महिलाको जीवनमा क्रान्ति- एलेना एमेल्यानोवा

इतिहास

एलेना एमेल्यानोवा अनु. जय कार्की प्रकाशित मिति : शुक्र, मंसिर २०, २०७६

अन्तरराष्ट्रिय श्रमिक महिला दिवसबारे सोभियत पोष्टरः आई तोइत्जे

विश्व समाजवादी तथा अक्टोबर क्रान्तिका महान नायक भ्लादिमिर इलिच लेनिन भन्नुहुन्छ “महिलाको अवस्था देशको जनवाद नाप्ने यन्त्र हो ।”

सामाजिक प्रगतिको सम्बन्ध त्यो भूमिकासित निकै घनिष्ठसित जोडिएको छ, जुन भूमिका महिलाहरुले समाजमा पूरा गर्दछन्् । अचेल महिलाको अवस्थामाथि विचार नगरी मानवजातिको विगत, वर्तमान र भविष्यको बारेमा चर्चा गर्नु संभव छैन ।

निश्चय नै फरक–फरक देशहरुमा उनीहरुको अवस्थाको विषयमा फरक–फरक पक्षहरुको वारेमा जुन दृष्टिकोण पृथक पृथक रहेको छ, । यी देशहरुको आर्थिक तथा सामाजिक विकासको स्तरमा निर्भर गर्दछ । तर पनि एउटा कुरा त एकदम प्रष्ट छ महिलाहरुले समाजमा कैयौं महत्वपूर्ण भूमिका पूरा गर्दछन् र यीनीहरुको जीवनसित गाँसिएको समस्याहरुलाई समाधान गर्न अब अरु बढी पर्खिरहन सकिँदैन । यही कारणले हो संयुक्त राष्ट्र संघले सन् १९७५ देखि १९८५ सम्मलाई संयुक्त राष्ट्र महिला दशक ! “समानता, विकास र शान्ति” को दशक भनी घोषणा गरेको । संयुक्त राष्ट्रको यो निर्णयले पुरुष र महिलावीच समानताको सिद्धान्तलाई समग्रमा मान्यता प्राप्त गर्नु भनेको समाजमा महिलाद्वारा जिम्मेवारी पूरा गरेको महत्वपूर्ण भूमिकालाई नै पुष्टि गर्नु हो ।

महिला समस्या समाधान गर्ने लेनिनवादी सिद्धान्त:

लेनिनकासाथमा  जर्मन समाजवादी नेतृ जेट्किनतथा जीवन संगिनी क्रुप्सकाया

सोभियत राज्यको संस्थापक भ्लादिमिर लेनिनले भन्ने गर्नुहुन्थ्यो “महिलाको अवस्था नै कुनै पनि देशको जनवाद नाप्ने यन्त्र “महिलाको अवस्था हो” ।

आफ्नो कैयौं भाषणहरुमा लेनिनले महिलाको अवस्थासित सम्बन्धित समस्याहरुलाई समाधान गर्ने सिद्धान्तलाई रेखांकित गर्नुभएको छ । उहाँका यी सबै भाषणहरुको संमिश्रण नै महिलाको सामाजिक मुक्तिको कार्यक्रम बन्न गयो । यस कार्यक्रमको सबभन्दा पहिलो र महत्वपूर्ण प्रावधान थियो “महिलालाई मुक्ति प्रदान गर्न र समाजको क्रान्तिकारी रुपान्तरणको अभिन्न अंगको रुपमा उनीहरुलाई पूर्णतः समान सामाजिक दर्जा प्रदान गर्ने कामलाई सम्पादित गर्नु हो । यो कामको उद्देश्य थियो — मानवद्वारा मानवको शोषणको अन्त्य गर्नु, राष्ट्रिय अर्थव्यवस्थाको विकास गर्नु र सांस्कृतिक क्रान्ति लगायतलाई पूरा गर्नु थियो । लेनिनले भन्नुभयो “यो र मात्र यसले महिलाहरुको पूर्ण एवम वास्तविक मुक्तिको बाटो खुला गर्दछ ।”

यसको साथै लेनिनले दृढतापूर्वक यो पनि भन्नुभयो “कामदार महिलाहरुलाई जनवादको लागि लड््ने योद्धा र एउटा बलियो सामाजिक शक्ति मान्नु पर्दछ, । जसको सहभागिता विना क्रान्तिसँग सम्बन्धित आधारभूत समस्याहरुलाई समाधान गर्न सक्ने संभावना हुँदैन ।”

लेनिनले भन्नु भएको छ “सबै मुक्ति आन्दोलनको अनुभवले यो देखायो कि कुनै पनि क्रान्तिको सफलता यो कुरामा निर्भर गर्दछ कि महिलाले यसमा कतिसम्म भाग लिएका छन् ।” यही कारण थियो लेनिनले महिलाहरु बीचको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता ठान्नु भयो, ताकि उनीहरुलाई समाजिकरुपले उपयोगी भूमिकाको बारेमा पूर्णतया बुझाउन सकियोस् र उनीहरुलाई नयाँ समाजको सक्रिय निर्माताहरुमा परिवर्तन गर्न सकियोस् ।

