नारी ! तिमी कायर छैनौ- कृष्णकुमारी छेत्री

कविता

कृष्णकुमारी छेत्री प्रकाशित मिति : मङ्ल, मंसिर १७, २०७६

जता ततै हिंसा हत्या राक्षसहरू डुलेर
नारी ! तिमी नथाक्नु है चरीत्रलाई भुलेर।
सुन्दर गाला,सुन्दर छाला सुन्दर चरित्र गहना
राक्षससंग नझुकियोस तिम्रो सुन्दर लहना।
मुस्कुराउँदा सुन्दर डिम्पल सुन्दर स्वरको फुहारा
भन्दै आऊला कुन बेला कसलाई माग्छौ गुहार।
सर्बाङ्गलाई ढाक्ने बस्त्र त्यो पनि त अश्त्र हो
सुन्दर बोली अनुशासन त्यो झन ब्रहाअश्त्र हो।
नारी! तीमी कायर छैनौ उठाउ आवाज सारा
राक्षसहरूलाई नजोगाउन लगाउ यसमा नारा।
नारी! 
लक्ष्मी नारी, मिरा नारी! लक्षिनकी बत्ती
पुरूष जन्माऊने ईश्वार जन्माऊॅने
नमान यसमा धन्दा।
नारी बिनाका नारायण कुनरु
नारी बिनाको जन्म छैन जगतमा
खोजेर हेर पाऊने छैन आजन्म ।
आउ नारी१ कदम बढाउ हिंसा हत्या हटाउ
मानवता हराएका राक्षसलाई सिधै कानुन खटाउ।
आउ, आउ साथ रमाउ नारीकै हात समाऔं
हर नारीको हर्पल मर्म बिश्वलाई जनाउ।।

चुङथुङ टिई दार्जीलिंग
भारत