केही ब्यँग्यात्मक हाइकु- नीरा सुब्बा

हाइकु

नीरा सुब्बा प्रकाशित मिति : बुध, मंसिर १८, २०७६

बरा किसान
बोकेर सागसब्जी
पुग्छ बजार

मञ्चमा मेला
घूसखोरीको खेला
सदा सम्पन्न ।

पुस्तकालय
प्रचुर ती पुस्तक
खोई पाठक ?

वनको नाश
सुनको छ बञ्चरो
मौन दाउरे ।

बज्दैछ शंख
बलि चडेका फूल
मन्दिरभित्र ।