कविता: जज साहेब! बलत्कारीलाई ठाउँका ठाउँ…….

कविता

बी.कुलुङ प्रकाशित मिति : शुक्र, मंसिर २०, २०७६

बी.कुलुङ दार्जिलिङ डिसेम्बर २, २०१९

सुनुवाइ होस् दुर्दशाको
आज
यो कठघरामा नै
दयनीयताको यो मेरो याचिका

जज साहेब!
ठाउँ-का-ठाउँ
सुनुवाइ होस्
आज
यो मेरो विन्ती!
अर्डर…
अर्डर
नभनिदिनु

हुना त!
हिजोका दिनहरुमा
मार्क्स,लेलिन ,मन्डेला,गान्धी
हुँदै-हुँदै…
आजका
ओबामा, पुतिन ,मोदी
टेरिसा अनि दलाइ लामा समेत
हिजाका
शेली,हेनरी,पियर,भानु ,लक्ष्मी ,अगम
हुँदै-हुँदै
आधुनिक
मनोज,रबि सप्पै-सप्पै
यही वीर्यले गर्दा जन्मिए
मानौँ
उहीँ स्रष्टाहरुको विचारधाराहरुमा
सुन्दर एउटा समाज जन्मिए

हुना त!
हिजोका दिनहरुमा
आइन्सटन,न्युटन,आर्कर्मेडिस
हुँदै-हुँदै…
आजका
विल गेट्स,जुकरसमेत
सप्पै-सप्पै
यही वीर्यले गर्दा जन्मिए
मानौँ
एउटा सुन्दर सुनौला
यो आधुनिक संसार जन्मिए

तर
विन्ती मात्रै एउटा यो छ मेरो
जज साहेब!
अर्डर…
अर्डर
नभनिदिनु
भयावह कुरुप यो समाजको जन्मदाता
यो बलात्कारीहरुको वीर्यलाई
ठाउँ-का-ठाउँ झुन्ड्याउने
आदेश दिनुस्
नसके
मेरो र हजुरको
नारी असुरक्षित कुरुप यो समाजमा
बलात्कारीहरुको वीर्य लिलाम गर्ने
आदेश पारित गरीदिनुस्
ताकि
छ्यापछ्यात्ती फैलियोस्
बलात्कारीहरु
संसारैभरि

जज साहेब!
कोइ -न-कोइ-त
हजुरको परिवारमा पनि
चोलीबेटीहरु त होलै-होलान् नि?
हो
त्यतिबेला
फेरि अर्डर…अर्डर नभन्नु?