेष अतिथि आतिथ्यमा,अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय उपाध्यक्ष नरहरी अर्याल,उपमहासचिव राजेन्द्र रुम्बा,सचिव बिष्णुमाया श्रेष्ठ, महासंघ प्रदेश उपाध्यक्ष वसन्त मल्लको उपस्थितिमा बस्यो। बैठकको संचालक बाँके जिल्ला महासंघ सचिव राजकुमार छेत्रीले गर्नु भएको थियो। बैठकमा केन्द्रीय अध्यक्ष अमित लामाले संगठन निर्माण कार्यमा पुरै टिम केन्द्र देखि स्थानीय तहसम्म हामी सबै जागरुक भै अगाडि बढ्दै एकता प्रक्रियामा जान हामी सबै तहमा संगठन बिस्तार अभियानमा लाग्नु पर्दछ भन्दै निर्देशन दिनु भयो। यस बैठकका प्रमुख अतिथी दान बहादुर ओलिले नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट्याउदै यस योजनामा सहभागी हुन सबै श्रमिक मजदुरहरु एकताबद्ध भै संगठनमा आबद्ध हुन आह्वान गर्नु भयो।