यो समस्यालाई समाधान गर्ने अर्को अत्यन्त महत्वपूर्ण लेनिनवादी सिद्धान्त हो जीवनको हरेक क्षेत्रमा पुरुष र महिलालाई व्यवहारिक रुपमा समान अधिकार उपलब्ध गराउनु । पूँजीवादमा औपचारिक समानताको साथ–साथै आर्थिक र सामाजिक असमानता पनि जोडिएको हुन्छ । लेनिनले लेख्नुभएको थियो “अझ यो विसंगतिको एउटा अत्यन्त सुस्पष्ट उदाहरण महिलाको असमानतामा हेर्न पाइन्छ, यहाँसम्म कि अत्यन्त प्रगतिशील गणतन्त्र र जनतान्त्रिक पूँजीवादी राज्यले पनि महिलालाई पूर्ण समानताको अधिकार प्रदान गरेको छैन ।”

लेनिनको दृष्टिमा महिलाको सामाजिक मुक्तिको लागि एउटा उपाय थियो, त्यो थियो सामाजिक उत्पादनमा महिला श्रमको व्यापक प्रयोग । उहाँले भन्नुभयो “उनीहरुको पूर्ण मुक्तिलाई व्यवहारमा ल्याउन र पुरुष बरावरीको दर्जा दिलाउनको लागि आवश्यक छ राष्ट्रिय अर्थव्यवस्थाको सामाजिकरण र महिलाहरुले आम उत्पादनकारी श्रममा हिस्सा लिनुपर्दछ र त्यसपछिमात्र महिलाहरुले पुरुष वरावरीको स्थिति प्राप्त गर्न सक्दछन् ।”

तर सामाजिक उत्पादनमा पुरुषसितको समानताको अर्थ यो चाहिँ पटक्कै लगाउनु हुँदैन कि शारीरिक अवस्थाको आधारमा महिलाहरुले पुरुषको बरावरी काम गरुन् । पुरुषभन्दा विपरित, महिलाहरुबाट ती कामहरु गराउनु हुँदैन जसमा अधिक शारीरिक श्रमको आवश्यकता पर्दछ । सामाजिक उत्पादनमा महिलाको कामलाई आमाको रुपमा उनको महान् सामाजिक उद्देश्यलाई, जो महिलाहरुको श्रम संरक्षणमाथि अतिरिक्त भार पर्दछ, मध्येनजर राखेर हेर्नु पर्दछ । स्वतन्त्र, सचेतन एवम् रचनात्मक सामाजिक उत्पादनमा महिला श्रम महिलाको व्यक्तित्वको चौतर्फी विकासमा सहायक हुन्छ । उनलाई एकान्त जीवनको बोझमाथि अतिरिक्त भार नपरोस भनि मध्येनजरमा राखेर हेर्नु पर्दछ । स्वतन्त्र, सचेतन् एवम् रचनात्मक सामाजिक उत्पादनमा महिला श्रम,महिलाको व्यक्तित्वको चौतर्फी विकासमा सहायक हुन्छ । उनीहरुलाई एकान्त जीवनको बोझबाट छुटकारा दिलाउँछ र सामाजिक गतिविधिहरुलाई प्रोत्साहित गर्दछ ।

लेनिनको विश्वास थियो महिलालाई सबै कामको व्यवस्थापनमा भागिदार गराउनुपर्दछ । उहाँले भन्नुभयो “कामदार महिलालाई सामाजिकृत उद्योगहरुको प्रशासकीय कार्य तथा राज्यको प्रशासकीय कार्यमा हिस्सा लिएमा महिलाहरुले छिटो सिक्छन् र पुरुष बरावरीमा पुग्छन् ।”

अनुवादकः जय कार्की कम्युनिष्टअनलाईन.कम  

लेनिनले महिला आन्दोलनको विकासमा तथा सबै देशहरुमा आफ्नो अधिकारको लागि चल्ने संघर्षमा कामदार महिलाहरुको एकतामा जोडदाररुपमा ध्यान केन्द्रित गर्नुभयो । हाम्रो यो अवधिको एउटा विशिष्ट पक्ष वर्गसंघर्ष, साम्राज्यवाद विरोधी आन्दोलन र शान्तिको लागि संघर्षमा महिलाहरुको व्यापक सहभागिता रहेको छ । यो एकदम स्वभाविक पनि हो किनकी उत्पादन र मानव गतिविधिहरुको अन्य क्षेत्रहरुमा जुटेको महिलाहरुको संख्या वढिरहेको छ र साथै उनीहरुको राजनैतिक जागरुकता पनि बढिरहेको छ ।

यो नोट गर्नुपर्दछ, महिलाहरुको सामाजिक मुक्ति सम्बन्धी लेनिनको नियम सबै देशहरुमा लागू हुन्छ र यसकारण यसको असाध्य नै अन्तर्राष्ट्रिय महत्व छ । अर्को शब्दमा, यसको अर्थ हो महिलाहरुलाई पूर्ण समानता उपलब्ध गराउने लेनिनको विचारलाई व्यवहारमा लागू गरेर नै महिलाको स्थितिसँग सम्बन्धित समस्याहरु हल गर्न सकिन्छ ।

 

मंसिर २० गते २०७६